विज्ञान/प्रविधि Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/विज्ञान-प्रविधि www.yugdarpan.com Fri, 18 Nov 2022 13:11:09 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png विज्ञान/प्रविधि Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/विज्ञान-प्रविधि 32 32 178717794 मेयर हमालकाे सकृयतामा धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु https://www.yugdarpan.com/archives/7575 https://www.yugdarpan.com/archives/7575#respond Fri, 18 Nov 2022 13:10:35 +0000 http://www.yugdarpan.com/?p=7575 धनगढीः धनगढीको ट्राफिक चौराहादेखि विमानस्थल चोकसम्म स्मार्ट स्ट्रीट लाइट राख्न काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ६ लेन सडकमा २१३ वटा पोलमा ४३४ बत्ती जडान गरिने भएको हो। आज (शुक्रबार) देखि काम सुरु भएसँगै अबको तीन महिनाभित्र ६ लेन सडक झलमल्ल उज्यालो हुने र सडक दुर्घटनाको खतरा टर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा २ करोड ६८ लाख ६८ हजारको लागतमा स्मार्ट स्ट्रीट

The post मेयर हमालकाे सकृयतामा धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु appeared first on युग दर्पण.

]]>
धनगढीः धनगढीको ट्राफिक चौराहादेखि विमानस्थल चोकसम्म स्मार्ट स्ट्रीट लाइट राख्न काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ६ लेन सडकमा २१३ वटा पोलमा ४३४ बत्ती जडान गरिने भएको हो। आज (शुक्रबार) देखि काम सुरु भएसँगै अबको तीन महिनाभित्र ६ लेन सडक झलमल्ल उज्यालो हुने र सडक दुर्घटनाको खतरा टर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा २ करोड ६८ लाख ६८ हजारको लागतमा स्मार्ट स्ट्रीट लाइट जडान हुने छ।धनगढी उपमहानगरपालिकाको ६० प्रतिसत र नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग, राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिसत लागतमा स्मार्ट स्ट्रीट लाइटको काम सुरू भएको हो।

स्थानीय तह निर्वाचनका बेला धनगढी उपमहानगरपालिका प्रमुखको स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीलाई स्मार्ट सिटी बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए । उनको त्यही कुरालाई मतदाताले पत्याए र हमाल मेयरमा समेत निर्वाचित भए ।

मेयरमा निर्वाचित हमालले आफूले गरेको बाचा अनुरूप कार्यहरू गर्दै गइरहेकाे स्थानीयले बताएका छन् । त्यही बाचा अनुरूप कैलालीपुलदेखि हुलाकी मार्गको शून्यबिन्दु क्याम्पस रोडसम्मको सडक चौडा पार्ने कार्य थालिसकेका मेयरले आज मोहनापुल-अत्तरिया छ लेन सडकको धनगढी चौराहादेखि एयरपोर्ट मोडसम्म स्मार्ट स्ट्रीट लाइट जडानको शुभारम्भ गरेका छन् ।

The post मेयर हमालकाे सकृयतामा धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7575/feed 0 7575
टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साइनस काे सल्यक्रिया https://www.yugdarpan.com/archives/7516 https://www.yugdarpan.com/archives/7516#respond Fri, 21 Oct 2022 04:47:32 +0000 http://www.yugdarpan.com/?p=7516 धनगढी ,कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साईनस काे शल्यक्रिया भएको छ । जनरल सर्जन डा.नवीन चन्द्र भट्ट टीकापुर अस्पतालमा आउनुभएसँगै पहिलो पटक  पाइलोनाइड्ल साईनस काे लिम्बर्ग   फ्ल्याप बिधिबाट २४ बर्षक ा पूरूष काे शल्यक्रिया भएको हो ।   शल्यक्रिया पछि बिरामी ले अाफुले काठमाडौं का ठुला अस्पताल धाउदा समेत समयमै शल्यक्रिया हुन नसके का ले साेधपुछ गर्ने क्रममा वीर अस्पतालकै डा. नवीन चन्द्र भट्ट टिकापुर मा कार्यरत रहेकाे जानकारी पछी

The post टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साइनस काे सल्यक्रिया appeared first on युग दर्पण.

]]>
धनगढी ,कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साईनस काे शल्यक्रिया भएको छ ।

जनरल सर्जन डा.नवीन चन्द्र भट्ट टीकापुर अस्पतालमा आउनुभएसँगै पहिलो पटक  पाइलोनाइड्ल साईनस काे लिम्बर्ग   फ्ल्याप बिधिबाट २४ बर्षक ा पूरूष काे शल्यक्रिया भएको हो ।   शल्यक्रिया पछि बिरामी ले अाफुले काठमाडौं का ठुला अस्पताल धाउदा समेत समयमै शल्यक्रिया हुन नसके का ले साेधपुछ गर्ने क्रममा वीर अस्पतालकै डा. नवीन चन्द्र भट्ट टिकापुर मा कार्यरत रहेकाे जानकारी पछी सिधै टिकापुर अस्पताल पुगेकाे र छाेटाे समयमै शल्यक्रिया गर्न पाएकाे ले खुसि ब्यक्त गर्नु भयाे ।                                                    टिकाटपुरमै  पाइलोनाइड्ल साईनस काे शल्यक्रिया हुन थालेपश्चात्  उक्त  समस्या भाेगिरहेका बिरामीले   नेपालगंज, काठमाडौँ र छिमेकी देश भारत जानुपर्ने बाध्यता हटेको छ ।

पाइलोनाइड्ल साईनस काे  अप्रेसन  लिम्बर्ग  फ्ल्याप वधि  बाट गरिएकाे    जनरल सर्जन डा.भट्टले बताउनुभयो ।

टीकापुर अस्पतालबाट अब हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पत्थरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत तथा पानी भरिएको लगायतका समस्याको पनि शल्यक्रिया हुने भएको छ ।

The post टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साइनस काे सल्यक्रिया appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7516/feed 0 7516
काे काे थिए सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना https://www.yugdarpan.com/archives/7171 https://www.yugdarpan.com/archives/7171#respond Sun, 29 May 2022 12:42:06 +0000 http://www.yugdarpan.com/?p=7171 पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो। नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए। को को थिए यात्रु? १.वाजभवी बन्देकर                                               

The post काे काे थिए सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना appeared first on युग दर्पण.

]]>
पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो।

नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए।
को को थिए यात्रु?

१.वाजभवी बन्देकर                                                        २.इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६  धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा

The post काे काे थिए सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7171/feed 0 7171
अधक्ष्य प्रचण्ड ले गरे पूर्वी चितवन १३२ केभी सबस्टेसन को उद्घाटन https://www.yugdarpan.com/archives/6890 https://www.yugdarpan.com/archives/6890#respond Wed, 30 Mar 2022 09:35:09 +0000 http://www.yugdarpan.com/?p=6890 काठमाडौं । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२-३३-११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको छ । चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२

The post अधक्ष्य प्रचण्ड ले गरे पूर्वी चितवन १३२ केभी सबस्टेसन को उद्घाटन appeared first on युग दर्पण.

]]>
काठमाडौं । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२-३३-११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको छ ।
चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकालिएको ९ीष्लभ क्ष्ल ीष्लभ इगत(ीक्ष्ीइ० छ । हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले विगतमा आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशत्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले विद्युत निर्यात गर्ने अवस्थामा पुगिएको बताउनुभयो ।
‘विगतमा दैनिक १५÷१६ घण्टाको लोडसेडिङको जटिल र चुनौतपूर्ण अवस्थामा रहेर प्रताडीत थियौं,तर हामीले लोडसेडिङ आश्चर्यजनक रुपमा हटाएर त्यसलाई इतिहास बनाएका छौं, अहिले मुलुक लोडसेडिङमुक्त मात्र नभएर खपत गरेर जगेडामा रहेको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं,’उहाँले भन्नुभयो । ‘इच्छाशक्तिसहित इमान्दारिताका साथ काम गरिएमा असम्भव भनिएको काम गर्न सकिंदो रहेछ भन्ने पुष्टि भएको छ, लोडसेडिङ अन्त्यसँगै चुलोचौका, उद्योग, यातायातलगायतका हरेक क्षेत्रमा विद्युत प्रयोग गर्ने अवस्था सिर्जना भएको छ, यसले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा ठूलो सकारात्मक प्रभाव पारेको छ ।


उहाँले मलुकका मुख्य सहर तथा औद्योगिक क्षेत्रहरुमा ५० वर्षसम्मको विद्युत मागलाई धान्ने गरी विद्युतीय संरचनाको पूर्वाधार निर्माण गर्न आग्रह गर्नुभयो ।
चितवनबाट संघीय सांसद समेत रहनु भएका प्रचण्डले पूर्वी चितवन सबस्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयलाई अनुरोध गर्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउन विद्युतको महसुल सस्तो बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘पेट्रोलियम पदार्थको मूल्य बढेर धान्न नसक्ने अवस्था छ, त्यसैले पेट्रोलियम पदार्थभन्दा करिब ४०÷५० प्रतिशत सस्तो विद्युत हरेक क्षेत्रमा प्रयोग गरौं ।’
कार्यक्रममा प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य भएको बताउनुभयो ।
सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभीए क्षमतार ३३÷११ केभी, १६.६ एमभिए क्षमताका एक÷एक ओटा पावर ट्रान्सफर्मर रहेका छन् ।
सबस्टेसनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट करिब ४० हजार ग्राहक लाभान्वित भएका छन् ।
यस सबस्टेसनबाट चितवनकै पर्सा सबस्टेसनमा जोडी कालिका र रत्ननगर नगरपालिकामा विद्युत आपूर्ति ३३ केभी नयाँ लाइन निर्माण भइरहेको छ । सबस्टेसनदेखि चैनपुरसम्म निर्माण गर्नु पर्ने साढे ८ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा स्थानीय बासिन्दाको अवरोध रहेको प्राधिकरण,प्रसारण निर्देशनालयका उपकार्यकारी दीर्घायुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले स्थानीय, जनप्रतिनिधि, प्रशासन लगायतबीच पटक–पटक छलफल गरिएको भएता पनि समस्या समाधान हुन नसकेको उल्लेख गर्नुभयो ।
पूर्वी चितवन सबस्टेसन निर्माण २०७५को जेठबाट सुरु भएको थियो ।

 

The post अधक्ष्य प्रचण्ड ले गरे पूर्वी चितवन १३२ केभी सबस्टेसन को उद्घाटन appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6890/feed 0 6890
ऊर्जामन्त्रीबाट १३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन https://www.yugdarpan.com/archives/6883 https://www.yugdarpan.com/archives/6883#respond Mon, 28 Mar 2022 13:53:05 +0000 http://www.yugdarpan.com/?p=6883 लाहाचोक (कास्की, १४ चैत २०७८ । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ«े गाउँपालिका–४मा निर्माण गरिएको १३२ लाहाचोक सबस्टेसन उद्घाटन गर्नुभएको छ । सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे

The post ऊर्जामन्त्रीबाट १३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन appeared first on युग दर्पण.

]]>
लाहाचोक (कास्की, १४ चैत २०७८ । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ«े गाउँपालिका–४मा निर्माण गरिएको १३२ लाहाचोक सबस्टेसन उद्घाटन गर्नुभएको छ ।
सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चारवटा ११ केभीका फिडरहरु रहेका छन् ।


नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा रहेको सबस्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । नयाँ मोदी १३२ केभी स्वीचिङ स्टेसनमार्फत मोदी जलविद्युत केन्द्र हुँदै लाहाचोक सबस्टेसन राष्ट्रिय ग्रिडमा जोडिएको छ । साथै सबस्टेसनबाट हेम्जा ३३÷११ केभी सबस्टेसन पनि जोडिने छ ।
लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत आपूर्ति दिइएको छ । यसवाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखरावाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । अब लाहाचोक सबस्टेशनवाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाएका छन् । विद्युतको प्राविधिक चुहावट समेत घटेको छ ।
पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती,मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण सुरु गरिएको हो । कुल अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र आयात निर्यात (एक्जिम) बैक भारतको सहुलियतपूर्ण ऋण रहेको छ ।
कार्यक्रममा मन्त्री भुसालले विगतमा वत्ति बाल्ने कुरा मात्रैै चर्चा हुने गरेकोमा अब उद्योग कलकारखाना, यातायातलगायतका सबै क्षेत्रमा विद्युतको उपभोग गर्ने अवस्थामा पुगिएको र नेपाल ऊर्जामा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेको बताउनुभयो ।
आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत निर्यात गरी नेपालले बेहोरिरहेको व्यापार घाटा कम गरिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले हिउँदका केही महिना मात्र विद्युत आयात गर्नु पर्ने अवस्था रहेको बताउनुभयो ।
‘नदीमा पानीको वहावका आधारमा विद्युत उत्पादन हुने आयोजना बढी रहेकाले वर्खामा धेरै विद्युत उत्पादन हुने र हिउँदमा कम हुने अवस्था छ, हिउँदको माग धान्न केही महिना मात्र आगामी वर्ष विद्युत आयात गर्नु पर्छ’, उहाँले भन्नुभयो । ‘वर्खामा बढी भएको विद्युत निर्यातका लागि छिमेकी मुलुकसँग विद्युत व्यापार बृद्धिका लागि सकारात्मक छलफल भइरहेको छ, छिट्टै निश्कर्षमा पुग्नेछौं ।’
उहाँले प्रसारण लाइन आयोजनाबाट प्रभावितलाई पनि लाभ दिलाउने विषयमा नीतिगत निर्णय गर्न लागिएको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रसारण लाइन निर्माणमा स्थानीयले उठाएको वास्तविक समस्यालाई सम्बोधन गरी आयोजना निर्माण गरिनु पर्नेमा जोड दिनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले आयोजनाप्रति स्थानीयको अपनत्व बढाउन निर्माणका क्रममा स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गरिने बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति गुणस्तरीय तथा भरपर्दो भएको र यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा प्रवाह गर्न पूर्वाधार तयार भएको बताउनुभयो । भारतको विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसुदनन्ले प्रसारण लाइन तथा सबस्टेसनको निर्माण नेपाल र भारतबीचको सहयोग मात्रै नभएर महत्वपूर्ण क्षेत्रमा विकास साझेदारी भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारतको सहयोग र साझेदारीमा निरन्तरता रहने प्रतिबद्धता जनाउनुभयो ।
एक्जिम बैकका महाप्रवन्धक सरोज कुण्टियाले बैंकले नेपालमा विगत १६÷१७ वर्षदेखि सहयोग गरिरहेको उल्लेख गर्दे प्रसारण लाइन र सबस्टेसनको निर्माणले स्थानीय समुदायलाई पनि लाभ दिने बताउनुभयो ।
माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले यस क्षेत्रमा १४३ मेगावाट विद्युत उत्पादन हुने सम्भावना रहेको बताउँदै आयोजना निर्माणमा स्थानीयको पीरमर्कालाई उचित सम्बोधन गर्न आग्रह गर्नुभयो ।
नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ मोदीमा १३२ केभी स्वीचिङ सबस्टेसन, लाहाचोकमा नयाँ सबस्टेसन र लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइनको बे निर्माण कार्य सम्पन्न भएको छ । सबस्टेसन निर्माणका लागि हिताची इनर्जी लिमिटेड (एबिबी), भारतसँग ठेक्का सम्झौता भएको थियो ।
प्रसारण लाइन निर्माणका लागि कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो । आयोजना अन्र्तगत नयाँ मोदी–लाहाचोक प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भई लाइन सञ्चालनमा आइसकेको छ भने लाहाचोक–लेखनाथ खण्ड निर्माणाधीन छ । लाहाचोक–लेखनाथ खण्डमा पर्ने ७५ वटा टावरमध्ये १९ वटाको निर्माण बाँकी छ ।
माच्छापुच्छ«े गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै अवरोध गरेका कारण निर्माण प्रभावित भएको छ । प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर रहेको छ ।

 

 

The post ऊर्जामन्त्रीबाट १३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6883/feed 0 6883
अन्तरिक्षमा ९० दिन बसेका तीन चिनियाँ यात्री पृथ्वी फिर्ता https://www.yugdarpan.com/archives/5914 https://www.yugdarpan.com/archives/5914#respond Sat, 18 Sep 2021 23:26:43 +0000 http://www.yugdarpan.com/?p=5914 एजेन्सी । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्। उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए। चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखाउँछ । न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १:३५ भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण

The post अन्तरिक्षमा ९० दिन बसेका तीन चिनियाँ यात्री पृथ्वी फिर्ता appeared first on युग दर्पण.

]]>
एजेन्सी । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्। उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए।

चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखाउँछ । न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १:३५ भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन्। सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो ।

पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक थियो।

अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म ‘अन्तरिक्षमा हिँड्ने’ काम गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ।

उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ ।

The post अन्तरिक्षमा ९० दिन बसेका तीन चिनियाँ यात्री पृथ्वी फिर्ता appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5914/feed 0 5914
क्यान्सर हुनबाट जोगाउने टुसा उमारिएको गेडागुडी खाँदा हुन्छ यति धेरै फाइदाहरु ! https://www.yugdarpan.com/archives/5641 https://www.yugdarpan.com/archives/5641#respond Wed, 08 Sep 2021 08:21:30 +0000 http://www.yugdarpan.com/?p=5641 हामिले दैनिक खाने खाना नै स्वास्थ्य हो । खानपानले विभिन्न रोग निम्त्याउँछ भने केही रोग निको पार्न वा लाग्न पनि दिँदैन ।त्यसेैले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । स्वस्थ रहन खानपानमा ख्याल गर्नुपर्छ । शरीरलाई आवश्यक पर्ने तत्वको पूर्ति हुने गरि भोजन गर्नुपर्छ । टुसा उमारिएको गेडागुडीलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ । गेडागुडी उमार्दा यसमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ

The post क्यान्सर हुनबाट जोगाउने टुसा उमारिएको गेडागुडी खाँदा हुन्छ यति धेरै फाइदाहरु ! appeared first on युग दर्पण.

]]>
हामिले दैनिक खाने खाना नै स्वास्थ्य हो । खानपानले विभिन्न रोग निम्त्याउँछ भने केही रोग निको पार्न वा लाग्न पनि दिँदैन ।त्यसेैले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । स्वस्थ रहन खानपानमा ख्याल गर्नुपर्छ । शरीरलाई आवश्यक पर्ने तत्वको पूर्ति हुने गरि भोजन गर्नुपर्छ ।

टुसा उमारिएको गेडागुडीलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ । गेडागुडी उमार्दा यसमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्वहरु उत्पन्न हुन्छन् र सुपाच्य बन्छन् ।

यसलाई काँचै वा पकाएर पनि खान सकिन्छ । उमारिएका गेडागुडीमा कार्वोहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् । उमार्दा खाद्य पदार्थमा हुनसक्ने अखाद्य तत्व पनि नष्ट भएर जाने गर्दछ । उमारिएको गेडागुडीमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ ।

घाउहरू चाँडै निको पार्छ र हर्मोन, इन्जाइम्स् र एन्टिबडी बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । उमारिएको गेडागुडीमा एन्टिअक्सिडेन्ट तत्वहरू बढी मात्रामा पाइने भएकाले फ्रिराडिकल्सको असरबाट हुने थुप्रै रोगबाट बच्छ सक्छौँ ।

अंकुरित मेथीले मधुमेह र वाथ रोगमा फाइदा गर्छ । महिलाहरूमा महि(ना(वारी रोकिएपछि हुने हड्डी कमजोर हुने, शरीर तात्ने, पसिना आउने, स्तन क्यान्सर जस्ता समस्यालाई समेत नियन्त्रण गर्न मद्दत गर्दछ ।

The post क्यान्सर हुनबाट जोगाउने टुसा उमारिएको गेडागुडी खाँदा हुन्छ यति धेरै फाइदाहरु ! appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5641/feed 0 5641
यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य एक पटक अबस्य पढ्नुहोस https://www.yugdarpan.com/archives/5497 https://www.yugdarpan.com/archives/5497#respond Wed, 19 May 2021 02:55:38 +0000 http://www.yugdarpan.com/?p=5497 हिन्दू धर्ममा विष्णुसहस्रनाम सबभन्दा पवित्र स्तोत्रमध्येको एक हो । यसलाई पाठ र मनन गर्दा इच्छाहरू पूर्ण हुन्छन् । सबैलाई यो लामो मन्त्र पढ्न फुर्सद नहुन सक्छ । त्यसैले तल दिइएको मन्त्र पढ्दा मात्र पनि विष्णुसहस्रनामको पाठबराबरको फल प्राप्त हुन्छ । मोस्त्वनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षिशिरोरुबाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगाधारिणे नम स् । जीवनमा आइपर्ने कुनै पनि किसिमका बाधाहरूबाट छुटकारा पाउनका लागि प्रतिदिन बिहानबिहानै यो मन्त्र जप गर्नुस् ।

The post यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य एक पटक अबस्य पढ्नुहोस appeared first on युग दर्पण.

]]>
हिन्दू धर्ममा विष्णुसहस्रनाम सबभन्दा पवित्र स्तोत्रमध्येको एक हो । यसलाई पाठ र मनन गर्दा इच्छाहरू पूर्ण हुन्छन् । सबैलाई यो लामो मन्त्र पढ्न फुर्सद नहुन सक्छ । त्यसैले तल दिइएको मन्त्र पढ्दा मात्र पनि विष्णुसहस्रनामको पाठबराबरको फल प्राप्त हुन्छ ।
मोस्त्वनन्ताय सहस्रमूर्तये
सहस्रपादाक्षिशिरोरुबाहवे
सहस्रनाम्ने पुरुषाय शाश्वते
सहस्रकोटि युगाधारिणे नम स् ।

जीवनमा आइपर्ने कुनै पनि किसिमका बाधाहरूबाट छुटकारा पाउनका लागि प्रतिदिन बिहानबिहानै यो मन्त्र जप गर्नुस् ।

The post यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य एक पटक अबस्य पढ्नुहोस appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5497/feed 0 5497
जान्नुहोस बिहिबार जन्मिएका मानिसको भाग्य कस्तो हुन्छ https://www.yugdarpan.com/archives/5491 https://www.yugdarpan.com/archives/5491#respond Wed, 19 May 2021 01:54:05 +0000 http://www.yugdarpan.com/?p=5491 काठमाडौ । बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । तपाई सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ । स्वतन्त्रता तपाईलाई

The post जान्नुहोस बिहिबार जन्मिएका मानिसको भाग्य कस्तो हुन्छ appeared first on युग दर्पण.

]]>
काठमाडौ । बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । तपाई सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ । तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
तपाई स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ । बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

The post जान्नुहोस बिहिबार जन्मिएका मानिसको भाग्य कस्तो हुन्छ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5491/feed 0 5491
यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन https://www.yugdarpan.com/archives/5487 https://www.yugdarpan.com/archives/5487#respond Tue, 18 May 2021 15:43:20 +0000 http://www.yugdarpan.com/?p=5487 ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको

The post यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन appeared first on युग दर्पण.

]]>
ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।

मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।
आइतबारः
पुरुष : आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

स्त्री : आइतबार जन्मिने स्त्री दान(पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।
सोमबारः
पुरुष स् सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

स्त्री : सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः
पुरुष : मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

स्त्री : ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः
पुरुष : बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री : बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः
पुरुष : विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री : जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः
पुरुष : शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।

स्त्री : कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः
पुरुष : जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री स्नि:बार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

The post यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5487/feed 0 5487