बैंक

कैलालीमा निषेधाज्ञा लम्ब्याइयो, बैकं,बिमा र सहकारी बिहान ११ बजे देखी दिउसो २ बजे सम्म खोल्न पाउने

धनगढी– कैलाली जिल्लामा विभिन्न सेवा सञ्चालन गर्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसमम निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्। बैक,बिमा र सहकारी हरुको हकमा भने बिहान ११ बजे देखी दिउसो २ बजेसम्म मात्र कार्यालय संचालन गर्नपाउने ब्यबस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेश अनुसार १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने उल्लेख छ भने

एटिएम प्रयोगमा कुनै पनि शुल्क नलिनू : नेराबैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो । यसअघि पनि राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको

कैलालीमा १० जना बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

धनगढी । कैलालीमा बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ दिनको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएको हो। सिविल बैंक र ग्लोवल आइएमई बैंकका चार र चार जना, कृषि विकास बैंक र सानिमा बैंकका एक र एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो। पहिलो पटक भदौ १ गते धनगढीमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो। बैंकमा कार्यरत २६ वर्षीय युवकमा संक्रमण देखिएको

बाँकेमा कोरोनाबाट ७० वर्षीयाको मृत्यु

काठमाडौँ । बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीयाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो

भूमि बैंक स्थापनाका लागि सरकारले थाल्यो परामर्श

काठमाडौँ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि बैंक स्थापनाका लागि परामर्श थालेको छ । सरकारले युवा जनशक्तिलाई उत्पादनमूलक कृषि कार्यमा सहभागी गराउने उद्देश्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै यस कार्यलाई समावेश गरिसकेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज यहाँ भूमि बैंक स्थापना गर्ने सम्बन्धमा विज्ञसँगको छलफलमा निजी सम्पत्ति पनि उपयोग गर्ने र सरकारी जग्गा पनि उपयोग गर्ने गरी कार्ययोजना

कहिले कहिले खुल्छन त कैलालीका बैंक तथा बित्तीय संस्था ।

कैलाली ।  सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको उपस्थितिमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसंग बसेको बैठकले कैलालीमा मङ्गल्बारदेखि बैंक तथा बित्तीय संस्था एक दिन बिराएर खुल्ने निर्णय भएको छ। कैलालीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण बढ्दै गएपछि एकदिन बिराएर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स क्लब धनगढीका अध्यक्ष धरम बिष्टले जानकारी दिए । उनले मङ्गल्बारदेखि नै लागू हुनेगरी कैलालीका बैंक तथा बित्तीय संस्था एक दिन बिराएर खुल्ने

राष्ट्रियस्तरका विकास बैंकको नाफा झण्डै २५ प्रतिशतले घट्यो

काठमाडौँ। गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा २६.६१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ३ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका राष्ट्रिय स्तरका विकास बैंकले गत आवमा कम २ अर्ब ७५ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेका हुन् । यो अघिल्लो आवको तुलनामा गत आवमा ९९ करोड ८९ लाख रुपैयाँ कम हो । नेपालमा हाल ८ वटा राष्ट्रियस्तरका विकास बैंक सञ्चालनमा छन् । राष्ट्रियस्तरका ३ वटा