घट्यो सुनको मूल्य, आजको भाउ कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रू ४ सय ले गिरावट आएको छ। महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रू ९८ हजार ४ सय तोकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय निर्धारण गरिएको छ। शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रू ९८ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला रू ९८