Uncategorized Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/uncategorized www.yugdarpan.com Sat, 04 Nov 2023 15:10:40 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png Uncategorized Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/uncategorized 32 32 178717794 विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि https://www.yugdarpan.com/archives/7899 https://www.yugdarpan.com/archives/7899#respond Sat, 04 Nov 2023 15:10:18 +0000 https://www.yugdarpan.com/?p=7899 काठमाडौं। इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्व सुरू भएयता बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । इजरायल सरकारले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको हो । विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन् । इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये

The post विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि appeared first on युग दर्पण.

]]>
काठमाडौं। इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्व सुरू भएयता बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।

इजरायल सरकारले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको हो । विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ ।

तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । बन्धक बनाएकामध्ये हालसम्म हमासले ५ जनालाई रिहा गरेको छ ।

हमासले गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले मुक्त गरेको हो । यस्तै, २९ अक्टोबरमा एक इजरायली सेना पनि मुक्त भएका छन् ।

The post विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7899/feed 0 7899
देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा https://www.yugdarpan.com/archives/5724 https://www.yugdarpan.com/archives/5724#respond Tue, 14 Sep 2021 12:53:15 +0000 http://www.yugdarpan.com/?p=5724 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले  एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् । देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।  विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

The post देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा appeared first on युग दर्पण.

]]>
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले  एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् । देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।  विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

The post देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5724/feed 0 5724
सुनको भाउ फेरि बढ्यो, जान्नुस आजको मूल्य https://www.yugdarpan.com/archives/5011 https://www.yugdarpan.com/archives/5011#respond Sun, 21 Mar 2021 10:45:51 +0000 http://www.yugdarpan.com/?p=5011 काठमाडौँ, साताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ कायम भएको छ। आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउमा पनि सामान्य वृद्घि भएको छ। शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १२८०

The post सुनको भाउ फेरि बढ्यो, जान्नुस आजको मूल्य appeared first on युग दर्पण.

]]>
काठमाडौँ, साताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ कायम भएको छ। आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउमा पनि सामान्य वृद्घि भएको छ।

शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको हो।

The post सुनको भाउ फेरि बढ्यो, जान्नुस आजको मूल्य appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5011/feed 0 5011
प्रदेश नं १ मा दुई लाखको पिसिआर परीक्षण https://www.yugdarpan.com/archives/3603 https://www.yugdarpan.com/archives/3603#respond Sat, 12 Dec 2020 14:01:37 +0000 http://www.yugdarpan.com/?p=3603 काठमाडौँ । प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रविन्द्र निरौलाले जानकारी दिए । परीक्षणमा २८ हजार ८१२ जनामा कोरोना सङ्क्रमण देखिएका छन् । पिसिआर परीक्षणमा बिपी कोइराला स्वास्थ्य

The post प्रदेश नं १ मा दुई लाखको पिसिआर परीक्षण appeared first on युग दर्पण.

]]>
काठमाडौँ । प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रविन्द्र निरौलाले जानकारी दिए ।

परीक्षणमा २८ हजार ८१२ जनामा कोरोना सङ्क्रमण देखिएका छन् ।

पिसिआर परीक्षणमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सबैभन्दा बढी ६३ हजार ९२६ जनाको परीक्षण गरेको छ भने प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले ४८ हजार ७४४, कोशी अस्पताल विराटनगरले ४१ हजार ९००, नोबेल शिक्षण अस्पतालले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पिसिआर प्रयोगशालाले छ हजार ९८३, बिराट शिक्षण अस्पताल बुढीगङ्गा मोरङले चार हजार १४६, न्यूरो अस्पतालले दुई हजार ८३२ र अन्य प्रयोगशालामा एक हजार ९५९ जनाको रहेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ५८ जना सङ्क्रमित थपिएका छन् । अवधिमा गरिएको ४६२ जनाको पिसिआर परीक्षण गर्दा झापा र सुनसरीका २०–२०, मोरङका १० मध्ये विराटनगरमा चार, इलामका चार, सङ्खुवासभा र प्रदेश १ बाहिरका दुई÷दुई जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

