कँडेलको मुख्यमन्त्री मोह, नेपाल समूह भन्छ– समर्थन कायमै छ
काठमाडौँ, नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठक बुधबार सम्पन्न भएको छ। संसदीय दलको नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ। साथै एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउने बारेसमेत निर्णय गरेको छ। पूर्ववत अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएसँगै माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बनेका शाहीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली समूह कसिलो ढंगले विरोधमा उत्रिएको छ। कर्णाली प्रदेशमा कूल