समाचार

सुनकोसी नदीको दोभानमा लुगा–जुत्ता छोडेर पुरुष र महिला बेपत्ता

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुबैले कालो जेन्ट्स

कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ, वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । “विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ”, उहाँले भन्नुभयो, “अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध

स्रोत नखुलेको रु ५० लाखसहित पाँचजना पक्राउ

जलेश्वर, विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको रु ४६ लाख चार हजार २०० र रु १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब रु तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले गत माघ ३ गतेका

आइतबार देशभरका अदालतमा शोक बिदा

काठमाडौँ, सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको उल्लेख छ । पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो । सरकारी सेवामा २०१५ सालमा प्रवेश गर्नुभएका शर्मा

वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र

कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित

सुदूरपश्चिम, कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ । अत्यावश्यक सेवा लिन आउनेले पनि तोकिएका स्वास्थ्य सुरक्षालगायत मादण्ड पूर्ण पालना गर्नुपर्नेसमेत सूचनामा जनाइएको छ । दिपायलस्थित

फरार अभियुक्त पक्राउ

काठमाडौँ, अदालतबाट रु १२ लाख जरिवाना ठहर भएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १२ लाख जरिवाना गरेपछि फरार रहेका दोलखा भीमेश्वर नगरपालिका–३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय जीतेन्द्रबहादुर रिजाललाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७६ पुस ७ गतेको

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

टोकियो, जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो । कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो विवरण अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन

शिक्षामन्त्री र डा केसीबीच छलफल

काठमाडौँ, चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गर्नुभएको छ । मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उहाँका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बस्नुभएका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिनुभएको थियो । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा सरकारका कामकारबाहीबारे समेत जानकारी गराउनुहुने बताइएको छ । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका रुपमा