शिक्षा Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/शिक्षा www.yugdarpan.com Tue, 27 Dec 2022 00:55:12 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png शिक्षा Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/शिक्षा 32 32 178717794 दीक्षान्तद्वारा महादेवस्थान माविलाई १ लाख ३० हजार बराबरका पुस्तक तथा स्टेशनरी उपहार https://www.yugdarpan.com/archives/7681 https://www.yugdarpan.com/archives/7681#respond Mon, 26 Dec 2022 16:11:10 +0000 http://www.yugdarpan.com/?p=7681 काठमाडौँ– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा रहेको दीक्षान्त पुस्तक भण्डारले धादिङ धुनिवेशी-५ मा अवस्थित महादेवस्थान माध्यमिक विद्यालयलाई १ लाख ३० हजार मूल्य बराबरका पाठ्यपुस्तक तथा स्टेसनरी उपहार दिएको छ। विद्यालयको ३४ औँ वार्षिकोत्सवका अवसरमा दीक्षान्तले उक्त उपहार सामग्री हस्तान्तरण गरेको हो। उपहार विद्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रमका बीच दीक्षान्तका प्रमुख महेश शर्माले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। उपहार सामग्रीहरूमा पाठ्यपुस्तक, विविध शैक्षिक सामग्री, खेलकूदका सामग्री लगायत रहेको दीक्षान्तकी सञ्चालक नम्रता अर्याल शर्माले जानकारी

The post दीक्षान्तद्वारा महादेवस्थान माविलाई १ लाख ३० हजार बराबरका पुस्तक तथा स्टेशनरी उपहार appeared first on युग दर्पण.

]]>
काठमाडौँ– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा रहेको दीक्षान्त पुस्तक भण्डारले धादिङ धुनिवेशी-५ मा अवस्थित महादेवस्थान माध्यमिक विद्यालयलाई १ लाख ३० हजार मूल्य बराबरका पाठ्यपुस्तक तथा स्टेसनरी उपहार दिएको छ।

विद्यालयको ३४ औँ वार्षिकोत्सवका अवसरमा दीक्षान्तले उक्त उपहार सामग्री हस्तान्तरण गरेको हो। उपहार विद्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रमका बीच दीक्षान्तका प्रमुख महेश शर्माले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

उपहार सामग्रीहरूमा पाठ्यपुस्तक, विविध शैक्षिक सामग्री, खेलकूदका सामग्री लगायत रहेको दीक्षान्तकी सञ्चालक नम्रता अर्याल शर्माले जानकारी दिइन्। दीक्षान्त पुस्तकले विभिन्न अवसरमा विभिन्न विद्यालय तथा पुस्तकालयहरूलाई पुस्तक तथा स्टेशनरीका सामग्री हस्तान्तण गर्दै आएको छ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकुमार ढकालको अध्यक्षतामा भएको थियो। कार्यक्रममा बागमती प्रदेशसभा सांसद मदन कुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने प्रमुख अतिथिमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य रहेका थिए।

त्यस्तै कार्यक्रममा वरिष्ठ साहित्यकार डा नवराज लम्साल, दीक्षान्त पुस्तक भण्डारका प्रमुख महेश शर्मा, नम्रता अर्याल शर्मा, धुनिवेशी नगरपालिका शिक्षा शाखा प्रमुख विकास खत्री लगायतको उपस्थिति रहेको थियो।

२०४६ सालमा स्थापना भएको विद्यालय धुनिवेशी नगरपालिका वडा नं. ५ मा अवस्थित छ।

The post दीक्षान्तद्वारा महादेवस्थान माविलाई १ लाख ३० हजार बराबरका पुस्तक तथा स्टेशनरी उपहार appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7681/feed 0 7681
सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि बीमा प्राधिकरणले दियाे अन्तिम स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने https://www.yugdarpan.com/archives/7640 https://www.yugdarpan.com/archives/7640#respond Thu, 15 Dec 2022 10:37:02 +0000 http://www.yugdarpan.com/?p=7640 काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर पछि आगामी पुस ७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । एकिकृत कारोबारका लागि आवस्यक आन्तरिक तयारी भइरहेको छ । पुस सात गते बिहीबारदेखि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा कारोबार हुनेछ । दुबै कम्पनीले कार्तिक २८ गते मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोद गरेका थिए । शेयरधनीहरुले मर्जरको प्रस्ताव अनुमोदन

The post सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि बीमा प्राधिकरणले दियाे अन्तिम स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने appeared first on युग दर्पण.

]]>
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर पछि आगामी पुस ७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । एकिकृत कारोबारका लागि आवस्यक आन्तरिक तयारी भइरहेको छ ।

पुस सात गते बिहीबारदेखि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा कारोबार हुनेछ । दुबै कम्पनीले कार्तिक २८ गते मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोद गरेका थिए । शेयरधनीहरुले मर्जरको प्रस्ताव अनुमोदन गरे सँगै नेपाल बीमा प्राधिकरणले पनि दुबैलाई अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

नेपालको इतिहासमा यो पहिलो सफल मर्जर हो । विभिन्न कम्पनीहरुले यस भन्दा अगाडी मर्जरको संझौता गरेता पनि सफल हुन सकेको थिएन । यस पछि अन्य कम्पनीहरु पनि मर्जरको प्रकृयाँमा लागिरहेका छन् । निर्जीवन तर्फ भने दुई वटा सफल मर्जर भइसकेको छ । तर जीवन तर्फ एउटा पनि मर्जर सफल हुन सकेको थिएन । निर्जीवन बीमा कम्पनीहरु विचमा मर्जर गर्न जति सजिलो छ जीवन तर्फ धेरै गाह्रो पर्ने विश्लेषण हुँदै आएको थियो । तर ज्योति र सूर्याले मर्जर हुन सक्छ भनेर पहिलो उदाहरण बनाउन सफल भएको छन् ।

सूर्या र ज्योति विचमा एक बराबर ०.८२.४५ को अनुपातमा मर्जर भएको हो । मर्जर पछि सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने छन् ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । त्यस्तै ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ छ । स्वाप रेसियोका आधारमा ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ९९ करोड ५२ लाख ९० हजार कायम हुनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड पुग्नेछ । दुबैले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिएको हुँदा गत आर्थिक वर्ष २०७८/७९ सम्म कायम जगेडा कोषबाट लाभांश दिने वित्तीकै सजिलै ५ अर्ब पुर्याउन सक्नेछ ।

The post सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि बीमा प्राधिकरणले दियाे अन्तिम स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7640/feed 0 7640
विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९ दिपा दाहाललाई प्रदान गर्ने निर्णय https://www.yugdarpan.com/archives/7621 https://www.yugdarpan.com/archives/7621#respond Tue, 29 Nov 2022 23:20:08 +0000 http://www.yugdarpan.com/?p=7621 काठमाडौं ,यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको

The post विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९ दिपा दाहाललाई प्रदान गर्ने निर्णय appeared first on युग दर्पण.

]]>
काठमाडौं ,यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् ।

पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत छन् । आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी उनी विभिन्न पुरस्कारबाट पुरस्कृत छन् ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री र नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमका प्रधान सम्पादक सन्तोष आचार्य सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार दाहाललाई यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरेकी हुन् । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । न्युजकारोबार डटकमको छैटौं वार्षिकोत्सवको अवसरमा यही मंसिर २४ गते पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।

विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी, दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम र गत वर्ष केशव पौडेल पुरस्कृत भएका थिए ।

The post विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९ दिपा दाहाललाई प्रदान गर्ने निर्णय appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7621/feed 0 7621
एमालेको ‘किल्ला’ मुस्ताङमा कांग्रेसले गर्‍याे क्लिन स्वीप, ४० वर्षमुनिका ३ उम्मेदवार विजयी https://www.yugdarpan.com/archives/7590 https://www.yugdarpan.com/archives/7590#respond Mon, 21 Nov 2022 12:55:58 +0000 http://www.yugdarpan.com/?p=7590 पोखरा । नेकपा एमालेले गण्डकीमा सबैभन्दा सुरक्षित जिल्ला ठानेको हो मुस्ताङलाई । प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिट जित्ने आकलन एमालेको मात्रै होइन, स्वयं कांग्रेसले पनि एमालेलाई नै सुम्पिएको हो । त्यसैले कांग्रेसको उम्मेदवार छनोटमा खासै धेरै तनाव थिएन । कांग्रेसले तीनै जना ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार पठायो । एमालेका उम्मेदवार तीनै जना सांसदबाट निवर्तमान भएका थिए ।हेविवेट उम्मेदवारसँग चुनाव लड्न कांग्रेसलाई निकै कठिन ठानिएको थियो, त्यो

The post एमालेको ‘किल्ला’ मुस्ताङमा कांग्रेसले गर्‍याे क्लिन स्वीप, ४० वर्षमुनिका ३ उम्मेदवार विजयी appeared first on युग दर्पण.

]]>
पोखरा । नेकपा एमालेले गण्डकीमा सबैभन्दा सुरक्षित जिल्ला ठानेको हो मुस्ताङलाई । प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिट जित्ने आकलन एमालेको मात्रै होइन, स्वयं कांग्रेसले पनि एमालेलाई नै सुम्पिएको हो । त्यसैले कांग्रेसको उम्मेदवार छनोटमा खासै धेरै तनाव थिएन । कांग्रेसले तीनै जना ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार पठायो । एमालेका उम्मेदवार तीनै जना सांसदबाट निवर्तमान भएका थिए ।हेविवेट उम्मेदवारसँग चुनाव लड्न कांग्रेसलाई निकै कठिन ठानिएको थियो, त्यो पनि कमजोर जिल्लामा । कांग्रेसले प्रतिनिधि सभामा २९ वर्षका योगेश गौचन थकालीलाई उठायो । उनले एमालेका निवर्तमान सांसद प्रेम तुलाचन विरुद्ध उम्मेदवारी दिएका थिए ।

तुलाचन यस्ता व्यक्ति हुन्, जो लामो समय रोमी गौचनले कांग्रेसमा अवसर नदिएको असन्तुष्टिमा कांग्रेस छोडेर २०७४ को निर्वाचनमा एमाले प्रवेश गरे । उनी एमाले छिरेनन् मात्रै विपक्षी पार्टीबाट उनै रोमीलाई पराजित समेत गरे । योगेशले अहिलेको निर्वाचनमा ६० वर्षका तुलाचनलाई हराएर आफ्नो संसदीय ढोका मात्रै खोलेनन्, आफ्नै बाबुलाई हराउनेलाई पराजित गरेर बदला लिए । योगेश उनै रोमीका छोरा हुन् । उनले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिस्पर्धी तुलाचनले ३ हजार ७८ मत मात्रै पाए । रोमीले लामो समय मुस्ताङको राजनीति धाने । उनकै कारण धेरै कांग्रेसीहरु पार्टी छोडेर एमालेमा लागे । कांग्रेसकै असन्तुष्टलाई समेटेर एमालेले मुस्ताङलाई किल्ला बनायो । अहिले पनि मुस्ताङको चुनावका लागि रोमीलाई कांग्रेसले टिकट दिएको थियो । उनले आफ्नो टिकट छोरालाई सुम्पिए । छोराले सबैलाई अचम्मित पार्दै अप्रत्यासित रिजल्ट निकाले ।

भारतमा स्नातकोत्तर पढेर आएका योगेश पर्यटन व्यवसायी हुन् । उनले त्रिथुंगा ट्राभल्स एण्ड टुर, कालोपानी गेस्ट हाउस सञ्चालन गरेका छन् । यसपालि मुस्ताङमा युवा उमेरको कार्डले राम्रै काम गरेको देखिन्छ । प्रदेश सभामा पनि दुवै युवाले जीतेका छन् । प्रदेश सभा (क) मा निवर्तमान सांसद इन्द्रधारा विष्टलाई हराएर कांग्रेसकै नम्डु गुरुङले अप्रत्यासित छलाङ मारे । उनी गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भएका थिए ।              अहिले नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिस्पर्धी विष्टले ७ सय ९३ मत पाए । नम्डु ३३ वर्षका भए । उनले ५३ वर्षका विष्टलाई हराएका हुन् । प्रदेश ख मा कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । गौचनलाई १ सय ५८ मत अन्तरले हराएर शेरचन विजयी भएका हुन् । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ । गौचन निवर्तमान सांसद हुन् ।योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्वीप पारेको छ । विकल कोरियाबाट फर्केर राजनीतिमा जोडिएका थिए । उनी जनसम्पर्क समिति दक्षिण कोरियामा आबद्ध कांग्रेसको सक्रिय राजनीतिमा थिए । विकल ३९ वर्षका भए भने चन्द्रमोहन ५५ वर्षका हुन् । मुस्ताङमा ‘बा’ पुस्तालाई पाखा लगाएर ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार विजयी भएका हुन् ।

The post एमालेको ‘किल्ला’ मुस्ताङमा कांग्रेसले गर्‍याे क्लिन स्वीप, ४० वर्षमुनिका ३ उम्मेदवार विजयी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7590/feed 0 7590
कैलाली–५ को मतगणना भोलि ८ बजेदेखि सुरूहुने https://www.yugdarpan.com/archives/7585 https://www.yugdarpan.com/archives/7585#respond Mon, 21 Nov 2022 12:32:04 +0000 http://www.yugdarpan.com/?p=7585 धनगढी: कैलाली क्षेत्र नम्बर–५ को मतगणना मंगलबार (भोलि) ८ बजेदेखि हुने भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार भोलि ८ बजेदेखि मतगणना सुरु हुने भएको हो।यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले बताएका छन्।निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। कैलाली-५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार

The post कैलाली–५ को मतगणना भोलि ८ बजेदेखि सुरूहुने appeared first on युग दर्पण.

]]>
धनगढी: कैलाली क्षेत्र नम्बर–५ को मतगणना मंगलबार (भोलि) ८ बजेदेखि हुने भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार भोलि ८ बजेदेखि मतगणना सुरु हुने भएको हो।यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले बताएका छन्।निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। कैलाली-५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।

The post कैलाली–५ को मतगणना भोलि ८ बजेदेखि सुरूहुने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7585/feed 0 7585
मेयर हमालकाे सकृयतामा धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु https://www.yugdarpan.com/archives/7575 https://www.yugdarpan.com/archives/7575#respond Fri, 18 Nov 2022 13:10:35 +0000 http://www.yugdarpan.com/?p=7575 धनगढीः धनगढीको ट्राफिक चौराहादेखि विमानस्थल चोकसम्म स्मार्ट स्ट्रीट लाइट राख्न काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ६ लेन सडकमा २१३ वटा पोलमा ४३४ बत्ती जडान गरिने भएको हो। आज (शुक्रबार) देखि काम सुरु भएसँगै अबको तीन महिनाभित्र ६ लेन सडक झलमल्ल उज्यालो हुने र सडक दुर्घटनाको खतरा टर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा २ करोड ६८ लाख ६८ हजारको लागतमा स्मार्ट स्ट्रीट

The post मेयर हमालकाे सकृयतामा धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु appeared first on युग दर्पण.

]]>
धनगढीः धनगढीको ट्राफिक चौराहादेखि विमानस्थल चोकसम्म स्मार्ट स्ट्रीट लाइट राख्न काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ६ लेन सडकमा २१३ वटा पोलमा ४३४ बत्ती जडान गरिने भएको हो। आज (शुक्रबार) देखि काम सुरु भएसँगै अबको तीन महिनाभित्र ६ लेन सडक झलमल्ल उज्यालो हुने र सडक दुर्घटनाको खतरा टर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा २ करोड ६८ लाख ६८ हजारको लागतमा स्मार्ट स्ट्रीट लाइट जडान हुने छ।धनगढी उपमहानगरपालिकाको ६० प्रतिसत र नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग, राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिसत लागतमा स्मार्ट स्ट्रीट लाइटको काम सुरू भएको हो।

स्थानीय तह निर्वाचनका बेला धनगढी उपमहानगरपालिका प्रमुखको स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीलाई स्मार्ट सिटी बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए । उनको त्यही कुरालाई मतदाताले पत्याए र हमाल मेयरमा समेत निर्वाचित भए ।

