कोरोनाका कारण सवा २ खर्ब व्यापार घाटा कम
काठमाडाैँ । कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को व्यापार तथ्याङ्कअनुसार नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपियाँले घटेको हो । बढ्दो आयात र निर्यातमा सामान्य मात्र वृद्धि हुँदा उक्लिँदो व्यापार घाटाको ग्राफमा कोरोनाले ‘बे्रक’ लगाइदिएको हो । विभागका अनुसार आव २०७५-७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको