फिचर समाचार

कोरोना संक्रमणबाट नेपाल लाइफ स्वयम्भु शाखा प्रमुख कल्पना श्रेष्ठको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्स स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार निधन भएको छ । ४७ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमण देखिए पछी उपचारका लागी टेकु अस्पतालमा भर्ना गरीउको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी का बरस्टि सहायक महाप्रबन्धक उमापती प्रोखेल का अनुसार उनको आइतबार काठमाडौंमा टेकु अस्पतालमा निधन भएको हो । लामो समयदेखि नेपा लाइफ इन्स्योरेन्समा कार्यरत श्रेष्ठ विभिन्न शाखाहरुमा काम गरेको

युवा नेता भण्डारीद्धारा गोकुलेश्वरमा मास्क र सेनिटाइजर वितरण

दार्चुला । नेकपा माओवादी केन्द्र दार्चुलाका युवा नेता भुवन भण्डारीले गोकुलेश्वरका विभिन्न स्थानमा राहतस्वरुप स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ मा रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर, गोकुलेश्वर अस्पताल, बादी समुदाय र सञ्चारकर्मीहरुलाई मास्क र सेनिटाइजर वितरण गर्नुभएको हो । युवा व्यवसायी समेत रहनुभएका उहाँले गोकुलेश्वर अस्पताललाई तीन हजार पिस मास्क र दुई लिटर सेनिटाइजर वितरण गर्नुभएको हो । यस्तै इलाका प्रहरी कार्यालय गोकुलेश्वरका साथै बादी

काग्रेस नेत्री आरजु देउवाले दिइन् अक्सिजन प्लान्ट खरिदका लागि १० लाख रुपैयाँ

धनगढी । नेपाली कांग्रेसकी नेतृ डा। आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाकी पत्नी समेत रहेकी देउवाले आइतबार अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेकी हुन् । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना र सिलिन्डर खरिद गर्न देउवाले उक्त रकम सहयोग गरेको उनको स्वकीय सचिव

अक्सिजनको अभावमा एशियन लाईफले गुमायो एक होनहार कर्मचारी

बुटवल-एशियन लाइफ इन्स्योरेन्स कम्पनीको परासी जिल्लाको बर्दघाट शाखामा बरिष्ठ सहायक पदमा कार्यरत महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको छ । बीमा कम्पनीमा कार्यरत ढकाललाई एक साताअघि मात्रै कोरोना पुष्टि भएको थियो । उनको गएराति तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा निधन भएको हो । २०६४ साल चैत्र १ गतेदेखि बुटबल शाखामा नियुक्ति भई तत्कालीन शाखा प्रमुख किरण गौतमको मातहतमा लामो समय काम गरेका उनि निकै अब्बल अनुसासित र इमान्दार

कैलालीमा एकैदिन थपिए ४३३ संक्रमित, ८ जनाको मृत्यु

धनगढी । कैलालीमा एकैदिन अहिले सम्मकै उच्च थप चार सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ जनाको परीक्षण गर्दा थप पाँच सय ३४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मध्ये कैलालीका मात्र चार सय ३३ जना रहेको श्रेष्ठले बताए । धनगढी उपमहानगरपालिकाका २५ र चार सय ८ जना अन्य विभिन्न

संघीय सरकारमा चारजना मन्त्री भएको सुदूरपश्चिममा अक्सिजन हाहाकार

धनगढी । सुदूरपश्चिममा पछिल्लो दुई सातायता कोरोना संक्रमणमा कारण १५ जनाभन्दा बढीले ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेमा कैलाली कञ्चनपुरका बढी छन् । प्रत्येक जिल्लाका सरकारी अस्पताल संक्रमितले भरिएका छन् । अस्पतालहरुले अक्सिजनको अभावमा नयाँ संक्रमितलाई भर्ना गर्न समस्या हुने बताउँदै आएका छन् । अक्सिजनकै अभावमा दैनिक तीन÷चारजनाले ज्यान गुमाएको खबर सार्वजनिक भइरहेको छ । सुदूरपश्चिममा अहिले दैनिक १५० वटा मात्रै अक्सिजन सिलिण्डर उत्पादन भइरहेको छ । त्यो पनि कतिपय

काँग्रेसको पदाधिकारी बैठक जारी, सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने तयारी

काठमाडौं – नयाँ सरकार गठनका लागि छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा साढे ४ बजेपछि बैठक सुरु भएको हो । बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल थालेका हुन् । पदाधिकारी बैठकअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । यस्तै आज बिहान देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र

ओलीलाई खनाल–नेपाल समूहको साढे ४ बजेसम्मको अल्टिमेटम

नेकपा एमाले नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ । समूहका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिए । त्यतिबेलासम्म ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले सांसद सदस्यताबाट राजीनामा गर्ने नेता रावलले बताए । ‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ

अक्सिजन सहित ५० शैय्याकोे आईसोलेशन तयार गर्दै दार्चुलाको महाकाली नगरपालिका

दार्चुला,   कोरोना संक्रमित बिरामीको सहजता तथा जिवन रक्षाका लागी महाकाली नगरपालिका क्षेत्र भित्र अक्सिजन सहित ५० शैय्याको आईसोलेशन निर्माण भइरहेको नगर प्रमुख हंसराज भट्टले बताउनु भएको छ । नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहर नगरपालिका क्षेत्र भित्र तथा जिल्लाभरी नै फैलिसकेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सहितको आईसोलेशन तयार गरिरहेको उहाले बताउनुभयो । स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमको २० लाख बजेटबाट अक्सिजन सहितको आईसोलेशन तयार भइरहेको उहाको भनाई छ । “कोरोना संक्रमित

बीमा कम्पनीहरु बन्द हुने, आन्तरिक प्रशासन मात्रै सञ्चालन गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका छन् । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा कम्पनी लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित गराई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय भएको हो । ‍ काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड १९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको