मनोरञ्जन Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/मनोरञ्जन www.yugdarpan.com Thu, 16 May 2024 17:47:55 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png मनोरञ्जन Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/मनोरञ्जन 32 32 178717794 एनएमबी बैङ्कका ग्राहकलाई धनगढीकाे भाटभटेनीमा छुट र क्यास व्याक अफर https://www.yugdarpan.com/archives/7230 https://www.yugdarpan.com/archives/7230#respond Fri, 24 Jun 2022 16:57:46 +0000 http://www.yugdarpan.com/?p=7230 धनगढी ।एनएमबी बैंकले धनगढीमा रहेको भाटभटेनीमा किनमेल गरी ईएनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको हो । यो योजना असार १२ देखि असार १८ गतेसम्मका लागि धनगढी भाटभटेनीमा सञ्चालन हुने बैंकले जनाएको छ। एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ । धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी

The post एनएमबी बैङ्कका ग्राहकलाई धनगढीकाे भाटभटेनीमा छुट र क्यास व्याक अफर appeared first on युग दर्पण.

]]>
धनगढी ।एनएमबी बैंकले धनगढीमा रहेको भाटभटेनीमा किनमेल गरी ईएनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको हो ।

यो योजना असार १२ देखि असार १८ गतेसम्मका लागि धनगढी भाटभटेनीमा सञ्चालन हुने बैंकले जनाएको छ। एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।

धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो। एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबारहरुको उपयोगिताको महत्त्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

The post एनएमबी बैङ्कका ग्राहकलाई धनगढीकाे भाटभटेनीमा छुट र क्यास व्याक अफर appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7230/feed 0 7230
अदालतले अभिनेता देवानन्दलाई कालो कोट लाउन किन लायो प्रतिबन्ध ? https://www.yugdarpan.com/archives/5018 https://www.yugdarpan.com/archives/5018#respond Sun, 21 Mar 2021 15:37:03 +0000 http://www.yugdarpan.com/?p=5018 काठमाडौँ, छ दशकसम्म बलिउडका फिल्ममा राज गरेका देवानन्द जस्ता अभिनेता आजसम्म देख्न नपाइएको अनुभव मानिसहरुले सुनाउने गर्छन्। किनकी उनी आफ्नो जमानाका निकै चरुचित कलाकार थिए। उनको जादू सबैका माझमा छाएकाले उनका पछाडि केटीहरू मरिहत्ते गर्थे। देवानन्दलाई एक चोटि देख्नका लागि केटीहरू मरिहत्ते गर्थे। बलिवुडका सदाबहार कलाकार देवानन्दको कालो कोटले उनलाई नै समस्यामा पारेको थियो। उनी आफ्ना जमानाका फैशन आइकन थिए, त्यही कारणले धेरै मानिसहरूले उनलाई फलो गर्ने गर्दथे। केटीहरू देवानन्दको

The post अदालतले अभिनेता देवानन्दलाई कालो कोट लाउन किन लायो प्रतिबन्ध ? appeared first on युग दर्पण.

]]>
काठमाडौँ, छ दशकसम्म बलिउडका फिल्ममा राज गरेका देवानन्द जस्ता अभिनेता आजसम्म देख्न नपाइएको अनुभव मानिसहरुले सुनाउने गर्छन्। किनकी उनी आफ्नो जमानाका निकै चरुचित कलाकार थिए।

उनको जादू सबैका माझमा छाएकाले उनका पछाडि केटीहरू मरिहत्ते गर्थे। देवानन्दलाई एक चोटि देख्नका लागि केटीहरू मरिहत्ते गर्थे। बलिवुडका सदाबहार कलाकार देवानन्दको कालो कोटले उनलाई नै समस्यामा पारेको थियो। उनी आफ्ना जमानाका फैशन आइकन थिए, त्यही कारणले धेरै मानिसहरूले उनलाई फलो गर्ने गर्दथे।

केटीहरू देवानन्दको एक झलक देख्नका लागि छतबाट हामफाल्ने गर्दथे । देवानन्दको फिल्म ‘काला पानी’ सुपरहिट भएपछि उनको व्हाइट शर्ट र ब्लैक कोट को लुक धेरै लोकप्रिय भयो। व्हाइट शर्ट र ब्लैक कोट मा उनी धेरै नै हैन्डसम देखिन लागे, जसका कारण केटीहरू उनीप्रती पागल नै भैहाल्ने गर्थे। व्हाइट शर्ट र ब्लैक कोटले उनलाई समस्यामा नै पारि दियो । यही कारणले देवानंदलाई व्हाइट शर्ट र ब्लैक कोट को लुक अदालतले प्रतिबंध लगाएको थियो । बताइएको छ कि, उनले कालो कोट र त्यसलाई पहिरने अंदाज़ असाध्यै खास थियो र उनको यो झलक देख्नका लागि धेरै केटीहरू ले सुसाइड गर्ने प्रयास पनि गरे।

