आज पुन: घट्यो सुनको मूल्य [मूल्यसहित]
काठमाडौं । सुनको मूल्य बिहीबार पनि तोलामा १२ सय रुपैयाँले घटेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ थियो। मंगलबार पनि सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९७