प्रदेश १ र बागमतीमा हाम्रो सरकार बन्छ, स्वागत गर्न तयार रहनुस् : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘एक र तीन नम्बर प्रदेश ९बागमती० मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’ उनले आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता कार्यकर्तालाई