बैतडीका डम्बर हत्या प्रकरण : दुई शिक्षक पक्राउ

बैतडी, बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ ।” पक्राउ परेका दुवैजना

डडेल्धुरामा हिमपात : जनजीवन कष्टकर, यातायात सेवा प्रभावित

डडेल्धुरा, बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण तराईपहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ । बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गहरुमा सयौँ यात्रु अलपत्र परेका छन् । मौसम बदली भई लागातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र

पैँतिस लाख ६८ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले रु ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौँ स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ

दुई महीनामै पैसा दोब्बर हुने भन्दै ठगी गर्ने तीन जना पक्राउ

दाङ, दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई  पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो। ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो। तीनै जना होटेल सञ्चालक भए पनि

उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

डोटी, कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो । घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको वस्तुनिष्ट प्रमाण नभएको र त्यसलाई पुष्टि गर्ने आधार पनि नभएको भन्दै विसं २०७७ असार

घट्यो बैतडीको जनसङ्ख्या

बैतडी, बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनुभयो । सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या पुर्चौडी नगरपालिकामा रहेको छ

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

डोटी, जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ । रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।” अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ

बाइस किलोग्राम चरेश बरामद

महेन्द्रनगर, कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ । “ चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ”, उहाँले भन्नुभयो,“ अनुसन्धानबाट सबै कुरा बाहिर आउछ

पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना एकको मृत्यु, १३ घाइते

मलङ्गवा, पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी

फागुन ९ गते भैरहवामा ‘क्यालिबे्रशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

सिद्धार्थनगर, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ । आज दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।” हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र