फिचर समाचार

सूर्या लाइफद्धारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

धनगढी । सुर्या लाइफले अभिकत्र्ता सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले उक्त कार्यक्रम आज धनगढीमा आयोजना गरेको थियो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कम्पनीका प्रदेश प्रमुख जगदिश प्रसाद भट्ट को उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर हरुलाइ सम्मान गरिएको छ । त्यस्तै, कम्पनीले बिमाको इतिहासमा पहिलो पटक सूर्या चौरासी पुजा जिबन बिमा योजना को बारेमा बरिष्ट सहायक महाप्रबन्धक

आईएमई लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको फागुन ३ गतेको पत्र मार्फत स्वीकृत भई २०७६ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा उक्त बोनशदर कायम हुने गरी सार्वजनिक गरेको हो । सावधिक जीवन बीमालेख कम्पनीले न्युनतम प्रतिहजार १३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

नालायक गृहमन्त्री बादलले तत्काल राजीनामा दिनुपर्छ -अष्टलक्ष्मि शाक्य

काठमाडौँ । सबै किसिमका प्रतिगमनका विरुद्घ प्रचण्ड-माधव पक्षकाे अखिल नेपाल महिला संघ अनेमसंघ) केन्द्रीय कमिटीले आज विराेध र्याली एवं कोणसभाको आयोजना गरेकाे छ। वसन्तपुरमा आयोजित काेणसभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मि शाक्यले भनिन्, ‘ प्रतिगमनकाे विरुद्घमा हामी सडकमा छाैँ। केपी ओलीले आज निरंकुश बनेर लाेकतन्त्रमाथि धावा बाेलेकाे छ। तर, जित लोकतन्त्रकै हुन्छ। अबकाे केहीदिनभित्रै अदालतबाट संसद पुनःस्थापना हुनेछ।’ नेत्री शाक्यले बलात्कारको प्रसंगलाई सम्बोधन गर्दै भनिन्, ‘वर्तमान गृहमन्त्री बादल त्यहाँ

बराबर अनुपातमा प्रचण्ड–माधवले गरे एकता (९ बुँदे मापदण्डसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ। समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरूमा हस्ताक्षर गरेका छन्। उक्त मापदण्डअनुसार नेकपाको कमिटीहरूमा अब दुवै पक्षको ५०(५० प्रतिशत हुने भएको छ। समूहका अनुसार मापदण्डबमोजिम प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरू तथा जनसंगठनका पदाधिकारीहरुमा जुन

जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा हामी विश्वास गर्छौँ -डा. महत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएका कारण नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले बताएका छन्। जनतामा जाने कुरालाई नकार्न नमिल्ने बताउँदै निर्वाचनलाई कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ छ। डा महतले भने, ‘ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा नेपाली कांग्रेस विश्वास गर्छ। जनताबाटै अनुमोदित भएर कुनै क्षणिक रूपमा कोहीसँग जोडिएर तत्कालीन पार्टीगत लाभ

डा. बाबुराम भट्टराई दिल्ली जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई उपचारको सिलसिलामा नयाँ दिल्ली जाने भएका छन्। नेपाल वायुसेवाको विमानबाट उनी नयाँदिल्ली जान लागेका हुन्। डा भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ। उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन्। उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। अहिले चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले

चेतावनी दिने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन – विश्वप्रकाश

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको मन्तव्य पदीय गरिमा विपरीत भएको टिप्पणी गरेका छन्। हिजो आफ्नो सामाजिक संञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले अदालतमा दबाब परोस् भन्दै चर्को दबाबको अभिव्यक्ति विराटनगरको सभामा राखेको आरोप लगाएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ुन्यायालयको फैसला स्वीकार्छौँ कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन।ु हिजो नेकपा ओली पक्षद्वारा विराटनगरमा आयोजित सभामा

१० लाख डोज खोप आज नेपाल आउँदै

काठमाडौं। कोरोना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’को १० लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा= समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट साढे १ बजेको एयर इण्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं आइपुग्ने जानकारी दिए। उनका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउने भएको हो। यसअघि गत माघ

अख्तियारका आयुक्त डा. जोशीले दिए राजीनामा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा। गणेशराज जोशीले राजिनामा दिएका छन् । आयुक्त जोशीलेराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका छन्। उनले संविधानको धारा २३८ को उपधारा ९४० को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएका छन्।