समाचार

पत्रकार कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले घटनामा संलग्नलाई कारवाही हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “दिनेश सञ्चार गृहमा भएको आक्रमणका विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी लिएको छु, घटनामा संलग्नलाई कारबाही गर्न भनेको छु ।” महासङ्घका शाखा अध्यक्ष जगत साउदले ध्यानाकर्षण पत्र बुझाउँदै आक्रमण भएको चार दिन

दीर्घरोगका बिरामीको निःशुल्क पिसीआर परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामिको आजदेखि कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ । नेपाल सरकारबाट तोकिएका क्यान्सर, मृगौलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीको निःशुल्क पिसीआर परीक्षण गर्ने निर्णय गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले यस खालको सुविधा उपमहानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीलाई प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख सुवेदीले बताउनुभयो । यो

चुनावलाई केन्द्रमा राखेर काम थाल्नुस्ः थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिनुभएको छ । काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियाका निमित्त थापाले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाएको अनौपचारिक बैठकमा अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिनुभएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्न

उपत्यकामा १२ हजार सङ्क्रमित

काठमाडौँ । काठमाडौ उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन्

सवारी साधनमा देवनागरी लिपिका लागि प्रक्रिया शुरु

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सवारी साधनमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया शुरु भएको जनाउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट आज ध्यानाकर्षपत्र बुझ्दै मन्त्री नेम्वाङ्ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोबारे निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइसकेको बताउनुभएको हो । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि

नदीमा बेपत्तामध्ये एकको शव फेला

बर्दिया । बबई नदीमा एक जनाको शव आज फेला परेको छ । आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयोे । माछा मार्न गएका बेला बबई नदीमा डुवेर उनी बेपत्ता भएका थिए । यही भदौ २७ गते बबईमा नुहाउने क्रममा बेपत्ता भएका गुलरिया नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय शनि थारुको अवस्था भने अझै

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल चयन

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल चयन भएका छन् । अग्रवाल आगामी चार वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन भएको कम्पनीले जनाएको छ । उनी कम्पनीको भदौ २६ गतेको १८औं वार्षिक साधारणबाट सञ्चालकमा निर्वाचित भएका थिए । सञ्चालकमा निर्वाचित भएका अग्रवाललाई कम्पनीको २०८औं सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । विशाल अग्रवालसहित संस्थापक समूह अन्तर्गत अमित अग्रवाल र अर्पित अग्रवाल पनि सञ्चालकमा निर्वाचित भएको कम्पनीले जनाएको

कोरोना बीमा पोलिसी स्वास्थ्य बीमामा परिणत

काठमाडौं । बीमा समितिले कोरोना बीमा पोलिसीलाई स्वास्थ्य बीमा जस्तै बिलका आधारमा दावी भुक्तानी गर्ने गरी संशोधन गरेको छ । आजदेखि जारी हुने सबै कोरोना बीमाको दावी भुक्तानी अस्पतालमा उपचार गरेमा अधिकतम ७५ प्रतिशतसम्म स्वास्थ्य उपचार खर्च र घरैमा आईसोलेशनमा बसेमा २५ प्रतिशत पौष्टिक आहार खर्च दिने गरी संशोधन गरिएको हो । बीमा समितिले २०७७ साल बैशाख ५ गते जारी गरेको कोरोना बीमा पोलिसी संशोधन गर्दै पिसिआर पोजेटि पुष्टि भएको

कुलमानलाई पुनस्नियुक्ति गर्न माग गर्दै जुलुस

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिँएको छ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल सकिएको हो । कार्यकाल सकिए पनि जनस्तरबाट भने पुनः घिसिङलाई नै निरन्तरता दिन दबाब आइरहेको छ । यसै क्रममा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै डडेल्धुरामा राँके जुलुस प्रर्दशन गरिएको छ। नेपाल विद्यार्थी संघ, डडेल्धुराले ‘उज्यालो नेपाल’ बनाउन घिसिङ सफल भएकाले पुनः

क्याप्टेन विजय लामालाई देखियो कोरोना

काठमाडाैँ । क्याप्टेन विजय लामालाई देखियो कोरोनाकाठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएका लामा अहिले सोल्टी होटलको आइसोलेसनमा छन् । आइतबार स्वाब दिएका लामालाई स्टार अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए। उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ।