समाचार

पत्रकार कुट्नेलाई पक्राउ गर्न महासङ्घद्वारा प्रशासनलाई अल्टिमेटम

नगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ । पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताउनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई आजसम्म पक्राउ गर्ने आश्वासन दिनुभएको छ । “हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ”, उहाँले भन्नुभयो “आइतबारसम्म

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु

काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताउनुभयो । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन

व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिँदै कृषक

खाँदबारी । लकडाउनको अवधि बढेसँगै सङ्खुवासभामा कृषकले आफ्नो आम्दानी बढाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भए पनि गाउँमा भने कोरोना सङ्क्रमणले कृषकलाई आफ्नो पेशामा समय दिन साथ दिएको सभापोखरी गाउँपालिका–२ का कृषक मानध्वज राईले बताउनुभयो । स्कूल क्याम्पस सबै बिदा छ । छोराछोरी सबै गाउँमै हुँदा खेतीपातीमा धेरै सहजता आएको भन्दै अहिले आफूसहित सपरिवार खेतबारीमै व्यस्त हुने गरेको जानकारी राईले दिनुभयो । आँप,

काठमाडौँ उपत्यकामा मात्रै ५ हजार कोरोना संक्रमित

काठमाडौँ महानगरपालिकामा कोरोना संक्रमितको संख्या चार हजार ८८६ पुगेको छ। हाल संक्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ। कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन्। यस्तै, एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा छन्। उनका अनुसार हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५२९ जनाको कन्ट्याक्ट

अनलाइन कक्षा : विद्यार्थीलाई इन्टरनेटकै पीडा

नवलपुर । ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन् । सुगम जिल्लाका रुपमा लिइने नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ । जिल्लाको मध्यविन्दु–३, ब्रह्मस्थान घर भएर चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी अजिता पोखरेलले आफूहरु अनलाइन शिक्षा लिन सक्ने अवस्थामा नभएको बताउनुभयो । “कोरोना सङ्क्रमणको जोखिम भएको भन्दै सरकारले लकडाउन

पहिलो पटक धानको हाइब्रिड बीउ उत्पादन

बाँके । जिल्लाको खजुरा गाउँपालिकामा पहिलो पटक हाइब्रिड धानको बीउ उत्पादन शुरु गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं ५ खजुराका अनुसार हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन शुरु यो वर्ष भएको छ । यो परीक्षण उत्पादन सफल भए यसअघि भारतलगायत विभिन्न मुलुकबाट हुँदै आएको आयात अन्त्य हुनेछ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०अन्तर्गत राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले केही समय अगाडि

कुलमान घिसिङ दोहोरिने निश्चित, प्रस्ताव तयार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । स्रोतका अनुसार कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको छलफलपछि उनी

दिउँसो सुत्ने बानी छ ? सताउला यस्ता रोगले

एजेन्सी। शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन्। तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ। तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ। दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ

दिनेश सञ्चार गृहमा आक्रमण गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता

धनगढी। दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर( ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध जाहेरी दर्ता भएको हो। सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता भएको हो। कार्यालयमै पुगेर कुटपिट भएको २० घण्टा पुगेपनि प्रहरीले भने कसैलाई

कृषिजन्य सामग्री गाउँपालिकाले खरिद गरिदिने

गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो । महिला समूहले बनाएका मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको