फिचर समाचार

खुशी हुने नागरिकको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो नम्बरमा

काठमाडौँ, संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ। नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो। नेटवर्कले १ सय ४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो। सन् २०२० मा नेपाल ९२औं र २०१९ मा सयौं स्थानमा थियो। सन् २०१९ मा नेपाल भुटान र

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य

काठमाडौँ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताउनुभयो । उहाँले कांग्रेस पार्टी सभापति शेरबहादुर

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

काठमाडौँ, नेकपा (एमाले) को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिनुभयो । उहाँले संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था गरेको

प्रधानमन्त्रीमा मेरो दाबी रहँदैन : प्रचण्ड

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताए। प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन्। उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने। लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले

वाइसिएल राष्ट्रिय भेलाको मिति तोकियो

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी ब्युँताएपछि हिजो र आज बसेको वाइसिएलको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसिएलका सचिव पुष्प ओलीले जानकारी दिनुभयो । सङ्गठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेलाअगावै टोल

'ओली, कि झुठ बोल्नुहुन्छ कि निन्दा बोल्नुहुन्छ'

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दुर्भाग्यतिर लगेको आरोप लगाएका छन्। हेरिटेज गार्डेनमा भएको राष्ट्रिय कार्यकर्ता भेलाको समापन समारोहलाई सम्बोधन गर्दै भुसालले पार्टीको अहिलेको अवस्था भयानक दुर्भाग्य भएको टिप्पणी गरेका हुन्। उनले भने, ‘गौरवशाली इतिहास र लाखौँ कार्यकर्ता भएको पार्टीका अध्यक्ष र पार्टीले प्रधानमन्त्री बनाएको व्यक्तिले एकपछि अर्को सुनियोजित गल्ती गर्दै पार्टीको भविष्यलाई दुर्भाग्यतिर लैजाँदैछन्। यस्ता मान्छले कम्युनिष्ट आन्दोलनलाई उठ्नै

'ओलीको विकल्पमा आउने सरकार कांग्रेस नेतृत्वको हुन्छ'

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्घ अविश्वास प्रस्ताव दर्ता हुने बताएका छन्। कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन विराटनगर पुगेका कोइरालाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओली सरकार अवैधानिक भएकाले त्यसको विकल्प अनिवार्य भएको बताउँदै यस्तो भनेका हुन्। उनले भने, ‘अबको १० दिनमै ओली सरकारको विकल्पका लागि संसदमा अविश्वास प्रस्ताव दर्ता हुन्छ। कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर

केपी ओली महाठग हुन् -प्रचण्ड

काठमाडौँ,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एकताको प्रस्तावक नै आफू भएको बताएका छन्। आज सिन्धुलीमा कार्यकर्ताहरूसँगको भेटघाटमा दाहालले यस्तो भनेका हुन्। उनले कम्युनिष्ट एकता प्रतिक्रियावादीलाई मन नपरेको र उनीहरूले आफूलाई नै निसाना बनाएको जिकिर गरे। प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञा दिँदै भने, ‘ओली त महाठग रहेछन्। यस्तो ठग देखिनँ। पार्टी फुट्ला कि भनेर थरथर काम्नुपर्ने भयो। पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ।

गुटको भेला गर्ने मुख्य व्यक्तिबाट कारवाही शुरु हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब माधव नेपालसँग गुटको नेताका रुपमा कुनै पनि डिल नहुने प्रष्ट पारेका छन्। एमालेको नाममा गुटको भेला गरेबापत मुख्य व्यक्तिबाट कारवाही शुरु हुने समेत ओलीले चेतावनी दिएका छन्। बुधवार राती नेपाल प्रेस अनलाइनसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले माधव नेपाल–झलनाथ खनालहरु अहिले एमाले नरहेको समेत बताएका छन्। ओलीले भेला गरेबापत र विगतमा आफूलाई कारवाही गरेबापत माफी मागेर आएको खण्डमा

दलको नेतृत्वमा त्यागको भावना आउनुपर्ने : अध्यक्ष थापा

मकवानपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सवल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताउनुभएको छ । राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले बाह्य शक्तिको दबाब र प्रभावले राजनीतिक दलका नेतृत्वमाथि अनावश्यक हस्तक्षेप बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष थापाले राष्ट्रमा सबै शक्तिको विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता परेको चर्चा