समाचार

४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौँ, उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु ४० लाख जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौँ बस्ने ४४ वर्षीय श्रेष्ठलाई आज पक्राउ गरेको

राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा

काठमाडौँ, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत अरु सबै तयारी पूरा भइसकेको छ, बाँकी ती केही काम पनि

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

लण्डन, लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैंक कार्ड (भिजा डेबिट–क्रेडिट, मास्टर कार्ड डेबिट–क्रेडिट, सबै मेस्ट्रो कार्ड)मार्फत लिइने सूचनामा उल्लेख गरिएको छ । दूतावासले यसअघि पासपोर्ट, भिसालगायत कामका लागि लिने सेवाशुल्क नगद कारोबार मात्रै

ओमिक्रोनबाट बचाउन खोपको सहज उपलब्धता गराउन आग्रह

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गर्नुभएको छ । कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा आज सरोकारवालासँगको छललफलमा उहाँले खोप कार्डबिना सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा असर परेको हुँदा सहज खोप उपलब्ध गराउन आग्रह गर्नुभएको हो । अध्यक्ष मगरले सिटामोललगायतका औषधिको अभाव, सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्नसक्ने अवस्था र

सुदूरपश्चिम : थप ५५० जनामा सङ्क्रमण

धनगढी, सुदूरपश्चिम प्रदेशमा आज थप ५५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ५४७ जनाको नमूना परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पिसीआरमार्फत २२४ र एन्टिजेनमार्फत ३२६ जनामा पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, बैतडी अस्पतालमा ३६, डडेल्धुरा अस्पातालमा २०, कमलबजार अस्पतालमा ११ र एन्टिजेनमार्फत कञ्चनपुरका २०६, कैलालीका ५८, बाजुरामा २, दार्चुलाका

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

भक्तपुर, भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभयो । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य

पेन्सन पाउँदा कृषकमा छायो खुसीयाली

राँझा, व्यावसायिक भैँसीपालन गर्दै आउनुभएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग हुनुभएको छ । “गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आउनुभएका उहाँले भन्नुभयो,“अव कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।” बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत

निगमले आइओसीलाई पठायो १३ अर्ब

काठमाडौँ, सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको छ । सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये रु एक अर्ब

‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’

लुम्बिनी, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोभिड संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् । उनले कोभिडको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन् । उनले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्री, स्वास्थ्य सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका

प्रहरीद्वारा रु १९ करोड बढी राजस्व सङ्कलन

झापा, आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड २५ लाख ९० हजार ४५२ राजस्व सङ्कलन भएको छ । यसैगरी अवैधरुपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस