एनसेलसँग रु ६० अर्ब कर असुल्ने तयारीमा सरकार
दूरसञ्चार सेवा प्रदायक एनसेललाई ठूला करदाता कार्यालयले स्वामित्व परिवर्तनबापत रु। ६० अर्ब प्रारम्भिक कर निर्धारण गरेको छ । आयकर ऐनको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको आधारमा करदाता कार्यालयले यो परिमाणमा एनसेलमाथि कर लगाउने निर्णय गरेको हो । पाँच वर्षअघि २०७२ सालमा एनसेलको स्वामित्व टेलियासोनेराबाट मलेसियन कम्पनी आजियटामा सरेको थियो। यसरी स्वामित्व परिवर्तन हुँदा सरकारले पुँजीगत लाभकर लगाएसके पनि आयकर ऐनको दफा ५७ बमोजिम नियन्त्रणमा परिवर्तनबापत करीब रु। ६० अर्ब कर प्रारम्भिक कर