मेयरमा निर्वाचित हमालले आफूले गरेको बाचा अनुरूप कार्यहरू गर्दै गइरहेकाे स्थानीयले बताएका छन् । त्यही बाचा अनुरूप कैलालीपुलदेखि हुलाकी मार्गको शून्यबिन्दु क्याम्पस रोडसम्मको सडक चौडा पार्ने कार्य थालिसकेका मेयरले आज मोहनापुल-अत्तरिया छ लेन सडकको धनगढी चौराहादेखि एयरपोर्ट मोडसम्म स्मार्ट स्ट्रीट लाइट जडानको शुभारम्भ गरेका छन् ।

The post मेयर हमालकाे सकृयतामा धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7575/feed 0 7575
मंगलवार देशैभर सार्वजनिक बिदा https://www.yugdarpan.com/archives/7506 https://www.yugdarpan.com/archives/7506#respond Mon, 17 Oct 2022 11:45:50 +0000 http://www.yugdarpan.com/?p=7506 काठमाडौँ- सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ दिन बिदाको घोषणा गरेको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा कार्तिक १ गते मंगलवार देशैभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। संस्कृतिविद् सत्यमोहन जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो।

The post मंगलवार देशैभर सार्वजनिक बिदा appeared first on युग दर्पण.

]]>
काठमाडौँ- सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ दिन बिदाको घोषणा गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा कार्तिक १ गते मंगलवार देशैभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।
संस्कृतिविद् सत्यमोहन जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो।

The post मंगलवार देशैभर सार्वजनिक बिदा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7506/feed 0 7506
चुनावी प्रचारमा विद्यालयका प्रअ र नगरपालिका इन्जिनियर https://www.yugdarpan.com/archives/7487 https://www.yugdarpan.com/archives/7487#respond Fri, 14 Oct 2022 18:35:20 +0000 http://www.yugdarpan.com/?p=7487 दार्चुला, दार्चुलामा पार्टीको चुनावी प्रचार प्रसारमा विद्यालयका प्रधानाध्यापक नै सहभागी भएको प्रचार–प्रसार गरेको तस्विर बाहिर आएको छ । जिल्लामा नेकपा एमाले दार्चुलाले आज देखि आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मालिकार्जुन गाउँपालिका–३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मडका प्रधानाध्यापक  भुवन बहादुर डागा एमालेको  चुनावी प्रचार–प्रसारमा  सहभागी भएको पाइएको हो  । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया अगाडी बढाएका वेला डागा  भने  चुनावी प्रचार–प्रसारमा

The post चुनावी प्रचारमा विद्यालयका प्रअ र नगरपालिका इन्जिनियर appeared first on युग दर्पण.

]]>
दार्चुला, दार्चुलामा पार्टीको चुनावी प्रचार प्रसारमा विद्यालयका प्रधानाध्यापक नै सहभागी भएको प्रचार–प्रसार गरेको तस्विर बाहिर आएको छ ।

जिल्लामा नेकपा एमाले दार्चुलाले आज देखि आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मालिकार्जुन गाउँपालिका–३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मडका प्रधानाध्यापक  भुवन बहादुर डागा एमालेको  चुनावी प्रचार–प्रसारमा  सहभागी भएको पाइएको हो  ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया अगाडी बढाएका वेला डागा  भने  चुनावी प्रचार–प्रसारमा लागेको पाइएको छ ।

यस्तै शैल्यशिखर नगरपालिकामा करार पदमा कार्यरत इन्जिनियर ,पशुपति भवन माध्यमिक विद्यालयका शिक्षक पनि सोही कार्यक्रममा सहभागी रहेको स्थानीयले बताएका छन् ।यता निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई प्रचलित कानूनबमाजिम तत्काल विभागीय कारबाही प्रारम्भ गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता,२०७९ ले शिक्षक, कर्मचारी, गैरसरकारी संस्थामा आबद्ध कर्मचारीहरूलाई पनि प्रचारप्रसारमा लाग्न प्रतिबन्ध लगाएको भन्दै आयोगले त्यस्ता कार्यमा संलग्न नहुन भनेको छ ।

