एकल बीमा शुल्कको विकृतिले जीवन बीमा क्षेत्र ध्वस्त हुँदै
काठमाडौं। बीमा कम्पनीले व्यापार बढाउन एकल बीमा शुल्कको पोलिसी जारी गर्ने क्रम बढेको छ। कतिपय कम्पनीले व्यवसाय धेरै देखाउन अभिकर्ता मार्फत पहिलो प्रिमियम कर्जा लिएर खरिद गर्ने र एक वर्ष पछि सरेण्डर गर्ने अभ्यास बढिरहेको छ। यस्तो अभ्यासले बीमा क्षेत्रलाई नै ध्वस्त बनाउने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ बताउछन्। उनले भने ‘यदि कुनै पनि बीमा कम्पनीले व्यवसाय धेरै देखाउन सुरुमा सिङ्गल प्रिमियमको पोलिसी जारी गर्ने