फिचर समाचार

तीन मन्त्रीका कारण फेरि टाढिए अध्यक्षद्वय

काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले नेकपाको समस्या समाधान गर्न प्रतिवेदन तयार पारेपछि नेकपाको सदाबहार विवाद निमटारा लाग्ने विश्वास धेरैको थियो । कार्यदलकै सुझावलाई प्रतिवेदनको रूप दिएर स्थायी समिति बैठकमा लगिएपछि त नेकपामा थप उत्साहको सञ्चार नै भएको थियो । तर स्थायी समितिले पार्टी समस्या समाधानका लागि पारित गरेको प्रतिवेदनको मसी सुक्न नपाउँदै नेकपाको समस्या एकपछि अर्को थप बल्झिँदै जान थालेका छन् । राजदूतहरू र मुख्य सचिव

कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनको सत्ता ढाल्न लागेका यमलाल कँडेललाई काठमाडौं झिकाएपनि कुरा मिल्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ दुवै पक्षलाई राखी मनाउन खोजेपनि कुरा मिल्न नसकेसँगै यो घटनाले नेकपाभित्रको आन्तरिक राजनीतिलाई असर पार्ने देखिएको छ । कर्णाली प्रदेश केन्द्रीय सत्ताको कार्ड बनाइएको खुल्दै गएको छ । उक्त प्रदेशमा मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । यमलाल कँडेल ओलीनिकटस्थ

कांग्रेस उप–सभापति गच्छदारको सबै सम्पत्ति रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारको ललितानिवास जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उप–सभापति विजयकुमार गच्छदारको सबै सम्पत्ति रोक्का गरेको छ । प्रारम्भिक अनुसन्धानमा सम्पत्तिको वैधता नदेखिएपछि विभागले गच्छदार, उनकी श्रीमती निर्मला गच्छदार र दुई छोराको नाममा भएको सबै सम्पत्ति रोक्का गरेको हो । अन्य व्यक्तिको नाममा लुकाएको सूचना प्राप्त भएको छ, त्यसमा अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ विभाग स्रोतका अनुसार गच्छदार र परिवारको नाममा रहेको बैंक खाता, घरजग्गा,

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ । पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेसले जनाएको छ । त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशन दिएको छ । दसैंभत्ता फिर्ताका लागि संघीय संसद्

नवरात्रीमा बिर्सिएर पनि नगर्नुहोस् यी ८ काम

यस वर्षको नवरात्री गत शनिबारबाट सुरु भइसकेको छ । यतिबेला माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुन्छ । नवरात्रिमा देवीको ९ दिनको ब्रतको ठूलो महत्व छ । यो ९ दिनमा हरेकले केही विशेष नियमको पालना गर्नुपर्छ । आउनुहोस्, नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे जानकारी लिऔं । १। नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ । नवरात्रका बेला आफ्नो खानामा प्याज, लसुन र माछा–माछु समावेश नगर्नुहोस् । २। नवरात्रिको

४४ नं.गण दार्चुलाका ४० जना सशस्त्र प्रहरी  कोरोना मुक्त

दार्चुला,  सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका ४० जना सशस्त्र प्रहरीले एकैपटक कोरोना जितेका छन् । उनीहरुको दोस्रो पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिए । असोज २० गते डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका ४१ मध्ये ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको उहाले बताए । एक जना भने

सुरनयाँ गाउँपालिका अध्यक्षमाथि कुटपिट गर्नेलाई कारवाहीको माग

  काठमाडौँ : नेपाली काँग्रेसले पार्टीको जिल्ला कार्यसमिति, बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिटको घटनामा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेको छ। काँग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज वक्तव्यमार्फत अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाको दुई दिन बितिसक्दा पनि कुनै कारवाही नगरेको भन्दै दुःख व्यक्त गरेको छ। गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधिमाथिको आक्रमणमा सम्लग्न व्यक्तिको तत्काल खोजी

प्रहरी दिवसको दिन चार लाख घुससहित हवल्दार पक्राउ, डिएसपी पनि छानबिनमा

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले प्रहरी हवल्दारलाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसलबाट हवल्दार शिवचन्द्र साहनी र उनकी पत्नी निर्मला केवटलाई रंगेहात पक्राउ गरेको हो । प्रहरी दिवसकै दिन हवल्दार घुससहित पक्राउ परेका हुन् । पक्राउ परेका एक अभियुक्तलाई छुटाइदिने भन्दै उनले घुस लिएका थिए । सो प्रकरणमा इप्रका बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरमाथि समेत छानबिन हुने आयोगका एक अधिकारीले बताए

१७ किलोग्राम अवैध यार्सागुम्बा सहित एक जना पक्राउ

दार्चुला, कार्तिक ०२ गते स् १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सदरमुकाम खलंगाको घाट बजारबाट शनिवार दिउसो ३ बजेतिर हुम्ला जिल्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षिय डोकार लामालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । झोला बोकी हिडिरहेका लामा माथी प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट अवैध यार्सागुम्बा

नवरात्र सुरु : कुन दिन कुन देवीको पूजा ?

आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको स्मरणमा मनाइने नवरात्र शनिबारदेखि सुरु भएको छ । एक महिना लामो मलमास शनिबार बिहान १ बजेर ५३ मिनेटमा सकिएसँगै शारदीय नवरात्रको सुरुवात हुने भएको हो । दूर्ग नाम गरेको ऋषिलाई वध गरेको आधारमा दूर्गा नाम राखिएकी देवीको नौ वटा स्वरूपलाई पूजा गरेर नवरात्र मनाउने गरिन्छ । नवरात्र सकिएपछि देवीले आसुरी शक्तिको वध गरेको स्मरणमा विजयको टीका लगाएर यो पर्व सम्पन्न गर्ने गरिन्छ, यस्तो टीका कतै