सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने मिति नै तोक्यो!
सुदूरपश्चिम प्रदेशको लोकसेवा आयोगले विज्ञापन खोल्ने अन्तिम तयारी गरेको छ । विज्ञापन खोल्ने अन्तिम तयारीस्वरुप आयोगले सम्पूर्ण काम कारवाही अघि बढाइसकेको छ । लोकसेवा आयोगको कार्यालयले गत असार २५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई रिक्त दरबन्दीको विवरण पठाउन भनेको थियो । तर हालसम्म पनि रिक्त दरबन्दीको विवरण प्राप्त भइ नसकेको आयोगका एक पदाधिकारीले बताएका छन् ।सम्पूर्ण विवरण प्राप्त भएपछि सबैभन्दा पहिले कुन पदका लागि विज्ञापन गर्ने भन्ने तयारी गरिरहेको उनको