हास्य कलाकार मनोज गजुरेलले गरे मन्जुसँग विवाह
काठमाडौं। हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग उनले आज विवाह गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । उनीहरुको विवाह डोलेश्वर महादेव मन्दिरमा आज आफन्तको उपस्थितिमा सम्पन्न भएको हो । गजुरेलले लामो समयको मिना ढकालसँगको वैवाहिक सम्बन्धलाई ४ वर्ष पहिले कानुनी रुपमा तिलाञ्जली दिएका थिए । उनीहरुको एक छोरा र एक छोरी छन् । गजुरेलले जीवनयात्राको क्रममा आत्मीय साथको आवश्यकता