The post चुनावी प्रचारमा विद्यालयका प्रअ र नगरपालिका इन्जिनियर appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7487/feed 0 7487
नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया खुल्याे  https://www.yugdarpan.com/archives/7457 https://www.yugdarpan.com/archives/7457#respond Sun, 18 Sep 2022 03:03:13 +0000 http://www.yugdarpan.com/?p=7457 धनगढी ।नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया मा संचालनमा अाएकाे छ। उक्त कोष २०७९ जेष्ठ २८ गते देखि कार्यलय स्थापना संगै सेवा संचालनमा आएको कोषका प्रमुख जीवन राज जोशीले जानकारी दिएका छन ।सेवा संचालन भए सङै ७ नम्बर प्रदेशका सम्पुर्ण सेवा ग्राहीलाई लाभ हुने भएको छ । उक्त कोषको कार्यालय सुदुरपस्चिम प्रदेशको राजधानी अत्तरिया स्थित  बनखेतमा छ । उक्त कार्यालय संचालन भए संगै यस प्रदेशका सम्पुर्ण सेवाग्राहीले यतैबाट सेवा

The post नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया खुल्याे  appeared first on युग दर्पण.

]]>
धनगढी ।नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया मा संचालनमा अाएकाे छ। उक्त कोष २०७९ जेष्ठ २८ गते देखि कार्यलय स्थापना संगै सेवा संचालनमा आएको कोषका प्रमुख जीवन राज जोशीले जानकारी दिएका छन ।सेवा संचालन भए सङै ७ नम्बर प्रदेशका सम्पुर्ण सेवा ग्राहीलाई लाभ हुने भएको छ । उक्त कोषको कार्यालय सुदुरपस्चिम प्रदेशको राजधानी अत्तरिया स्थित  बनखेतमा छ । उक्त कार्यालय संचालन भए संगै यस प्रदेशका सम्पुर्ण सेवाग्राहीले यतैबाट सेवा पाउने छन ।

The post नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया खुल्याे  appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7457/feed 0 7457
बैंक र हस्पिटलको साझेदारीमा छुट सहितको उपचार सम्झौता  https://www.yugdarpan.com/archives/7454 https://www.yugdarpan.com/archives/7454#respond Wed, 14 Sep 2022 08:52:58 +0000 http://www.yugdarpan.com/?p=7454 धनगढी ।कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सिद्धार्थ बैंक लिमिटेड र सुदुरपश्चिमाञ्चल सामुदायिक हस्पिटल अत्तरिया बिच दुई पक्षिय सम्झौता भएको छ । सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुलाई आफ्नो सेवामा छुट दिने भएको छ । अस्पतालले ओपिडिमा १०प्रतिशत,बेड चार्जमा १० प्रतिशत, औषधीमा ५ प्रतिशत, ल्याब जाचमा १० प्रतिशत, उपरेशनमा १० प्रतिशत, इसिजि र भिडियो एक्सरेमा १० प्रतिशत छुट गरिएको छ,साथै ७० बर्ष माथिकालाई ओपिडि निशुल्क साथै छुटको ब्यवस्था गरिएको छ । उक्त

The post बैंक र हस्पिटलको साझेदारीमा छुट सहितको उपचार सम्झौता  appeared first on युग दर्पण.

]]>
धनगढी ।कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सिद्धार्थ बैंक लिमिटेड र सुदुरपश्चिमाञ्चल सामुदायिक हस्पिटल अत्तरिया बिच दुई पक्षिय सम्झौता भएको छ । सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुलाई आफ्नो सेवामा छुट दिने भएको छ । अस्पतालले ओपिडिमा १०प्रतिशत,बेड चार्जमा १० प्रतिशत, औषधीमा ५ प्रतिशत, ल्याब जाचमा १० प्रतिशत, उपरेशनमा १० प्रतिशत, इसिजि र भिडियो एक्सरेमा १० प्रतिशत छुट गरिएको छ,साथै ७० बर्ष माथिकालाई ओपिडि निशुल्क साथै छुटको ब्यवस्था गरिएको छ ।
उक्त सम्झौता अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक डा.राजेश खड्का र बैंकको तर्फबाट प्रबन्धक दिलिप पंगालीले हस्ताक्षर गरेका छन् । यस अस्पतालले बिगत ८ बर्षदेखि स्वास्थ्य सेवा दिदै आइरहेको छ ।

The post बैंक र हस्पिटलको साझेदारीमा छुट सहितको उपचार सम्झौता  appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7454/feed 0 7454