उपत्यकामा थप २७ सय २० जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा भने ४४९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । होम