विश्व Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/विश्व www.yugdarpan.com Thu, 28 Apr 2022 13:40:49 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png विश्व Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/विश्व 32 32 178717794 बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिभुवन विश्वविद्यालयको वर्षे विदा https://www.yugdarpan.com/archives/7037 https://www.yugdarpan.com/archives/7037#respond Thu, 28 Apr 2022 13:40:49 +0000 http://www.yugdarpan.com/?p=7037 काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा २३ दिन दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को बैशाख १४ गते बसेको बैठकले चालु शैक्षिक सत्रको वर्षे विदा २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन दिने निर्णय गरेको हो । विश्वविद्यालय रजिस्ट्रार कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने जनाएको छ

The post बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिभुवन विश्वविद्यालयको वर्षे विदा appeared first on युग दर्पण.

]]>
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा २३ दिन दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को बैशाख १४ गते बसेको बैठकले चालु शैक्षिक सत्रको वर्षे विदा २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन दिने निर्णय गरेको हो ।

विश्वविद्यालय रजिस्ट्रार कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने जनाएको छ ।त्यस्तै, अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीको नियमित परीक्षा भने यथावत सञ्चालन हुने जनाएको छ ।       

The post बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिभुवन विश्वविद्यालयको वर्षे विदा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7037/feed 0 7037
बङ्गलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती https://www.yugdarpan.com/archives/6622 https://www.yugdarpan.com/archives/6622#respond Mon, 31 Jan 2022 12:24:57 +0000 http://www.yugdarpan.com/?p=6622 ढाका, बङ्गलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो । निर्देशनालयका प्रवक्ता प्रा.डा. नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पार्नुभयो । महामारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “कुनै व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भयो भने १० दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ ।” दश दिनपछि

The post बङ्गलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती appeared first on युग दर्पण.

]]>
ढाका, बङ्गलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो ।
निर्देशनालयका प्रवक्ता प्रा.डा. नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पार्नुभयो ।

महामारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “कुनै व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भयो भने १० दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ ।”
दश दिनपछि लक्षणहरू देखिएपनि क्वारेन्टाइनबाट बाहिर निस्कन र कार्यालय जान पाउने उहाँको भनाई छ ।

यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएर कार्यालय फर्कँदा पिसिआरको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनु पर्ने नियम बनाइएको थियो । अबदेखि भने त्यस्तो नियम लागू नहुने भएको छ । बरु कम्तीमा एक पटक चिकित्सकलाई भेट्न सुझाव दिइएको छ ।

निर्देशनालयले पछिल्लो २४ घण्टामा बङ्गलादेशमा १२ हजार १८३ जना नयाँ सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा अरु ३४ जनाको कोरोना भाइरसकै कारणले मृत्यु भएको छ । यो सङ्ख्या गत सेप्टेम्बर २२ पछिकै सबैभन्दा धेरै भएको निर्देशनालयको दावी छ ।

स्वास्थ्य मन्त्री जाहिद मालेक्वेले मृतक र सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैलाई अनुरोध गर्नुभएको छ ।

The post बङ्गलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6622/feed 0 6622
जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने https://www.yugdarpan.com/archives/6411 https://www.yugdarpan.com/archives/6411#respond Fri, 21 Jan 2022 09:23:32 +0000 http://www.yugdarpan.com/?p=6411 टोकियो, जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो । कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो विवरण अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन

The post जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने appeared first on युग दर्पण.

]]>
टोकियो, जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो ।

कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो विवरण अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन थालिने छ ।

अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेको यस खोप तुलनात्मक रुपमा अरुभन्दा विश्वसनीय र प्रभावकारी रहेको जापानका सरकारी अधिकारीहरूको बुझाई छ ।

जापानमा १२ भन्दा बढी उमेरका नागरिकलाई भने यसअघि नै खोप उपलब्ध गराइसकेको छ । विभित्र कारणले खोप लगाउन छुटेकाहरूलाई पनि जापान सरकारले खोप लगाउन उत्प्रेरित गर्ने गरेको छ ।

कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्ट आइरहेकाले त्यसबाट जोगाउनका लागि खोप नै सबैभन्दा भरपर्दो र उपयुक्त उपाय भएकाले खोप लगाउने निर्णयमा पुगिएको जापानका मन्त्री नोरिको होरिउचीले जानकारी दिनुभयो ।

कतिपयले भने बालबालिकालाई खोप लगाउने निर्णय अवैज्ञानिक र घातक हुने, प्रतिकुल प्रभाव पर्ने भन्दै विमती पनि जनाएका छन् । विरोध हुँदै गर्दा पनि सरकारले सरोकारवाला तथा विज्ञहरूको रायका आधारमा बालबालिकालाई खोप लगाउने निर्णयमा पुगेको मन्त्री होरिउचीको भनाई छ ।

अन्य देशहरूमा गरिएको परीक्षणका क्रममा फाइजर खोप बालबालिकाका लागि ९०.७ प्रतिशत प्रभावकारी देखिएको पनि उहाँले बताउनुभयो ।

The post जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6411/feed 0 6411
साउदी अरबका विद्यालयमा रामायण र महाभारत पढाइ हुने https://www.yugdarpan.com/archives/5494 https://www.yugdarpan.com/archives/5494#respond Wed, 19 May 2021 02:07:43 +0000 http://www.yugdarpan.com/?p=5494 काठमाडौ । साउदी अरबमाथि पृथकतावादी सोच भएको मुलुकको आरोप लाग्ने गर्दछ। हाल सम्म साउदीमा मुस्लिम धर्म बाहेक अन्य कुनै धर्मको बारेमा पढाइ नै हुदैन ।साउदीले आफ्नो धर्म बाहेक अरु धर्म मान्नेहरुलाई ‘अविस्वासी’ भनेर पढाउदै आएको छ। पछिल्लो समय साउदी अरबले ‘भिजन २०३०’ सार्वजनिक गरेपछि अन्य धर्मको बारे आफ्नो विद्यालय पुस्तकमा उल्लेख गर्ने भएको छ। हिन्दु धर्मग्रन्थ महाभारत र रामायण जस्ता कितावबारे साउदी अरबका विद्यालयमा पढाइहुने छन्। कुन विषयमा कसरी पढाइ

The post साउदी अरबका विद्यालयमा रामायण र महाभारत पढाइ हुने appeared first on युग दर्पण.

]]>
काठमाडौ । साउदी अरबमाथि पृथकतावादी सोच भएको मुलुकको आरोप लाग्ने गर्दछ। हाल सम्म साउदीमा मुस्लिम धर्म बाहेक अन्य कुनै धर्मको बारेमा पढाइ नै हुदैन ।साउदीले आफ्नो धर्म बाहेक अरु धर्म मान्नेहरुलाई ‘अविस्वासी’ भनेर पढाउदै आएको छ। पछिल्लो समय साउदी अरबले ‘भिजन २०३०’ सार्वजनिक गरेपछि अन्य धर्मको बारे आफ्नो विद्यालय पुस्तकमा उल्लेख गर्ने भएको छ। हिन्दु धर्मग्रन्थ महाभारत र रामायण जस्ता कितावबारे साउदी अरबका विद्यालयमा पढाइहुने छन्।
कुन विषयमा कसरी पढाइ हुने पुरा जानकारी नदिएता पनि साउदीले आफ्ना विद्यालयमा पढाइने पुस्तकहरुमा हिन्दु, क्रिस्चन लगाएत मुस्लिम बाहेकका धर्मको बारेमा जानकारी दिने भएको छ।
भिजन २०३० अन्तर्गत साउदीको विद्यालयमा अंग्रेजी भाषाको पढाइ अनिवार्य गराइने भएको छ भने आर्थिक तथा सामाजिक परिवर्तनका लागि निजी क्षेत्रका महिलाहरुलाई सहभागि गराउन प्रोत्साहित गर्दै आएको छ। साउदी अरेवियामा एक वर्षको अवधिमा १ लाखभन्दा बढी महिलाहरुलाई व्यापारिक कार्य गर्नका लागि अनुमति दिईएको छ।

The post साउदी अरबका विद्यालयमा रामायण र महाभारत पढाइ हुने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5494/feed 0 5494
डाक्टर गोबिन्द केसी: यमनका विकट गाउँमाके गर्दै छन? https://www.yugdarpan.com/archives/5482 https://www.yugdarpan.com/archives/5482#respond Tue, 18 May 2021 13:36:52 +0000 http://www.yugdarpan.com/?p=5482 चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्। यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ। विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको डाक्टर केसीले बताएका छन्। आफूले दुई वर्षदेखि यमन जाने योजना बनाइरहेको उनले उल्लेख गरेका छन्। ‘यहाँ इतिहासको सबैभन्दा नराम्रो संकट देखा परेको

The post डाक्टर गोबिन्द केसी: यमनका विकट गाउँमाके गर्दै छन? appeared first on युग दर्पण.

]]>
चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्।

यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ।

विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको डाक्टर केसीले बताएका छन्।

आफूले दुई वर्षदेखि यमन जाने योजना बनाइरहेको उनले उल्लेख गरेका छन्।

‘यहाँ इतिहासको सबैभन्दा नराम्रो संकट देखा परेको छ, यहाँको दुर्गम भेगमा म स्वेच्छिक रूपमा अर्थोपेडिक सेवा दिइरहेको छ,’ केसीले आफ्ना सहयोगी डा। जीवन क्षत्रीलाई इमेलमा लेखेका छन्।

नेपालमा कोभिड संक्रमणको दोस्रो लहरले महामारीको रूप लिएको थाहा पाउँदा आफू निकै दुस्खी भएको केसीले इमेलमा लेखेका छन्।

‘यो सुनेपछि म नेपाल फर्किन्छु, जे गर्न सक्छु नेपालमै गर्छु भन्ने लागेको थियो,’ केसीले भनेका छन्, ‘दुर्भाग्यवशस् नेपाल आउने उडान बन्द रहेछ।’
केसीले आफू छिमेकी मुलुक ओमानबाट सीमापार हुँदै यमन प्रवेश गरेको बताएका छन्। उनले आफू एक हप्ताभित्र अर्को युद्धग्रस्त ठाउँमा जाने योजना रहेको बताएका छन्।

आफू यमनमा भए पनि आफ्नो मन नेपालमै रहेको उनले बताएका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारका धेरै नेता ‘अत्यन्त भ्रष्ट, निर्लज्ज र अनैतिक’ भएको बताएका छन्।

‘आफूलाई मतदान गर्ने व्यक्तिबारे उनीहरूलाई वास्ता छैन। तिनीहरू देश र जनतालाई लुट्नका लागि कुर्सी, माफिया, डन र कालोबजारीको ख्याल राख्छन्,’ केसीले भनेका छन्।

केसीले नेपाली जनता उनीहरूको साहस, कर्तव्यपना, दया, विश्वास, लचिलोपन र आत्मसम्मानका लागि परिचित रहेको बताएका छन्।

‘यो गुणले हामीलाई बाँच्न र राष्ट्रको इतिहासमा धेरै संकटको समयमा फस्टाउन मद्दत गरेको छ,’ केसीले भनेका छन्।

केसीले आफू, आफ्नो भाइ, सहकर्मीहरूले कोभिड संक्रमण जितेको र त्यसको प्रमुख कारण हिम्मत, आत्मविश्वास, आशा, दया र कर्तव्य रहेको बताएका छन्।

उनले साहस, आत्मविश्वास र आशाले चिकित्सा हेरचाहसँग प्रभाव पार्ने र गम्भीर रोगबाट निको भइने बताएका छन्।

‘नेपालका स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई सकेसम्म राम्रो सहयोग पुर्‍याइरहेका छन्। उनीहरू यस्तो प्रतिकूल परिस्थितिमा सकेजति राम्रो गर्दछन्, बिरामी र जनताले पहिलो चरणको कोरोना हराउन सहयोग गरे। जनताले दोस्रो चरणको संक्रमणलाई पनि हराउन सहयोग गर्नेछन्,’ केसीले भनेका छन्।

केसीले कोरोनाबाट बच्न सावधानी अपनाउनु पर्ने बताएका छन्।

‘मास्क प्रयोग गर्नुहोस्, बारम्बार हात धुनुहोस् र सामाजिक दूरी कायम गर्नुहोस्। यो देशभक्त कदम हो र यस संकटबाट बाहिर निस्कनको लागि सबैभन्दा महत्वपूर्ण पनि हो। हामी जित्नेछौं,’ उनले भनेका छन्।

 

The post डाक्टर गोबिन्द केसी: यमनका विकट गाउँमाके गर्दै छन? appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5482/feed 0 5482
विवाहको २७ वर्षपछि बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने निर्णय https://www.yugdarpan.com/archives/5363 https://www.yugdarpan.com/archives/5363#respond Tue, 04 May 2021 10:56:06 +0000 http://www.yugdarpan.com/?p=5363 विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन,का सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ । उहाँहरूले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिनुभएको हो । “विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका

The post विवाहको २७ वर्षपछि बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने निर्णय appeared first on युग दर्पण.

]]>
विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ ।

संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन,का सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ ।

उहाँहरूले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिनुभएको हो ।

“विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ । हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त कोषमा मिलेर काम गर्नेछौँ । तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ,” विज्ञप्तिमा भनिएको छ ।

यद्यपि उहाँहरू ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन’ लाई भने मिलेर सञ्चालन गर्ने जनाउनुभएको छ । उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई कायम राख्ने सहमति भउको बताइएको छ ।

फोक्र्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुनुहुन्छ । उहाँकोे सम्पत्ति १२४ अर्ब डलर रहेको छ । उहाँ माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।

उक्त जोडीले ‘लामो सोचविचारपछि विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको छ ।

सन् १९८० को दशकमा मेलिन्डा बिलको फर्ममा एक कर्मचारीको रूपमा काम गर्ने शिलशिलामा उहाँहरूको भेट भएको थियो । मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध हुनुभएको थियो ।

तीन सन्तानका अविभावक बनिसकेका उहाँहरूको निर्णयलाई अनपेक्षित मानिएको छ ।

उहाँहरूले सञ्चालन गरेको परोपकारी संस्थाले सङ्क्रमक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता कामका लागि अर्बौँ डलर खर्च गर्दै आएको छ ।

The post विवाहको २७ वर्षपछि बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने निर्णय appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5363/feed 0 5363
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी, दुई लाख २२ हजार ४०८ को मृत्यु https://www.yugdarpan.com/archives/5360 https://www.yugdarpan.com/archives/5360#respond Tue, 04 May 2021 10:12:05 +0000 http://www.yugdarpan.com/?p=5360 भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख

The post भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी, दुई लाख २२ हजार ४०८ को मृत्यु appeared first on युग दर्पण.

]]>
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शै्यया तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने सङ्क्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिनुभएको छ ।

The post भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी, दुई लाख २२ हजार ४०८ को मृत्यु appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5360/feed 0 5360
भारतबाट फर्कनेलाई ५ वर्ष जेल र ६६ हजार डलरसम्म जरिवाना गर्ने चेतावनी https://www.yugdarpan.com/archives/5332 https://www.yugdarpan.com/archives/5332#respond Sat, 01 May 2021 09:02:11 +0000 http://www.yugdarpan.com/?p=5332 अष्ट्रेलियाले जबर्जस्ती भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने भएको छ । भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल या ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको बीबीसीले जनाएको छ । भारतमा अहिले नौ हजार अष्ट्रेलियाका नागरिक रहेकामा ६ सय जनालाई जोखिमयुक्त समूहमा राखिएको खबरमा उल्लेख छ । आफ्ना परिवार भारतमा कोरोनासँग सङ्घर्ष गरिरहेको

The post भारतबाट फर्कनेलाई ५ वर्ष जेल र ६६ हजार डलरसम्म जरिवाना गर्ने चेतावनी appeared first on युग दर्पण.

]]>
अष्ट्रेलियाले जबर्जस्ती भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने भएको छ । भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल या ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको बीबीसीले जनाएको छ ।

भारतमा अहिले नौ हजार अष्ट्रेलियाका नागरिक रहेकामा ६ सय जनालाई जोखिमयुक्त समूहमा राखिएको खबरमा उल्लेख छ । आफ्ना परिवार भारतमा कोरोनासँग सङ्घर्ष गरिरहेको अवस्थामा सरकारले यस्तो नियम लगाउनु गलत भएको आवाज उठे पनि अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने सरकारले हल्का ढङ्गले निर्णयहरू नगरेको बताउनुभयो ।

भारतमा सङ्क्रमणदर बढेसँगै अमेरिकासहितका कयौँ देशले भारतसँगका उडान बन्द गरेका छन् । भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

 

The post भारतबाट फर्कनेलाई ५ वर्ष जेल र ६६ हजार डलरसम्म जरिवाना गर्ने चेतावनी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5332/feed 0 5332
भारतको आसाममा शक्तिशाली भूकम्प https://www.yugdarpan.com/archives/5302 https://www.yugdarpan.com/archives/5302#respond Wed, 28 Apr 2021 06:44:12 +0000 http://www.yugdarpan.com/?p=5302 काठाडौँ । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो । भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या

The post भारतको आसाममा शक्तिशाली भूकम्प appeared first on युग दर्पण.

]]>
काठाडौँ । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो ।

भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुरमा निकै नराम्रोसँग हल्लाएको थियो । मानिसहरु त्रासका कारण सडकमा भेला भएका थिए भने केही घरमा क्षति पुगेको छ ।

आसामको राजधानी गुवाहाटी भूकम्पको केन्द्रबाट झण्डै १५० किलोमिटर टाढा भए पनि यहाँका घरहरुमा क्षति पुगेको छ । स्थानीयवासीले कम्तीमा दुई वटा ठूलै परकम्प महशुस गरिएको बताएका छन् । अमेरिकी भूगर्भ सर्भेले भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट २९ किलोमिटर मुनि रहेको जनाएको छ । यहाँको हिमाली क्षेत्रमा भूकम्प बारम्बार आउने गरेको छ । सन् १९५० मा आएको भूकम्पमा परेर आसाम र तिब्बतमा गरी झण्डै चार हजार ८०० व्यक्तिको ज्यान गएको थियो ।

The post भारतको आसाममा शक्तिशाली भूकम्प appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5302/feed 0 5302
अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने https://www.yugdarpan.com/archives/5287 https://www.yugdarpan.com/archives/5287#respond Tue, 27 Apr 2021 12:08:22 +0000 http://www.yugdarpan.com/?p=5287 काठमाडौँ । आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो

The post अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने appeared first on युग दर्पण.

]]>
काठमाडौँ । आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो खोपलाई भने अझै पनि स्वीकृति दिएको छैन ।

विश्वका कतिपय देश र संघसंस्थाहरुले अमेरिकाले ठूलो संख्यामा खोप राखेको बताइएको छ । यसकारण पनि अमेरिकाको आलोचना भइरेहको बताइएको छ ।उता अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभएको बताउनुभएको छ ।

अघिल्लो महिनामा मात्र राष्ट्रपति बाइडेनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गर्नुभएको थियो । यी दुई देशले भने आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् । अमेरिकाका छिमेकी देशहरु क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशले पनि अमेरिकी खोपको आपूर्तिमा पहुँच पाइयोस भनेर अनुरोध पनि गरिरहेका छन् ।

The post अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5287/feed 0 5287