तिंकर र छाङरुको मतपेटिका हेलिकप्टर मार्फत सुन्सेरा ल्याइयो
दार्चुला : ब्याँस गाउँपालिका–१ तिंकर र छाङरु मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत गाउँपालिकाको केन्द्र सुन्सेरा ल्याइएको छ । आज विहान सुर्खेतबाट आएको सेनाको हेलिकप्टरले ति केन्द्रका मतपेटिका सुन्सेरा ल्याएको ब्याँस गाउँपालिकाका निर्वाचन अधिकृत कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो । नेपालको भुमि भएर तिंकर र छाङरु सम्म जाने बाटो नभएका कारण नेपाली सेनाको हेलिकप्टरले मतपेटिका ढुवानी गरेको उहाले बताउनुभयो । (हिजो) वैशाख ३० गते बेलकी ५ बजे मतदान सम्पन्न गरेर तिंकर