रचना Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/रचना www.yugdarpan.com Mon, 04 Jan 2021 14:51:04 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png रचना Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/रचना 32 32 178717794 यी हुन् प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकका निर्णय https://www.yugdarpan.com/archives/3699 https://www.yugdarpan.com/archives/3699#respond Mon, 04 Jan 2021 14:51:04 +0000 http://www.yugdarpan.com/?p=3699 काठमाडौं। नेकपाको पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ। यसअघि संघर्ष समितिको सह–संयोजकमा योगेश भट्टराई मात्रै थिए। बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध अन्य पार्टीहरूलाई जोडेर संयुक्त संघर्षको पहल जारी राख्ने निर्णय गरेको संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यो समूहले शनिबार दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको

The post यी हुन् प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकका निर्णय appeared first on युग दर्पण.

]]>
काठमाडौं। नेकपाको पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ। यसअघि संघर्ष समितिको सह–संयोजकमा योगेश भट्टराई मात्रै थिए।

बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध अन्य पार्टीहरूलाई जोडेर संयुक्त संघर्षको पहल जारी राख्ने निर्णय गरेको संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यो समूहले शनिबार दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो।

प्रवक्ता श्रेष्ठका अनुसार सांगठनिक कामलाई सम्पन्न गर्न सुझाव दिनका लागि नेपालको नेतृत्वमा गृहकार्य टिम बनाएको छ। गृहकार्य टीममा अष्टलक्ष्मी शाक्य, गिरिराजमणी पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणी पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत छन्। यो टिमले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठनको बारेमा र पार्टी संगठनको एकीकरणको काम सम्पन्न गर्न सुझाव दिनेछ। त्यसका लागि एक हप्ताको समयसीमा तोकिएको छ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुई जना प्रदेश इञ्चार्जलाई हटाएको छ।

सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले शंकर पोखरेललाई लुम्बिनी प्रदेश इञ्चार्ज र पृथ्वीसुब्बा गुरुङलाई गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। दुवै इञ्चार्ज प्रधानमन्त्री ओली समूहका हुन्।

यस्तै, बैठकले लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी युवराज ज्ञवाली र गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई दिएको स्थायी कमिटी सदस्य डा। बेदुराम भुसालले जानकारी दिए।

यस्तै, बैठकले गण्डकी प्रदेशका सहइञ्चार्ज किरण गुरुङलाई पनि हटाएको छ। गण्डकी प्रदेश सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको भुसालले जानकारी दिए।

साभार लोकपाटी न्यूज

The post यी हुन् प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकका निर्णय appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3699/feed 0 3699
अधिकारीको ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ https://www.yugdarpan.com/archives/1701 https://www.yugdarpan.com/archives/1701#respond Fri, 04 Sep 2020 05:56:16 +0000 http://www.yugdarpan.com/?p=1701 काठमाडौँ । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् । धादिङ, नीलकण्ठ– ७ मा जन्मिएका कवि वासुदेव अधिकारीको पछिल्लो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ यसैको एक उदाहरण हो । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित सो ‘बस्तीमा

The post अधिकारीको ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ appeared first on युग दर्पण.

]]>
काठमाडौँ । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् ।

धादिङ, नीलकण्ठ– ७ मा जन्मिएका कवि वासुदेव अधिकारीको पछिल्लो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ यसैको एक उदाहरण हो । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित सो ‘बस्तीमा आगो’ मा लामा र छोटा ६१ कविता छन् । सबै कोरोना महामारी र परिवेशसँग जोडिएका कविता हुन् । प्रखर व्यङ्ग्यचेतभित्र सरल र सन्देशयुक्त कविता लेख्न सक्ने साहित्यिक पत्रकारितामा पनि संलग्न कवि अधिकारीको सङ्ग्रहमा कोरोनाले विश्वव्यापी प्रभाव जमाउन सक्नुमा मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार रहेको अभिव्यक्त गरिएको छ ।

कवितामा सङ्क्रमित मानिसलाई गरिने असामाजिक र अपमानजनक व्यवहार अमानवीय भएको तथा महामारीबाट बच्न हरेक नागरिकले स्वास्थ्य सुरक्षाका लागि आफ्नो कर्तव्य पालना नगरी सरकार वा कुनै एक पक्षलाई मात्रै जिम्मेवार देख्ने प्रवृत्ति गलत रहेको कवितामा प्रकट गरिएको छ । रुघाखोकीका रुपमा अर्थ लगाइएपनि कोभिड –१९ संसारभर आगोसरी फैलिएको र यसको रोकथाममा सबैको एकताबद्ध र जिम्मेवार पहलका लागि सङ्ग्रहले आह्वान गरेको छ ।

हाल नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष कवि अधिकारीका यसअघि ‘समयका स्वरहरु’ ९कविता०, ‘मनको हरियो मनको गीत’ ९गीत०, ‘आफन्तलाई सम्बोधन’ ९कविता०, ‘युरोस्पर्श’ ९कविता० ९नेपाल भाषामा पनि अनुदित० र ‘गायब सभामुख’ ९कविता० सङ्ग्रह प्रकाशित छन् ।

The post अधिकारीको ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/1701/feed 0 1701
राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको फाइनल सम्पन्न https://www.yugdarpan.com/archives/1439 https://www.yugdarpan.com/archives/1439#respond Sun, 30 Aug 2020 09:17:11 +0000 http://www.yugdarpan.com/?p=1439 काठमाडौँ । ग्रिन कमाण्डो अर्थ (जिसीई) द्वारा आयोजित राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको फाइनल सम्पन्न भएको छ । ४ प्रतियोगी बिच भएको प्रतिस्पर्धाको सञ्चालन बर्षा राउत र आदर्श खतिवडाले ले गरेका थिए । वातावरणणीय एवम् आर्थिक पक्षलाई विषयवस्तु बनाएर आयोजना गरिएको वादविवाद फाईनल प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणको “निजगढ विमानस्थल : बिकास कि विनास” भन्ने बिषयमा भएको प्रतियोगिताबाट आफ्ना गहकिला र दमदार तर्क तथा प्रस्तुति देखाउँदै समृद्धि देव

The post राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको फाइनल सम्पन्न appeared first on युग दर्पण.

]]>
काठमाडौँ । ग्रिन कमाण्डो अर्थ (जिसीई) द्वारा आयोजित राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको फाइनल सम्पन्न भएको छ । ४ प्रतियोगी बिच भएको प्रतिस्पर्धाको सञ्चालन बर्षा राउत र आदर्श खतिवडाले ले गरेका थिए ।

वातावरणणीय एवम् आर्थिक पक्षलाई विषयवस्तु बनाएर आयोजना गरिएको वादविवाद फाईनल प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो।

पहिलो चरणको “निजगढ विमानस्थल : बिकास कि विनास” भन्ने बिषयमा भएको प्रतियोगिताबाट आफ्ना गहकिला र दमदार तर्क तथा प्रस्तुति देखाउँदै समृद्धि देव र शुभेच्छा अर्याल अर्को चरणमा पुगेका थिए।

त्यस्तै आर्थिक तथा अहिलेको जल्दोबल्दो बिषय “विद्दुतिय गाडिमा करस् आर्थिक संकटको बेलाको आवश्यकता कि वैकल्पिक उर्जाको प्रवर्दनमा एउटा उल्टो कदम” भन्ने बिषयमा दोस्रो चरण सम्पन्न भएको थियो।प्रतियोगीहरूको कडा प्रतिस्पर्धा बिचमा फाइनलको ४ जनाहरू मध्ये दुई चरण पार गर्दै समृद्धि देव राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको बिजेता बन्न सफल भएकी छिन्।

हौसला स्वरूप आयोज कमिटिले प्रथम हुनुभएको प्रतियोगिलाई रू २००० नगद सहित प्रमाणपत्र , द्वितीय हुनु भएको लाई
रू १२०० नगद सहित प्रमाणपत्र साथै अन्य दुई फाईनलिस्ट तथा सेसन बिजेताहरूलाई २०० को खल्ती कुपन साथै प्रमाणपत्र तथा जि।सि।ई। सँग मिलेर काम गर्ने अबसर प्रदान गरिने कुरा आयोक कमिटिले निर्णय गरेको कुरा आशिस लामिछानेले बताएका थिए।

कार्यक्रममा निर्णायकको भूमिका रहनुभएका शुनिल मानन्धर (पूर्व बन तथा वातावरण मन्त्री) र प्रमिशा थपलिया (कृषि तथा जलवायु परिवर्तन अभियान्ता) ले बिजेतालाई लाई आगामी दिनको लागि शुभकामना तथा प्रतिस्पर्धा बाट बाहिरिएका लाई पनि असफलता नै सफलताको सुचक सम्झदै अगाडि बढ्न हौसला प्रदान गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सेवा नेपालको अध्यक्ष कल्याणी शाहा हुनुहुन्थ्यो भने बिशेष अतिथिका रूपमा गणेश शाहा (पूर्व बन मन्त्री )  हुनुहुन्थ्यो ।

शाथै मन्तव्यको क्रममा पूर्व मन्त्री शाहाले युवाहरूले आफुसँग भएको ज्ञानलाई व्यबहारमा परिणत गर्दै लैजानुपर्ने र वातावरण सम्बन्धि चुनौती र समस्यालाई ध्यानमा राखेर युवाहरूलाई अगाडि बढ्न आग्रह गर्नुभयो।

करिब १०० जना को उपस्थितिमा जुम मार्फत संचालन गरिएको यस कार्यक्रमको समापन कार्यक्रमका सभापति जिसीई का प्रोजेक्ट हेड तथा संस्थापक अध्यक्ष आशिष लामीछाने ज्यूले यो केहि क्षणको मात्र प्रतिस्पर्धा रहेकोले यसलाई जीवनको प्रतिस्पर्धा नसम्झन र आगामी दिनमा पनि हजुरहरूको प्रतिभालाई प्रष्फुटन गर्दै जानुस् भन्ने सल्लाहा दिदै कार्यक्रमको समापन गरेका थिए।

The post राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको फाइनल सम्पन्न appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/1439/feed 0 1439
बेलायत उत्रिए नेपाल आइडल विजेता https://www.yugdarpan.com/archives/131 https://www.yugdarpan.com/archives/131#respond Fri, 03 Nov 2017 07:18:28 +0000 http://eaawaj.com/?p=131 कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’ नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत

The post बेलायत उत्रिए नेपाल आइडल विजेता appeared first on युग दर्पण.

]]>
कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’

नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत पनि गाउने योजना छ । सकेसम्म दर्शकलाई भरपुर मनोरन्जन गराउनेछु ।’

आफूलाई जिताउन बेलायतका नेपालीले गरेको सहयोगप्रति उनी कृतज्ञ थिए । अहिले सेलिब्रेटी बन्दा जति खुशी छन् उनी, चुनौति थपिएकामा चिन्तित पनि उत्तिकै । ‘आफ्नो करिअर यसैमा स्थापित गर्न मलाई च्यालेन्ज छ त्यसैले गम्भीर भएर लाग्नेछु’, उनले भने ।

लामासँगै बेलायत उत्रिएका फस्ट रनरअप निसान

भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राईलाई पनि यहाँको कन्सर्ट कौतुहलपूर्ण छ । उनीहरु सकेसम्म फरक स्वाद पस्कन उत्सुक छन् । नेपाल आइडल टिमसंगै कन्दराका गायक विवेक श्रेष्ठ र होस्ट सुशील नेपाल पनि लन्डन आइपुगेका छन् ।

गायक श्रेष्ठको भूमिका यसपटक मेन्टरका रुपमा छ । ‘गायनअघि प्रशिक्षण दिने कुरा नेपालका लागि नौलो प्रयोग हो’, २४ वर्षदेखि गायनमा सक्रिय श्रेष्ठले भने, ‘नेपाल आइडल विजेताहरुलाई ग्रुमिङ, कोचिङ गर्ने मेरो जिम्मा छ । उनीहरु अप्रत्यासित रुपमा सफलताको शिखर चढे । यही सफलताबीच उनीहरुले सही मार्गदर्शन पाए अझ राम्रो गर्न सक्छन् र दर्शकको अपेक्षा पनि बढि छ ।’

नेपाल आइडल विजेताहरुको पहिलो शो शुक्रबार नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने तयारी छ ।

‘आइडल विजेताहरु सकुशल बेलायत आइपुगेका छन् । ऐतिहासिक कार्यक्रमको प्राविधिक तयारी पनि पुरा भइसकेको छ’, आयोजक मध्ये एक राजाराम गिरीले भने, ‘कार्यक्रममा हल डेकोरेसन, लाइभ म्यूजिक र स्क्रिन प्रोजेक्सनलेदर्शकलाई नेपाल आइडलकै झल्को दिनेछ ।’

संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर (मुख्य आयोजक) र पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामाकन्सर्टहुन लागेको हो ।

The post बेलायत उत्रिए नेपाल आइडल विजेता appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/131/feed 0 131
डीसीमा गायक शिव परियारको धमाका https://www.yugdarpan.com/archives/128 https://www.yugdarpan.com/archives/128#respond Fri, 03 Nov 2017 07:17:15 +0000 http://eaawaj.com/?p=128 २ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए । उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा

The post डीसीमा गायक शिव परियारको धमाका appeared first on युग दर्पण.

]]>
२ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् ।
उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए ।
उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा संक्षेपमा जानकारी गराएका थिए । साथै गीतले के भन्न खोजेको र परिस्थितिको बारेमा अर्थ लगाई गीत गाउदा दर्शकले अझ रमाइलो गरेका थिए । अन्य स्थानीय कलाकारहरुको गीत र नृत्य प्रस्तुति रहेता पनि उनको मुख्य प्रस्तुति हेर्न दर्शक तथा प्रशंसक आएका थिए ।

परियारले  “पिउदिन भन्दा भन्दै पिलायो साथीले, बेहोशी पछि त होसमा आउँदा क्या दामी भो, अल्लारे मै हो, कहाँ थियौ तिमी रङ्ग मन्च उठे पछि आयौ, रित्तो रित्तो छु भन्ने गीत गाएका थिए ।
उक्त कार्यक्रममा सबै उमेरका दर्शक र सहभागी भएका लाई नचाएका थिए । उनले निकै गीत गाउने सुरमा भएता पनि समय अभावको कारण करीब ५ वटा गीत गाएका थिए l
गायक परियारले यस पटक अमेरिकामा यस्तै रह्यो भन्दै अर्को बर्ष अमेरका आउदा एक सांगीतिक मण्डली लिएर आउने इच्क्षा व्यक्त गरे ।

The post डीसीमा गायक शिव परियारको धमाका appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/128/feed 0 128