बीमा समितिले टिकापुर नगरपालिकामा गर्यो जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम
काठमाडौं । बीमा समितिले टिकापुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । टिकापुर नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको समितिका उप निर्देशक विरोध भट्टले जानकारी दिए । कार्यक्रममा समितिका उप निर्देशक भट्ट सहित सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै नगरपालिका मेयर, उपमेयर, जन प्रतिनिधिहरु, शिक्षक, स्थानीय तहमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालय प्रमुखहरु, किसान, उद्योगी, व्यापारी लगायतको