बीमा कम्पनीहरु बन्द हुने, आन्तरिक प्रशासन मात्रै सञ्चालन गर्न पाइने
काठमाडौं । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका छन् । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा कम्पनी लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित गराई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय भएको हो । काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड १९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको