समाचार

तिंकर र छाङरुको मतपेटिका हेलिकप्टर मार्फत सुन्सेरा ल्याइयो

दार्चुला :  ब्याँस गाउँपालिका–१ तिंकर र छाङरु मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत गाउँपालिकाको केन्द्र सुन्सेरा ल्याइएको छ । आज विहान सुर्खेतबाट आएको सेनाको हेलिकप्टरले ति केन्द्रका मतपेटिका सुन्सेरा ल्याएको ब्याँस गाउँपालिकाका निर्वाचन अधिकृत कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो । नेपालको भुमि भएर तिंकर र छाङरु सम्म जाने बाटो नभएका कारण नेपाली सेनाको हेलिकप्टरले मतपेटिका ढुवानी गरेको उहाले बताउनुभयो । (हिजो) वैशाख ३० गते बेलकी ५ बजे मतदान सम्पन्न गरेर तिंकर

अपी हिमाल—१ मा गठबन्धनको प्यानल विजयी

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्याल विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएको बताइएको छ । लोथ्याल १८३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए । लोथ्याल कांग्रेसकातर्फबाट गठबन्धनका उम्मेदवार हुन् । सदस्यमा खडक सिंह जागरी, विन्दा जागरी, विक्रम सिंह जागरी विजयी भएको बताइएको छ ।

तीन जीवन बीमा कम्पनीले मर्जरमा जाने सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरका लागि सम्झौता छ । आज एक कार्यक्रबीच उक्त समझदारी भएको हो । आपसमा मर्जरमा जाने उक्त समझदारी पत्रमा प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्याल, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवालले हस्ताक्षर गरेका हुन । हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख, गुराँस

काठमाडौंबाट धनगढी का लागि  उडेकाे जहाजको इन्जिन फेल, काठमाडौंमा आपतकालिन अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा होल्ड भएका छन् ।

एमालेबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

  ओखलढुंगा – नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका मिलनकुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो । विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए। लिखु गाउँपालिका-९ -साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै

अभिनेता भुवन केसी र र श्वेता खड्का कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

काठमाडौं । अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् । ९ वर्षअघि अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । काठमाडौं १ बाट संसदको टिकटको लागि सिफारिस भएपनि विरोधका कारण टिकट भने पाएनन् ।          nepalpress.com बाट साभार

सूर्या लाइफ इन्स्योरेन्स “थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१” बाट तीनवटा बिधामा सम्मानित

काठमाडौं । ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा बिधा “बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी”, “बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि” र “आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रि अफ नेपाल” आवार्ड हासिल गर्न सफल भएकोछ । विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC , Indian Institute of Insurance लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र

भाेलि बिदा दिने सरकारकाे निर्णय

काठमाडाैँ । सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको छ । सरकारले इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फिच)को अवसरमा सार्वजनिक विदा दिएको हो । गृह मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी मंगलबार सार्वजनिक विदा दिने जनाएको हो । २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

जनताले परिवर्तन चाहेका छन्, हाम्रो जित सुनिश्चित छ : नेता धामी

दार्चुला । शैल्यशिखर नगरपालिका वडा नं. ६ बाट नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार कल्यानसिंह धामीले जनता परिवर्तनकाे पक्षमा भएकाे बताएका छन् । चुनाव प्रचारकाे सिलसिलामा वडाकाे मिलमिली क्षेत्रमा रहेका धामीले जनता भ्रष्टाचार र कुशासनबाट दिक्क भइसकेकाले आसन्न चुनावमा परिवर्तन देख्न पाइने बताएका हुन् । धामीले शैल्यशिखरमा नेकपा एमालेकाे स्थिति मजबूत भएकाे बताउँदै विपक्षमा भएर पनि आफूहरूले जनताकाे सेवा गरेकाले जित सुनिश्चित भएकाे उल्लेख गरे । उनले भने, ‘जनताले परिवर्तन चाहेका छन्,

कैलालीको लम्कीचुहामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार

धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवारलाई अघि सारेको छ। गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको’ प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिँह उम्मेदवार रहेका छन्। दलहरुले प्रमुख र उपप्रमुखमा दावी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन्। निर्वाचन