समाचार

यूनियन लाइफको ‘जीवन दीप’ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दीप’ बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना बुधवार ९आज० सार्वजनिक गरेको छ । कोरोना महामारीकै बीचमा कम्पनीले म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको हो । ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कम्पनीले न्युन बीमा शुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नविनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन सकिने योजना ल्याएको कम्पनीले जनाएको छ । उक्त बीमा

धनगढीमा थुनामा युवकको मृत्यु प्रकरण: एसपी नेतृत्वको समितिले छानबिन गर्ने

धनगढी ।धनगढी प्रहरी हिरासतमा मृत्यु भएका युवकको हत्या गरिएको भन्दै आफन्तले चर्को विरोध गरेपछि घटनाको छानविन गर्न समिति गठन गरिएको छ । घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । घटना छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार समितिमा २ जना प्रहरी निरीक्षकहरू

राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशीका, बैंकवित्तले कर्जा अवधिभर व्याज बढाउन नपाउने

काठमाडौँ । व्याजदर परिवर्तन गर्ने, व्याज बढाउने, तरलताको आधारमा व्याजदर निर्धारण गर्ने बैंकवित्तलाई नेपाल राष्ट्र बैंकको नयाँ निर्देशीकाले यस्तो कार्यमा रोक लगाएको छ । केही समयअवधिका लागि व्याज सस्तो गर्ने र त्यसपछि बढाउने कार्यलाई निरुत्साहित गर्दै राष्ट्र बैंकले मंगलबार नयाँ निर्देशीका जारी गरेको हो । व्यक्तिगत कर्जामा अब निर्धारीत कर्जा अवधिभर बैंकवित्तले व्याज परिवर्तन गर्न पाउने छैनन् । जस अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी

घरमै बसेर जितिया मनाउँदै थारु महिला

भरतपुर । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाएका

घट्टेखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तरगत पर्ने घट्टे खोलामा पक्की मोटर चल्ने पुल निर्माण भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ । चालीस मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो ९जेभी० जोइन्टभेञ्चरबीच २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो

चट्याङ लागेर मृत्यु

बलेवा । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताउनुभयो । चट्याङके उनको घरमा

सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उक्त सहकारीको सात वर्षसम्म प्रबन्धक पदमा कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण

१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की । प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । चुडकबहादुर घिमिरेको जाहेरीमा ज्यान मुद्दामा चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौँडाको विसं २०५९ फागुन १२

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

भरतपुर । नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो । आज बिहान परेको मुसलधारे पानीले सो सडकखण्डअन्तर्गत अन्य क्षेत्रमा पनि लेदो झरेको र त्यो सफा गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य

कास्कीमा कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा । पोखरमा (कोभिड १९)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड १९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो । पोखरा १० की ७३ वर्षीया महिलाको मृत्यु भएको निर्देशक ड. अर्जुन आचार्यले बताउनु भयको छ । स्वास्थ्य समस्या देखिएपछि उनको पोखराकै मेडिप्लस अस्पतालमा उपचार भइरहेको थियो । कोरोना संक्रमणको आशंकामा उनको स्वाब लिइएको र रिपोर्ट पोजेटिभ आएपछि सोमबारै उनलाई प्रतिष्ठानको कोभिड उपचार