हिमालयन रि इन्स्योरेन्सले ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने
काठमाडौ । निजी क्षेत्रबाट प्रवद्र्धित पहिलो पूनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले आउँदो वर्ष ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारण सभाले थप ३ अर्ब रुपैयाँ पूँजी जुटाउनको लागी सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेको हो । गत असार ३१ गतेबाट कारोबार शुरु गरेको हिमालयन रिको संस्थापकहरुले ७ अर्ब रुपैयाँ पूँजी लगानी गरिसकेका छन् ।अधिकृत पूँजी २१ अर्ब रुपैयाँ कायम गर्दै तत्काललाई