फिचर समाचार

कुलमानलाई पुनः नियुक्ति माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तको माग गर्दै उपत्यकाका विभिन्न स्थानहरुमा प्रदर्शन भएको छ । मंगलबार प्राधिकरणबाट बिदाइ भइसकेका घिसिंगलाई कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ । उपत्यकाको बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेका छन् । त्यस्तै जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले घिसिङलाई पुन नियुक्तिको माग गर्दै नारावाजी गरेका थिए भने प्लेकार्डहरु

प्याजमा कालोबजारी: भाउ बढेपछि प्याज बोकेर आएका ट्रक नै हराए

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा रोक लगाएसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । भारतले नेपालमा प्याज निर्यात गर्न रोक लगाएकै भोलिपल्ट नेपाली बजारमा प्रतिकेजी प्याजको मूल्य अघिल्लो दिनभन्दा थोकमै ४० रुपियाँसम्म बढेको छ । खुद्रा बजारमा त प्याजको अभाव नै हुन थालेको छ । खुद्रा व्यापारीले सोमबार प्रतिकेजी ६५ रुपियाँमा बिक्री गरेको प्याज मङ्गलबार १२० देखि १५० रुपियाँसम्म बिक्री गरेका छन् । भित्रिन छाडे गाडी सोमबार मात्रै

एकल जातीय राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई पचाएनः बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ देशको आदर्श व्यक्ति बन्नुभएको बताउनुभएको छ । भट्टराईले मंगलबार साझ ट्वीटमा कुलमान विदाईको आफ्नो तीन अनुभूति लेख्नुहुँदै देशमा आदर्श पात्रको खडेरी भएको पनि बताउनुभएको छ । उहाँले लेख्नुभएको छ– ‘देशमा आदर्श पात्रको यस्तो खडेरी छ कि कर्तव्य खरो निर्वाह गर्ने कुलमान देशको आदर्श बनेका छन् ।’ प्राधिकरणको चार

लामो दूरीका यातायात चलाउन यी नियम मान्नै पर्ने

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि रोकिएको सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान असोज १ गतेदेखि नै सञ्चालन हुने भएको छ । सोमवार बसको मन्त्रीपरिषद बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै छोटो तथा लामो दुरीको यातायात र आन्तरिक हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा असोज १ गते देखि संचालन हुने बस व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने परराष्ट्रमन्त्री

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

काठमाडौँ । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताउनुभयो । उहाँका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा

सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन भोलिदेखि

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताएका छन् । उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन् । परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न

उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस

काठमाडौं । काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस भएको छ । आज विहान पाँच बजेर २० मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले रातोपाटीलाई बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।

ओलम्पियन नयना दम्पतीलाई कोरोना

काठमाडौँ । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । शाक्यसँगै उहाँका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो । पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताउनुभयो । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले

बच्चन परिवारलाई कंगनाको प्रश्न, ‘यस्तो तपाईँको परिवारमा भएको भए ?’

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत लगातार चर्चामा आइरहेकी छन्। उनी सामाजिक सञ्जालमा नि’डरताका साथ अभि’व्यक्ति दिँदै आएकी छन्।अहिले उनले गरेको एक ट्वीटको कारण उनी फेरि चर्चामा छिन्। कंगना रनावतले ट्वीट गरेर भनिन्( जया जी, तपाई अझै पनी यस्तो कुरा गर्नुहुन्छ यदि मेरो ठाउँमा तपाईकी छोरी श्वेतालाई कु’टपिट गरियो, ड्र’ग्स दिइयो र किशो’रावस्थामा दु’र्व्यवहार गरियो। के तपाईं अझै यसो भन्नुहुने थियोस यदि अभिषेकले लगातार दु’र्व्यवहार र उ’त्पीडनको गु’नासो गर्यो र

कुलमान गएसँगै लेखनाथ कोइराला प्राधिकरणको निमित्त कार्यकारी नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त गरिएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी भट्ट बताए। प्राधिकरणको माउ संस्थामा कार्यरत उपकार्यकारी निर्देशकहरुमध्ये वरिष्ठताका आधारमा अर्थ निर्देशनालयका प्रुमख लेखनाथ कोइराला सबैभन्दा सिनियर उपकार्यकारी निर्देशक हुन्। घिसिङको कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन्।