फिचर समाचार

नेपाल लाइफका पूर्व सिईओ विवेक झा सूर्या लाइफको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई कार्यकाल बिताएर पूर्व सिईओ विवेक झा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जेठ ७ गते बिहान ११ः०० बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई रिक्त संचालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । सञ्चालक झाले उक्त कम्पनीलाई जीवन बीमा सम्बन्धी सही नीतिमार्फत मार्ग निर्देश गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

भाउजु हत्याको आरोपमा देवर पक्राउ

विराटनगर । मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । रंगेली नगरपालिका– ३ कि २४ वर्षीय अनिता यादवको हत्या संलग्न भएको आरोपमा प्रहरीले उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो । बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचनसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक

यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको

डाक्टर गोबिन्द केसी: यमनका विकट गाउँमाके गर्दै छन?

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्। यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ। विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको डाक्टर केसीले बताएका छन्। आफूले दुई वर्षदेखि यमन जाने योजना बनाइरहेको उनले उल्लेख गरेका छन्। ‘यहाँ इतिहासको सबैभन्दा नराम्रो संकट देखा परेको

आइसोलेसनमा बस्ने ठाउँ नभएपछि रुखको टुप्पोलाई कोभिड वार्ड

काठमाडौँ, भारतको तेलांगना प्रान्तको नालागोन्डा जिल्लामा होम आइसोलसनमा बस्ने ठाउँ अभाव भएपछि नयाँ बहस सिर्जना भएको छ। त्यहाँको सयौं परिवार एउटै कोठामा आइसोलेसन बस्न बाध्य छन्। चार भित्ता रहेको एउटै कोठमा भान्छा र कतै शौचालयसमेत हुन्छन्। यस्तो बाध्यताबीच कोरोना संक्रमित बिरामीले आफूलाई छुट्टै बस्न ठाउँ नै पाइरहेका छैनन्। यही समस्याबीच नालागोन्डाका कोरोना संक्रमित एक विद्यार्थीले भने गज्जबको ‘आइडिया’ फुराएका छन्। होम आइसोलेसनमा बस्ने ठाउँ अभाव भएपछि १८ वर्षीय शिव नामका

भारतले बनायो कोरोनाको औषधि : कसरी प्रयोग गर्ने ?

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी सार्वजनिक गरे । भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (2-deoxy-D-glucose) ले गत मे १ तारेखमै सिकिस्त तथा मध्यम अवस्थाका कोभिड १९ का विरामीलाई आकस्मिक प्रयोगका लागि यो औषधिलाई स्विकृति प्रदान गरेको थियो । पाउडरको रुपमा तयार पारिएको यो औषधि पानीमा घोलेर खानुपर्नेछ । कोरोना संक्रमणबाट गम्भीर विरामी परेकाहरुलाई

नयाँ पुनर्बीमा कम्पनीका लागि ५ वटाले दिए निवेदन, कसले पाउला लाइसेन्स ?

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीका लागि ५ वटा कम्पनीले बीमा समितिमा प्रस्ताव पेश गरेका छन् । बीमा समितिले दिएको २१ दिनको म्याद सकिनु भन्दा तीन दिन अगाडि नै चर्चामा रहेका सबै कम्पनीले दर्ता गराएका छन् । बीमा समितिका अनुसार प्रुडेन्सियल रि, जेन्यून रि, अन्नपुर्ण रि, काठमाडौं रि र हिमालयन रि इनस्योरेन्स कम्पनीले बीमा समितिमा लाइसेन्सका लागि निवेदन दिएका हुन् । ५ वटै कम्पनीले बीमा समितिले सार्वजनिक सूचना जारी गर्नु भन्दा

नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश खत्री नियुक्त

काठमाडौं । बीमा समितिले स्वीकृति दिएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । केही दिन पहिले बीमा समितिमा अनुमतिको लागि पेश गरेकोमा आज बीमा समितिले स्वीकृति दिएको हो । सो कम्पनीले खत्रीलाई आजैका मितिबाट लागू हुने गरी सिइओमा नियुक्त गरेको हो । खत्री सोही कम्पनीमा निमित्त सिईओको भूमिका निर्वाह गर्दै आएका थिए । जीवन बीमा क्षेत्रमा साढे दुई दशकभन्दा बढि अनुभव प्राप्त खत्री कुशल बीमा

यस्ताे छ, मदन भण्डारीकाे जबज (पूर्णपाठ)

नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद १. विषय प्रवेश कार्यक्रम पार्टीले सार्वजनिकरूपमा फहराएको आफ्ना लक्ष्यहरूको झन्डा हो । त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा विकासको कार्यक्रमका रूपमा पार्टीले आफ्नो लक्ष्य निर्धारित गर्नुपर्छ, आफ्नो कार्यक्रम निश्चित गर्नुपर्छ । अहिले नेपाली समाजमा सामाजिक क्रान्तिको अनिवार्यता छ । यसैलाई प्राथमिकता दिनु

ओली–नेपाल वार्ता , जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा कार्यदल बन्यो

२०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न नेकपा एमालेमा दुवै पक्ष सम्मिलित कार्यदल बनेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले दुवै पक्ष सम्मिलित कार्यदल बनाएको हो । कार्यदलमा ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै माधव नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे