विशेष Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/विशेष www.yugdarpan.com Mon, 11 Sep 2023 02:35:24 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png विशेष Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/विशेष 32 32 178717794 क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप https://www.yugdarpan.com/archives/7842 https://www.yugdarpan.com/archives/7842#respond Mon, 11 Sep 2023 02:35:01 +0000 https://www.yugdarpan.com/?p=7842 नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ । आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । तर महिला सेलले पीडित पक्षको रित नपुगेको भनि फर्काइ दिएको छ । आज पीडितले पुन रित पुर्याएर निवेदन दिने बताइएको छ । यदी रित पुगेर निवेदन आएमा क्रिकेटर शेखमाथि

The post क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप appeared first on युग दर्पण.

]]>
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ ।

आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो ।

तर महिला सेलले पीडित पक्षको रित नपुगेको भनि फर्काइ दिएको छ । आज पीडितले पुन रित पुर्याएर निवेदन दिने बताइएको छ । यदी रित पुगेर निवेदन आएमा क्रिकेटर शेखमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ । यसअघि क्रिकेटर सन्दिपमाथि पनि एक नावालिकाले बलात्कार आरोप लगाएकी थिइन् । सन्दिपविरुद्धको मुद्धामा अझै अनुसन्धान जारी छ ।

The post क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7842/feed 0 7842
गोपाल हमालको उम्मेदवारीले धनगढीलाई के फरक पर्छ ? https://www.yugdarpan.com/archives/6766 https://www.yugdarpan.com/archives/6766#respond Thu, 17 Mar 2022 07:01:39 +0000 http://www.yugdarpan.com/?p=6766 विवेकशील साझा पार्टीका प्रदेश संयोजकको पदसहित पार्टी परित्याग गरेर व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा  मेयरमा उम्मेदवारी दिने घोषणा गरेपछि धनगढीको राजनीतिमा एक किसिमको तरङ्ग आएको छ।त्यसमाथि भारतको पाँच प्रदेशको निर्वाचनमा पञ्जाबमा वैकल्पिक राजनीतिक दल आपले राम्रैसँग जितेकाले पनि यहाँका वैकल्पिक राजनीतिक धारका मानिशहरू निकै उत्साहित देखिन्छन्। २०७४ सालको स्थानिय तहको निर्वाचनमा वर्तमान मेयर नृप वडसँग पराजित हमाल भन्नुहुन्छ, ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेपनि मैले आफूलाई विजेताकै रूपमा लिएको थिएँ

The post गोपाल हमालको उम्मेदवारीले धनगढीलाई के फरक पर्छ ? appeared first on युग दर्पण.

]]>
विवेकशील साझा पार्टीका प्रदेश संयोजकको पदसहित पार्टी परित्याग गरेर व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा  मेयरमा उम्मेदवारी दिने घोषणा गरेपछि धनगढीको राजनीतिमा एक किसिमको तरङ्ग आएको छ।त्यसमाथि भारतको पाँच प्रदेशको निर्वाचनमा पञ्जाबमा वैकल्पिक राजनीतिक दल आपले राम्रैसँग जितेकाले पनि यहाँका वैकल्पिक राजनीतिक धारका मानिशहरू निकै उत्साहित देखिन्छन्।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा वर्तमान मेयर नृप वडसँग पराजित हमाल भन्नुहुन्छ, ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेपनि मैले आफूलाई विजेताकै रूपमा लिएको थिएँ । हारपछि मैले ४ वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताए । म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन । गाडी सुविधा पनि लिने छैन । यसको मतलब म भ्रष्टाचार गर्दिन । गर्न पनि दिन्न । धनगढीले मलाई यहाँसम्म पुर्‍याएको छ । त्यसैले धनगढीलाई नमूना सहर बनाउने मेरो एउटै लक्ष्य हो । मेरो जित सबैको जित हुनेछ ।’

हमालले आफूले अन्तिम पटकका लागि उम्मेदवारी दिन लागेको पनि बताउनु भएको छ।गत स्थानिय तहको निर्वाचनमा करिब २ हजार ७ सय मतले पराजित गोपाल हमालले यस बर्ष पनि अरु उमेदवारलाई चुनाव जित्न निकै हम्मे हम्मे पार्ने अनुमान गरिएको छ । हमालको समर्थनमा यहाँका स्वतन्त्र व्यक्तिहरू खुलेरै लागेका छन् भने सबैजसो पार्टीमा हमाल समर्थकको राम्रै संख्या छ र उनीहरू गोप्य रूपमा हमाललाई सहयोग गर्ने मनस्थितिमा देखिएका छन् ।

हमालको उम्मेदवारी बारे दलका उम्मेदवार भने अहिले खुलेरै बोल्न चाहादैनन्, कांग्रेसबाट बलियो उम्मेदवारका रुपमा देखिनुभएका वर्तमान मेयर नृपबहादुर वड हमालको उम्मेदवारीले त्यस्तो गाह्रो नपार्ने बताउनुहुन्छ। मेयर नृपबहादुर वड  भन्नुहुन्छ, “निर्वाचन लड्ने सबैलाई अधिकार छ।  तर दल र स्वतन्त्र उमेदवारमा धेरै फरक हुन्छ। राजनीति गरेकैले हो देश बनाउने। केही कमजोरी होलान ति सच्याएर हामी अघि बढ्छौँ ।”

तर वर्तमान मेयर वडले निर्वाचन पुन: लड्ने मनशाय बनाइरहँदा यहाँका स्थानिय वडको ५ बर्षे कार्यकालमा देखिन लायक काम नभएको बताइरहेका छन् । “५ बर्षमा न सबै नाली बने ल सडक न फुटपाथ नै,” धनगढीका प्रमोद पाठकले भन्नुहुन्छ, “संघीय सरकारले बनाएको ६ लेन सडक छेउमा फुटपाथ बनाउन सकेको छैन, संघीय आयोजना अन्तर्गतका फोहोरमैला प्रशोधन केन्द्र बनाउन सकेन, सडकको चौडाई घटाएर निर्माण हुन थालेको छ। उपमहानगरले आफ्नो काम देखाउनुको सट्टा संघका योजनालाई समेत की अधुरै राखेको छ की क्षेत्रनै घटाएको छ, यस कारण धनगढीको नेतृत्व परिवर्तन आवश्यक छ ।”

धनगढीकै श्याम जोशी पनि उपमहानगरमा जनप्रतिनिधिले ५ बर्षसम्म कुनै काम गर्न नसकेको बताउनुहुन्छ। श्याम जोशी भन्नुहुन्छ, “पाँच बर्षमा यहाँका छाडा चौपायालाइ त व्यवस्थापन गर्न सकेनन्। बाहिर गफ जति हानेपनि काम केही देखिएको छैन।”

धनगढीका मदन भट्ट भन्नुहुन्छ, “५ बर्षमा धनगढी जस्ताको त्यस्तै छ। त्यस कारण विकास गर्ने नेता नजिताउँदासम्म धनगढी बन्दैन।धनगढी नबने सुदूरपश्चिमपनि बन्दैन ।”

गोपाल हमालले उम्मेदवारीले यस्ता मतदातालाई सरक्क तान्ने हो की भन्ने डर यहाँका सबैजसो पार्टीमा छ। मेयर नृपबहादुर वडमा केही आत्मविश्वासचाहिँ छ। मेयर नृपबहादुर वड भन्नुहुन्छ, “मेरो कार्यकाल संघर्षमय रहयो। १९ वर्षपछि स्थानीय सरकार आएको अवधि हो । कानून निर्माणसँगै सबै वडाहरूमा भौतिक संरचनादेखि अन्य विकास निर्माणको जिम्मेवारी रहेको कार्यकाल हो । महामारीका बीच कार्यकाल बित्दैछ । विकास निर्माण धमाधम भइरहेका छन् । केही सम्पन्न भएका छन्, केही भर्खर शुरू भई सञ्चालनका अवस्थामा छन् । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न पनि मेरो उम्मेदवारी हुनेछ ।”

नृपबहादुर वडले कांग्रेसभीत्रै पनि प्रतिस्पर्धा गर्नपर्ने स्थीति छ। उपमहानगरपालिकाको नेतृत्वको लागि काँग्रेसबाट तीन जनाको नाम चर्चामा छ । मेयर नृपबहादुर वडसँगै उपमेयर सुशिला मिश्र भट्ट र नेता कृष्णबहादुर महरा आकांक्षी देखिनु भएकोछ। तीनै जना संस्थापन पक्षका हुनुहुन्छ। अन्य केही नेताहरूले पनि आकांक्षा देखाएको बुझिए पनि उनीहरू खुल्न भने चाहेका छैनन् ।

२०७४ को निर्वाचनमा नै टिकट पाउने निकै चर्चामा रहेका व्यवसायी तथा काँग्रेस नेता कृष्णबहादुर महरासँग नै वडको ठूलै प्रतिस्पर्धा हुनेछ। धनगढीकी उपमेयर सुशिला मिश्र भट्ट अब उपमेयर नहुने मनस्थितिमा हुनुहुन्छ। सुशिलाले मेयर र प्रदेशसभाको टिकटमध्ये एउटा पाउनु पर्ने मागका साथ लविङ सुरु गर्नुभएको छ।

यस्तै एमालेबाट वर्तमान कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशी, निवर्तमान उपाध्यक्ष तथा अध्यक्षमा पराजित रणबहादुर चन्द पनि धनगढीको मेयरमा उठने चाहनामा देखिनु भएको छ। उपाध्यक्ष जोशी २०७४ सालको स्थानिय निर्वाचनमा पराजित हुनुभएको हो। त्यसपछि सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष समेत हुनुभएका जोशी एक पटक धनगढीको मेयर बन्ने जोडबलमा हुनुहुन्छ।

एमाले कैलाली जिल्ला सचिवमा रहेर लामो समय काम गर्नुभएका रणबहादुर चन्द यहाँका कार्यकर्ता तथा आम जनतामा लोकप्रिय र ईमान्दार नेताका रुपमा चिनिनुहुन्छ। सधै अवसरबाट बञ्चित बनाइने चन्दलाई यस पटक टिकट मिल्न सक्ने अनुमान गरिएको छ ।

माओवादीबाट शान्ति अधिकारी र बल बहादूर ऐरले मेयर लड्ने आकांक्षा देखाउनु भएको छ। अधिकारी गत २०७४ सालको स्थानिय निर्वाचनमा उप मेयर पदमा पराजित हुनुहुन्छ भने ऐर धनगढी उप महानगरपालिका वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

टिकटका लागि दुवै पार्टीमा लविङ गरिरहेका छन् । शान्ति अधिकारी भन्नुहुन्छ, ‘पार्टीले आवश्यक ठानेको अवस्थामा मेरो तयारी स्वाभाविक रूपमै रहन्छ । हामी विगतको अनुभवबाट पाठ सिक्दै नयाँ रणनीतिका साथ उपमहानगरको विकासका लागि मेरो तयारी रहन्छ । हामी पनि केही गर्न सक्छौं भन्ने लाग्छ । तर अझै टुंगो लाग्न बाँकी नै छ ।”

नेकपा एकिकृत समाजवादी पार्टीबाट राजेश भण्डारी मेयरको उम्मेदवार बन्ने चर्चा छ। राजेश भण्डारी मेयरको टिकट पाउनकै लागि एकिकृत समाजवादीमा गएको बुझिएको छ । राजेश भण्डारी भन्नुहुन्छ, ‘अहिलेसम्म राजनीतिक दलको सत्ता गठबन्धन कायमै रहेको छ । यसले निरन्तरता पनि पाउँछ । राजनीतिक दलबाट आकांक्षी देखिनु राम्रो कुरा हो । तर गठबन्धनले निर्णय गरेपछि आधिकारिक होला, एकीकृत समाजवादीबाट मलाई सार्ने कुरा हुँदैछ।’ श्रोत: आइएनएस-स्वतन्त्र समाचार

The post गोपाल हमालको उम्मेदवारीले धनगढीलाई के फरक पर्छ ? appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6766/feed 0 6766
दीक्षान्त प्रकाशनद्वारा विद्यालयलाई डेढ लाख बढी मूल्य बराबरका पुस्तक वितरण https://www.yugdarpan.com/archives/5611 https://www.yugdarpan.com/archives/5611#respond Tue, 31 Aug 2021 09:14:34 +0000 http://www.yugdarpan.com/?p=5611 काठमाडौँ – दीक्षान्त पुस्तक प्रकाशन कीर्तिपुरले धादिङस्थित एउटा विद्यालयलाई डेढलाख भन्दा बढी मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ । १४ औँ पुस्तकालय दिवसको अवसरमा प्रकाशनले धादिङ धुनीवेशी ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको हो । विद्यालयलाई एक कार्यक्रमका बीच दीक्षान्त पुस्तक प्रकाशनका व्यवस्थापक महेश शर्मा र नम्रता अर्यात शर्माले पुस्तकहरू हस्तान्तरण गरेका हुन् । ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालय विकास र विस्तार’ भन्ने मूलनाराका साथ मनाइरहेको १४ औँ

The post दीक्षान्त प्रकाशनद्वारा विद्यालयलाई डेढ लाख बढी मूल्य बराबरका पुस्तक वितरण appeared first on युग दर्पण.

]]>
काठमाडौँ – दीक्षान्त पुस्तक प्रकाशन कीर्तिपुरले धादिङस्थित एउटा विद्यालयलाई डेढलाख भन्दा बढी मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ ।

१४ औँ पुस्तकालय दिवसको अवसरमा प्रकाशनले धादिङ धुनीवेशी ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको हो ।



विद्यालयलाई एक कार्यक्रमका बीच दीक्षान्त पुस्तक प्रकाशनका व्यवस्थापक महेश शर्मा र नम्रता अर्यात शर्माले पुस्तकहरू हस्तान्तरण गरेका हुन् । ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालय विकास र विस्तार’ भन्ने मूलनाराका साथ मनाइरहेको १४ औँ पुस्तकालय दिवसका अवसरमा आफूहरूले सार्वजनिक पुस्तकालाय समुदायस्तरमा पुगोस् भन्ने चाहेको दीक्षान्त प्रकाशनका व्यवस्थापक महेश शर्माले बताए ।

हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि कुमार ढकालले गरेका थिए भने कार्यक्रममा विव्यस सदस्य तथा प्रधानाध्यापक तथा विद्यालयका शिक्षकहरूसमेत उपस्थित रहेका थिए ।



कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले पुस्तकको महत्वमाथि प्रकाश पार्दै हस्तान्तरित सामग्रीले पुस्तकालय स्थापनामा सहयोग पुग्ने बताए । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकालले सामाग्री वितरण गरेकोमा दीक्षान्त प्रकाशनलाई आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै दीक्षान्त पुस्तक प्रकाशनका व्यवस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि महेश शर्माले सहयोग गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको र आगामी दिनमा यस्तै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।



प्रकाशनले विद्यालयलाई १ लाख ६८ हजार बराबरको पुस्तक तथा शैक्षिक सामग्री वितरण गरेकाे दीक्षान्त पुस्तक प्रकाशनकी वितरक नम्रता अर्याल शर्माले बताइन् । हस्तान्तरित सामग्रीमा शब्दकोश, सामान्य ज्ञान, विभिन्न तहका पाठ्यपुस्तक, विभिन्न साहित्यिक कृतिहरू, शिक्षा तथा अन्य विभिन्न क्षेत्रका ऐन नियम तथा संविधान र विभिन्न स्टेसनरीहरू रहेको उनले बताइन् ।



 

The post दीक्षान्त प्रकाशनद्वारा विद्यालयलाई डेढ लाख बढी मूल्य बराबरका पुस्तक वितरण appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5611/feed 0 5611
SEE र कक्षा १२ काे परीक्षा स्थगित https://www.yugdarpan.com/archives/5377 https://www.yugdarpan.com/archives/5377#respond Mon, 10 May 2021 04:52:42 +0000 http://www.yugdarpan.com/?p=5377 काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको

The post SEE र कक्षा १२ काे परीक्षा स्थगित appeared first on युग दर्पण.

]]>
काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको बोर्डका सदस्यले बताए । जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि अन्यौलमा छ । परीक्षा हुन महिना दिन बाँकी छ तर महामारीले पठनपाठन बन्द छ भने अधिकांश जिल्ला निषेधाज्ञामा छन् । करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् ।

यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ । गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो ।

त्यस्तै बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

The post SEE र कक्षा १२ काे परीक्षा स्थगित appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5377/feed 0 5377
बीमा कम्पनीप्रति आक्रामक बने अध्यक्ष शिलवाल, संस्थागत शुसाशनमा कम्पनी बसेको पाइएन https://www.yugdarpan.com/archives/5227 https://www.yugdarpan.com/archives/5227#respond Tue, 13 Apr 2021 12:07:35 +0000 http://www.yugdarpan.com/?p=5227 काठमाडौं । बीमा समितिका अध्यक्ष शुर्यप्रसाद सिलवाल बीमा कम्पनीहरुप्रति आक्रामक बनेका छन । मंगलबार सगरमाथा इन्स्योरेन्स कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई किरा मर्नेगरी गाली गरेका छन । समितिको अध्यक्ष बनेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका सिलवालले बीमा कजारमा ज्यादै विकृती रहेको भन्दै यसअघिका व्यावस्थापनको कमजोरी रहेको बताए । उनले अहिलेपनि बीमा कजारमा अण्डरकटिङ ज्यादै रहेको बताए । बीमा समिति र बीमा कम्पनीविच सहमतीमा रेट निर्धारण हुन्छ तर

The post बीमा कम्पनीप्रति आक्रामक बने अध्यक्ष शिलवाल, संस्थागत शुसाशनमा कम्पनी बसेको पाइएन appeared first on युग दर्पण.

]]>
काठमाडौं । बीमा समितिका अध्यक्ष शुर्यप्रसाद सिलवाल बीमा कम्पनीहरुप्रति आक्रामक बनेका छन । मंगलबार सगरमाथा इन्स्योरेन्स कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई किरा मर्नेगरी गाली गरेका छन ।

समितिको अध्यक्ष बनेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका सिलवालले बीमा कजारमा ज्यादै विकृती रहेको भन्दै यसअघिका व्यावस्थापनको कमजोरी रहेको बताए । उनले अहिलेपनि बीमा कजारमा अण्डरकटिङ ज्यादै रहेको बताए । बीमा समिति र बीमा कम्पनीविच सहमतीमा रेट निर्धारण हुन्छ तर सो रेटभन्दा तल गएर कानुनलाइनै वर्खिलाप हुनेगरी किन काम भैरहेको छ भन्दै उनले कम्पनीहरुलाई संस्थागत शुसाशनमा रहेर काम गर्न निर्देशन दिए
अहिले बीमा बजारमा उधारो बीमा पनि मौलाएको भन्दै अध्यक्ष सिलवालले उधारो बीमाको दावी कसरी भुक्तानी गर्न सकिन्छ रु उनको प्रश्न थियो । बीमाको बजार बढ्न अर्को महत्वपुर्ण पक्ष दावीमा चुस्तता रहेको ठम्याई रहेको छ । बीमा गर्ने दावी चाँही भुत्तानी नगर्ने प्रबृतिले बीमा बजारमा नकारात्मक चर्चा बढेको बताए ।


अध्यक्ष सिलवालले ठुला बीमा सेटिङमा हुने गरेको भन्दै कानुनद्वरा वर्जित बीमा नगराउन निर्देशन दिए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको बजार २३।८ प्रतिसत पुगेको बताए । पौडेलले बीमाको विश्वसनियता दावीमा सरल प्रक्रियानै रहेको बताए ।

 

साभार:बिमा पोस्ट

The post बीमा कम्पनीप्रति आक्रामक बने अध्यक्ष शिलवाल, संस्थागत शुसाशनमा कम्पनी बसेको पाइएन appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5227/feed 0 5227
तीन हप्ता विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस https://www.yugdarpan.com/archives/5218 https://www.yugdarpan.com/archives/5218#respond Tue, 13 Apr 2021 08:55:44 +0000 http://www.yugdarpan.com/?p=5218 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तीमा २१ दिन बन्द गरी अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै मन्त्रालयले ठूला शहर र जनघनत्व बढी भएका स्थानमा अनलाइनमार्फत कक्षाा सञ्चालन गर्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अनलाइनपानालाई जानकारी दिए । उनले भने –‘ ठूला शहरमा कम्तीमा तीन हप्ता भौतिक कक्षा बन्द

The post तीन हप्ता विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस appeared first on युग दर्पण.

]]>
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तीमा २१ दिन बन्द गरी अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै मन्त्रालयले ठूला शहर र जनघनत्व बढी भएका स्थानमा अनलाइनमार्फत कक्षाा सञ्चालन गर्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अनलाइनपानालाई जानकारी दिए ।

उनले भने –‘ ठूला शहरमा कम्तीमा तीन हप्ता भौतिक कक्षा बन्द गरी अनलाइनमार्फत कक्षा व्यवस्थित गर्न सिफारिस गरेका छौँ । यसबारे मन्त्रीपरिषद र सिसिएमसीले निर्णय लिन्छ ।’ सबैतिर बन्द गर्नेभन्दा कोभिड देखिएका स्थानमा विद्यालय बन्द गर्ने गरी प्रस्ताव गरिएको उनको भनाइ छ ।

विद्यालय बन्द गरिएपनि अनलाइनमार्फत पठन पाठनलाई निरन्तरता दिन सकिने उनले बताए । मन्त्रालयले सिफारिस गरेपनि यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा निर्णय हुनुपर्नेछ ।

The post तीन हप्ता विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5218/feed 0 5218
प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास https://www.yugdarpan.com/archives/5190 https://www.yugdarpan.com/archives/5190#respond Sat, 03 Apr 2021 10:28:35 +0000 http://www.yugdarpan.com/?p=5190 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले

The post प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास appeared first on युग दर्पण.

]]>
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गर्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिनुभयो । उहाँका अनुसार ६२८ वटा सडक पुल (झोलुङ्गे) पुलबाहेक निर्माण भएका छन् ।

कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिनुभयो । यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण सङ्घीय सरकारले गरिरहेको छ । समारोहमा सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यको समेत उपस्थिति रहेको थियो ।

The post प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5190/feed 0 5190
ने.क.पा. को बोर्ड हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड https://www.yugdarpan.com/archives/4416 https://www.yugdarpan.com/archives/4416#respond Tue, 09 Mar 2021 05:51:19 +0000 http://www.yugdarpan.com/?p=4416 काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । सलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको

The post ने.क.पा. को बोर्ड हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड appeared first on युग दर्पण.

]]>
काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।


सलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको थियो ।

The post ने.क.पा. को बोर्ड हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4416/feed 0 4416
सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड https://www.yugdarpan.com/archives/4350 https://www.yugdarpan.com/archives/4350#respond Sun, 07 Mar 2021 10:52:57 +0000 http://www.yugdarpan.com/?p=4350 काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टीबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्दै ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

The post सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड appeared first on युग दर्पण.

]]>
काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टीबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए ।

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्दै ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

The post सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4350/feed 0 4350
सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ? https://www.yugdarpan.com/archives/4261 https://www.yugdarpan.com/archives/4261#respond Fri, 05 Mar 2021 09:41:18 +0000 http://www.yugdarpan.com/?p=4261 काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्र १ .दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं । २ .

The post सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ? appeared first on युग दर्पण.

]]>
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्र

१ .दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२ . नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३ .नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्र्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

अनलाइन खबर बाट साभार

The post सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ? appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4261/feed 0 4261