बिहानको दुई घण्टा आफ्नो लागि
अहिले मानिसहरु कुनै न कुनै रुपले मानसिक समस्यामा छन् । उनीहरुसँग पूर्ख्यौली ज्यायजेथा भएर पनि, मनग्ये आम्दानी भएर पनि, मानप्रतिष्ठा भएर पनि सुख छैन । आनन्द छैन । हर्ष छैन । मानसिक रुपमा मात्र होइन, शारीरिक रुपमा पनि हामी अनेक रोगले घेरिएका छौं । कसैलाई मधुमेह छ, कसैलाई थाइराइड छ । कसैलाई बाथले सताएको छ, कसैलाई दमले गलाएको छ । कोही उच्च रक्तचापको औषधी खाइरहेका छन्, कोही पायल्सको उपचार खोजिरहेका