बागमती प्रदेश

काठमाडौंका यी सडकमा आज सवारी चलाउन नपाइने

काठमाडौं, आज महाशिवरात्री पर्व देशभर मनाइँदैछ । काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा शिवको दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागिरहेको छ। शिवरात्रीका दिन भक्तजनको भीड व्यवस्थापनका लागि पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ। देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन्। भक्तजनहरु काठमाडौं आईरहदाँ पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्ने भएकाले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ। हेरौँ कुन कुन क्षेत्रमा सवारी

चैत दोस्रो साताबाट काठमाडौँका घरघरमा मेलम्चीको पानी

काठमाडौँ, मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ। चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए। उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ। परीक्षण सफल भएपछि वितरण कार्य एक

प्रस्तावित प्रधानमन्त्रीमा देउवाः ओलीविरुद्ध अविश्वासको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते संसद विघठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै एउटा खेमाका रूपमा रहेको प्रचण्ड–माधव समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्‍यो। प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक ठहर्‍याउँदै सर्वोच्च अदालतले खारेज गरेसँगै संसद पुनर्जिवित भएको छ। अहिले प्रचण्ड–माधव समूहले त्यतिखेर दर्ता गरेको अविश्वासको प्रस्ताव के हुने भन्नेमा धेरैले चासो व्यक्त गरेका छन्। तर, प्रचण्ड–माधव समूहले भने दर्ता भएको उक्त प्रस्तावलाई अहिले फिर्ता गर्ने भएका छन्।

३७ हजार ५ सयले पाए महिला लघुवित्तको आईपीओ, नतिजा हेर्न भने समस्या

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर ९आईपीओ० ३७ हजार ५ सय लगानीकर्ताले हात पारेका छन् । शुक्रबार बिहान भएको बाँडफाँटमा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको हो । कम्पनीको शेयर १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको छ । सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट भएको कम्पनीले ननाएको छ । महिला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल

यस्तो छ उत्कृष्ट चारमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको प्राविधिक अवस्था

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले यस वर्ष प्रगति राम्रो गरेको देखिएको छ । यस कम्पनीका केही प्राविधिक पक्ष हेर्ने हो भने पनि १९ जीवन बीमा कम्पनीमा चौँथो स्थानमा रहेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले माघ मसान्तसम्म २ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जसमा कम्पनीले माघ अन्तिमसम्म १ अर्ब ४३ करोड पहिलो बीमा शुल्क आर्जन गरेको छ भने यस अवधीमा १ अर्ब ३२ करोड

जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षाको तयारी

काठमाडौं – एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई० र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका उपाध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा

राम कुमारी झाँक्रीलाई हुनसक्छ ७ वर्ष जेल

काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको हो। सो धारामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ। मुलुकी अपराध सहिंतामा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको

सूर्या लाइफको कुल बीमा शुल्क आर्जन ७७ प्रतिशतले बढ्यो, कुन सूचकमा कति सुधार ?

काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ७७ प्रतिशतले कुल बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमाशिक अवधिमा २ अर्ब ३२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन दुई अर्ब २८ करोड रुपैयाँ छ। गत वर्षको यहि अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन एक अर्ब ३० करोड रुपैयाँ थियो। कम्पनीले ६ महिनाको अवधिमा ३५ करोड ५९ लाख

भारतसँग रेल चालक माग्दै नेपाल

काठमाडौँ स् सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरूपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी

आमा बनेपछिको पाँच फरक अनुभव

आमा बन्नु जीवनकै सबैभन्दा सुन्दर अनुभूती हो । मातृत्वपछि तपाईंको जिन्दगी सधैका लागि पूर्ण रुपमा बद्लिन्छ । यो परिवर्तन पनि आफैमा प्रिय हुन्छ । यद्यपि कतिपय कुराले भने तपाईंलाई असहज पनि बनाउँछ । त्यसो त गर्भावस्थामा छँदै परिवार, आफन्त, इष्टमित्र, साथीभाईले तपाईंलाई आ–आफ्नो अनुभव र बुझाई साझेदार गर्छन् । गर्भावस्थामा के हुन्छ, प्रसूती व्यथा कस्तो हुन्छ, बच्चा जन्माइसकेपछिको अवस्था कस्तो हुन्छ भनेर बेलिबिस्तार लगाइसकेका हुन्छन् । यद्यपि जब तपाईं आमा