शिक्षा

जान्नुहोस बिहिबार जन्मिएका मानिसको भाग्य कस्तो हुन्छ

काठमाडौ । बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । तपाई सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ । स्वतन्त्रता तपाईलाई

यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको

डाक्टर गोबिन्द केसी: यमनका विकट गाउँमाके गर्दै छन?

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्। यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ। विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको डाक्टर केसीले बताएका छन्। आफूले दुई वर्षदेखि यमन जाने योजना बनाइरहेको उनले उल्लेख गरेका छन्। ‘यहाँ इतिहासको सबैभन्दा नराम्रो संकट देखा परेको

आइसोलेसनमा बस्ने ठाउँ नभएपछि रुखको टुप्पोलाई कोभिड वार्ड

काठमाडौँ, भारतको तेलांगना प्रान्तको नालागोन्डा जिल्लामा होम आइसोलसनमा बस्ने ठाउँ अभाव भएपछि नयाँ बहस सिर्जना भएको छ। त्यहाँको सयौं परिवार एउटै कोठामा आइसोलेसन बस्न बाध्य छन्। चार भित्ता रहेको एउटै कोठमा भान्छा र कतै शौचालयसमेत हुन्छन्। यस्तो बाध्यताबीच कोरोना संक्रमित बिरामीले आफूलाई छुट्टै बस्न ठाउँ नै पाइरहेका छैनन्। यही समस्याबीच नालागोन्डाका कोरोना संक्रमित एक विद्यार्थीले भने गज्जबको ‘आइडिया’ फुराएका छन्। होम आइसोलेसनमा बस्ने ठाउँ अभाव भएपछि १८ वर्षीय शिव नामका

SEE र कक्षा १२ काे परीक्षा स्थगित

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको

कोरोना महामारीमा नेपाली सेयर बजारको नयाँ रेकर्ड

काठमाडौं । सेयर बजारमा २०७७ सालको अन्तिम कारोबार भएको दिन मंगलबार बजार परिसूचक नेप्से २३ दशमलव २३ अंकले बढेर २७१४ दशमलव ७९ अंकमा पुगेको छ । यो, हालसम्मै उच्च विन्दु हो । अर्थात नेपाली सेयर बजारले एउटा इतिहास रचेर २०७७ साललाई बिदा गरेको छ । नेप्से परिसूचकमात्रै होइन यो वर्ष दैनिक हुने सेयर कारोबार रकम, बजार पुँजीकरणलगायत धेरै कुरामा नयाँ रेकर्ड बनेको छ । मंगलबारसम्म सेयर लगानीकर्ताको पुँजी ३७ खर्ब

अभिकर्ताको लाइसेन्स अब सफ्टवेयरबाटै, नविकरण शुल्क भुक्तानीका लागि एसएमएस सेवा

काठमाडौं । अभिकर्ताको नयाँ लाइसेन्स लिन तथा नविकरणका लागि बीमा समितिमा धाउनु नपर्ने भएको छ । बीमा समितिले अभिकर्ताको नयाँ लाइसेन्स तथा नविकरणको लागि अनलाइन माध्यमको विकास गरेको छ । समितिले एक दुई दिन भित्रै उक्त सफ्टवेयर लन्च गर्ने तयारी गरेको हो । सम्पुर्ण बीमा कम्पनीहरुले अभिकर्ताको लाइसेन्सका लागि बीमा समितिमा जानुपर्ने अवस्था रहेको छ । अभिकर्ताको लाइसेन्सका लागि कम्पनीहरुले समितिमै पुगेर पुर्ण विवरण पेश गर्ने र समितिबाट स्वीकृति प्राप्त

लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश का पदाधिकारीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन्। प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराएकी हुन्। समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता, प्रदेशका मुख्य न्यायाधिवक्ता,

सेनाको कारबाहीमा २१ तालिबान लडाकू मारिए

काबुल, अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान लडाकू मारिनुको साथै अन्य १३ जना घाइते भएका छन् । तालिबान लडाकू लुकेर बुसेको इलाकालाई लक्ष्यगरी गरिएको यस सैनिक कारबाहीलाई सघाउन अफगान हवाईबलले पनि मद्दत गरेकोे सेनाले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिका अनुसार कान्दाहारको आर्घान्दाब र झारी जिल्लालाई लक्ष्यगरी सो कारबाही भएको थियो । कारबाहीको क्रममा सेनाले विद्रोही तालिबानले योजना गरेको बारुदी सुरुङ र विस्फोट

'काठमाडौँमा बसेर जुम्लाको विकट गाउँमा पनि पुस्तक पुर्याउनुपर्छ भन्ने नभुलौँ’

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीहरूमाझ उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन्। समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आइरहँदा मंगलबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका हुन्। मन्त्री श्रेष्ठले केन्द्रले विद्यार्थीहरूमाझ समयमै पुस्तक पुर्याउन निर्देशन गर्दै आगामी दिनहरूमा आफूले उस्तै गुनासोहरू सुन्न नचाहेको बताएका छन्। कुनैपनि हालतमा विद्यार्थीलाई पुस्तक अभाव हुन नदिने गरी पाठ्यपुस्तक प्रकाशन गर्न उनले निर्देशन