आज ४५ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २३ हजार ५८२ पुगेको छ ।

The post प्रदेश नं १ मा दुई लाखको पिसिआर परीक्षण appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3603/feed 0 3603
शिक्षकको हत्या गर्नेलाई कारबाही गर्न नेविसंघको माग https://www.yugdarpan.com/archives/3578 https://www.yugdarpan.com/archives/3578#respond Thu, 10 Dec 2020 12:52:24 +0000 http://www.yugdarpan.com/?p=3578 काठमाडौँ। मोरङको मिक्लाजुङ् गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकका हत्यारालाई कारबाही गर्न माग गरेको छ । प्राधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गत मंगलबार विभत्स हत्या गरेका थिए । यस घटनालाई राजनैतिक तथा अन्य आवरणमा ढाकछोप नगरी संलग्नलाई दण्डित गर्न नेविसंघले माग गरेको छ । अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रमै आक्रमण हुँदा यसले शैक्षिक वातावरणसमेत खलबलिएको भन्दै शिक्षक र विद्यार्थीको सुरक्षाका लागि

The post शिक्षकको हत्या गर्नेलाई कारबाही गर्न नेविसंघको माग appeared first on युग दर्पण.

]]>
काठमाडौँ। मोरङको मिक्लाजुङ् गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकका हत्यारालाई कारबाही गर्न माग गरेको छ ।

प्राधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गत मंगलबार विभत्स हत्या गरेका थिए ।

यस घटनालाई राजनैतिक तथा अन्य आवरणमा ढाकछोप नगरी संलग्नलाई दण्डित गर्न नेविसंघले माग गरेको छ ।

अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रमै आक्रमण हुँदा यसले शैक्षिक वातावरणसमेत खलबलिएको भन्दै शिक्षक र विद्यार्थीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

साथै, नेविसंघले विप्लव समूहले उठाएका जनताका मुद्दा वार्ता र संवादका माध्यमबाट सम्बोधन गरी समस्या समाधानका लागि तदारुकता देखाउन सरकारलाई आग्रह गरेको छ ।

 

The post शिक्षकको हत्या गर्नेलाई कारबाही गर्न नेविसंघको माग appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3578/feed 0 3578
खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन https://www.yugdarpan.com/archives/3265 https://www.yugdarpan.com/archives/3265#respond Sun, 25 Oct 2020 13:10:22 +0000 http://www.yugdarpan.com/?p=3265 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो । तर आइतबार मन्त्रालयको

The post खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन appeared first on युग दर्पण.

]]>
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।

सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।

यसको चौतर्फी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो । तर आइतबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम ९आईसीएस०का कोअर्डिनेटर डा। गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै कतिपय अस्पतालले कोभिड–१९ का विरामीलाई भर्ना गर्दा रकम मागेको, रकम जम्मा गर्न नसक्दा उपचारबाट बञ्चित गरेको गुनासो आएको बताएका छन् ।

गरिब, विपन्न, अशक्त, असहाय, जेष्ठ नागरिकको उपचार सरकारले निःशुल्क गर्ने र यसका लागि बिरामीका तर्फबाट स्वयं घोषणा गरे मान्य हुने भन्दै लोहनीले यस विपरीत काम गरे अस्पतालहरु स्वंयम जिम्मेवार हुने बताएका छन् ।

उनले सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्नु हुन यो विज्ञप्ति जारी गरिएको छ ।’

