माओवादी केन्द्रले फिर्ता बोलायो आफ्ना मन्त्री
काठमाडौँ, नेकपा (माओवादी केन्द्र) ले सरकारमा सम्मिलित आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको हो। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको हो। सरकारमा रहेका गृहमन्त्रीसहित मन्त्रीहरू लेखराज भट्ट (उद्योगमन्त्री), टोपबहादुर रायमाझी (ऊर्जामन्त्री), मणि थापा (खानेपानीमन्त्री), प्रभु साह (सिँचाईमन्त्री), दावा लामा (खेलकुदमन्त्री) र गौरीशंकर चौधरी (श्रममन्त्री) लाई पार्टीले फिर्ता बोलाएको हो। यता एमालेले भने माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा गएका