समाचार

१२८ सांसदका लागि ५ सय बढी उम्मेदवार, प्रदेश सभामा ८८३

१६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाका १५८ सिटमा आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि विहीबार ५२२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी २५६ जना प्रदेशसभा सदस्यका लागि ८८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार विहीबार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाको उम्मेदवारी परेको हो । कतिपय जिल्लामा उम्मेदवारी दर्ताको क्रम साँझसम्म जारी रहेकाले यो संख्या अझै केही बढ्न सक्ने आयोगले जनाएको छ ।

एएफसी यू-१९ छनोट फुटबलमा नेपाल किर्गिस्तानसँग पराजित

१४ कात्तिक, काठमाडौं । एएफसी यू-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले घरेलु टोली किर्गिस्तानसँग दुई शून्य गोलको पराजय ब्यहोरेको छ । किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोक रंगशालामा नेपालले खेल सुरु भएको २१औं मिनेटमै गोल खाएको थियो । नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै घरेलु टोलीका स्ट्राइकर बोरुबाइभ गुल्झिगितले गोल गरे । त्यसयता नेपालले गोल गर्न सकेन । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि नेपालले खेलको अन्तिम मिनेटमा दोस्रो गोल खायो ।

बागदरबार भत्काएर यस्तो बनाइँदैछ महानगरको नयाँ भवन

१४ कात्तिक, काठमाडौं । काठमाडौं माहनगरपालिको पुरतात्विक र एतिहासिक बागदरबार भत्काएर बनाउने नयाँ भवनको प्रस्तावित डिजाइन सार्वजनिक गरेको छ । बागदरबार भत्काउने/नभत्काउनेबारे विवाद भइरहेकै समयमा काठमाडौं महानगरपालिकाले नयाँ भवनको डिजाइन सार्वजनिक गरेको हो । यसमा अहिले भत्काउन लागिएको बागदरबारको बाहिरी डिजाइनलाई पनि समावेश गरिएको छ । भवनको बाहिरी मोहडा तीन वटा मौलिकता झल्कने गरि डिजाइन गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए । तर, भित्री डिजाइनहरु भने आ-आफ्नै मौलिकता झल्कने प्रकारको हुने