The post खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3265/feed 0 3265
गोरेटो बाटो बनेपछि घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो https://www.yugdarpan.com/archives/2908 https://www.yugdarpan.com/archives/2908#respond Fri, 09 Oct 2020 06:51:53 +0000 http://www.yugdarpan.com/?p=2908 काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२, घाँटीबगरमा रहेको अतिविकट ४५० मिटर मिटर क्षेत्रमा गोरेटो बनाएपछि नेपाली सेनाले सडक निर्माणका लागि सर्भे थालेको छ । घाँटीबगर–तिंकर सडकखण्डमा ८७ किलोमिटरमा सडक बनाउने जिम्मा १४ वैशाखमा सरकारले सेनालाई दिएको थियो । त्यसअनुरुप पहिले सर्वसाधारणको गोरेटो बनाएको सेनाले अब सडक निर्माणका लागि सर्भे थालेको हो ।सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार यस कार्यका लागि ४० जनाको सैनिक टोली दार्चुलास्थित गुल्ममा खटिएको छ । टोलीको नेतृत्व

The post गोरेटो बाटो बनेपछि घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो appeared first on युग दर्पण.

]]>
काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२, घाँटीबगरमा रहेको अतिविकट ४५० मिटर मिटर क्षेत्रमा गोरेटो बनाएपछि नेपाली सेनाले सडक निर्माणका लागि सर्भे थालेको छ ।

घाँटीबगर–तिंकर सडकखण्डमा ८७ किलोमिटरमा सडक बनाउने जिम्मा १४ वैशाखमा सरकारले सेनालाई दिएको थियो । त्यसअनुरुप पहिले सर्वसाधारणको गोरेटो बनाएको सेनाले अब सडक निर्माणका लागि सर्भे थालेको हो ।सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार यस कार्यका लागि ४० जनाको सैनिक टोली दार्चुलास्थित गुल्ममा खटिएको छ । टोलीको नेतृत्व सेनाको विकास निर्माण कार्यदल गणका प्रमुख सेनानी रमेश गुरुङले गरेका छन् ।

टोलीले सडक निर्माणका लागि अस्थायी क्याम्प खडा गर्नका लागि स्थानको पनि रेकी गर्नेछ भने प्रस्तावित रुटको सर्भेसमेत गर्ने पौडेलले अनलाइनखबरलाई बताए ।

उनका अनुसार प्रारम्भिक अध्ययनपछि यो वर्ष हुम्लिङ र माल भन्ने स्थानमा दुई वटा क्याम्प राख्ने तयारी गरिएको छ । यो वर्ष सर्भेका लागि ५ करोड ५० लाख रुपैयाँ सरकारले छुट्टयाएको छ । अर्को वर्ष छाङरुमा पनि क्याम्प राख्ने तयारी गरिएको छ ।

The post गोरेटो बाटो बनेपछि घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2908/feed 0 2908
नेपालमा काेराेनाबाट थप १ जनाकाे मृत्यु https://www.yugdarpan.com/archives/1204 https://www.yugdarpan.com/archives/1204#respond Wed, 26 Aug 2020 03:22:28 +0000 http://www.yugdarpan.com/?p=1204 नेपालगञ्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण

The post नेपालमा काेराेनाबाट थप १ जनाकाे मृत्यु appeared first on युग दर्पण.

]]>

नेपालगञ्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा हिजो सङ्क्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै गए राति १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोतव्यक्ति श्रेष्ठले बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निधनप्रति दुःख व्यक्त गर्दै मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवा, बैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिला र नेपालगञ्ज–५ निवासी ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

The post नेपालमा काेराेनाबाट थप १ जनाकाे मृत्यु appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/1204/feed 0 1204
अस्पतालबाट भागे दुई कोरोना संक्रमित https://www.yugdarpan.com/archives/1128 https://www.yugdarpan.com/archives/1128#respond Sun, 23 Aug 2020 09:17:38 +0000 http://www.yugdarpan.com/?p=1128 काठमाडौँ । वीरगञ्जमा दुई जना कोरोना संक्रमित वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट भागेका छन्। राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए। डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ। उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए।

The post अस्पतालबाट भागे दुई कोरोना संक्रमित appeared first on युग दर्पण.

]]>
काठमाडौँ । वीरगञ्जमा दुई जना कोरोना संक्रमित वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट भागेका छन्।

राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए। डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ। उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए।

The post अस्पतालबाट भागे दुई कोरोना संक्रमित appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/1128/feed 0 1128