The post अदालतले अभिनेता देवानन्दलाई कालो कोट लाउन किन लायो प्रतिबन्ध ? appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5018/feed 0 5018
ग्रामी २०२१ र टेलर स्विफ्ट https://www.yugdarpan.com/archives/4661 https://www.yugdarpan.com/archives/4661#respond Sat, 13 Mar 2021 15:16:59 +0000 http://www.yugdarpan.com/?p=4661 काठमाडौँ, सन १९५९ देखि आयोजना हुँदै आएको ग्रामी अवार्ड अमेरिकाको संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डमध्येमा पर्छ। ‘द रेकर्डिङ एकेडेमी’ ले प्रदान गर्ने ग्रामीको ६३ औँ संस्करण यही १४ मार्चमा हुँदैछ। ८४ विधामा अवार्ड बाँडिनेमा एल्बम अफ दि इअरमा यतिबेला सबैको ध्यान केन्द्रीत छ। ग्रामीको मुख्य विधा मानिने एल्बम अफ दि इअरमा टेलर स्विफ्टको फल्कलोर हुनुले पनि यसको चर्चा बढाएको हो। टेलरसँगै एल्बम अफ दि इअर अवार्डका लागि अन्य सात कलाकारको

The post ग्रामी २०२१ र टेलर स्विफ्ट appeared first on युग दर्पण.

]]>
काठमाडौँ, सन १९५९ देखि आयोजना हुँदै आएको ग्रामी अवार्ड अमेरिकाको संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डमध्येमा पर्छ। ‘द रेकर्डिङ एकेडेमी’ ले प्रदान गर्ने ग्रामीको ६३ औँ संस्करण यही १४ मार्चमा हुँदैछ।

८४ विधामा अवार्ड बाँडिनेमा एल्बम अफ दि इअरमा यतिबेला सबैको ध्यान केन्द्रीत छ। ग्रामीको मुख्य विधा मानिने एल्बम अफ दि इअरमा टेलर स्विफ्टको फल्कलोर हुनुले पनि यसको चर्चा बढाएको हो। टेलरसँगै एल्बम अफ दि इअर अवार्डका लागि अन्य सात कलाकारको प्रतिस्पर्धा रहनेछ।

टेलर चौँथोपटक ग्रामीको एल्बम अफ दि इयर अवार्डका लागि नोमिनेसनमा परेकी हुन्। यसअघि २०१० मा फियरलेस, २०१६ मा १९८६ र २०१४ मा रेडबाट उनी नोमिनेसनमा परेकी थिइन्। रेडबाहेकका सबै एल्बमले उनलाई एल्बम अफ दि इयरको अवार्ड दिलाएका छन्।

यो वर्ष पनि एल्बम अफ दि इयरको अवार्ड टेलरले पाएमा उनी सबैभन्दा बढीपटक एल्बम अफ दि इअरको अवार्ड पाउने कलाकारमध्येमा पर्ने छिन। वर्ष २०२० को सबैभन्दा बढी बिक्री भएको एल्बम भएकाले पनि ुफल्कलोरुलाई एल्बम अफ दि इअरको दाबेदारको रुपमा हेरिएको छ।

ग्रामीको एल्बम अफ दि इयरसँगै अन्य टेलरका गीतहरू कार्डिगन, एक्जाइल, ब्युटिफुल घोस्ट, विभिन्न विधामा अवार्डको लागि मनोनयनमा परेका छन्। उनले अहिलेसम्म विभिन्न विधामा १० वटा ग्रामी अवार्ड जितिसकेकी छन्। ग्रामीसहित टेलरले अहिलेसम्म ४ सय बढी अवार्ड पाइसकेकी छन्।

The post ग्रामी २०२१ र टेलर स्विफ्ट appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4661/feed 0 4661
नेटिभीमा ‘दोहोरी च्याम्पियन’ https://www.yugdarpan.com/archives/4646 https://www.yugdarpan.com/archives/4646#respond Sat, 13 Mar 2021 11:33:39 +0000 http://www.yugdarpan.com/?p=4646 काठमाडौँ, नेपाल टेलिभिजनले आज साँझदेखि नेपाली लोक संस्कृतिसम्बन्धी रियालिटी मेगा–शो ‘दोहोरी च्याम्पियन’ प्रसारण गर्ने भएको छ । नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आजदेखि दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले विज्ञप्तिमार्फत जनाएको छ । सो मेगा–शो यसै हप्तादेखि प्रत्येक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोहोरी च्याम्पियनको शुभारम्भ गर्नुहुँदै नेपाली कला र

The post नेटिभीमा ‘दोहोरी च्याम्पियन’ appeared first on युग दर्पण.

]]>
काठमाडौँ, नेपाल टेलिभिजनले आज साँझदेखि नेपाली लोक संस्कृतिसम्बन्धी रियालिटी मेगा–शो ‘दोहोरी च्याम्पियन’ प्रसारण गर्ने भएको छ । नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आजदेखि दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले विज्ञप्तिमार्फत जनाएको छ । सो मेगा–शो यसै हप्तादेखि प्रत्येक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोहोरी च्याम्पियनको शुभारम्भ गर्नुहुँदै नेपाली कला र संस्कृतिको संरक्षण एवं संवद्र्धनका लागि टेलिभिजनले शुरु गरेको कार्यक्रम महत्वपूर्ण अभियानका रुपमा रहेको बताउनुभयो । उहाँले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाई समाजमा सकारात्मक सन्देश दिन दोहोरीको आवश्यकतामा जोड दिनुभयो ।

सो अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोहोरी च्याम्पियन मेगा–शो शुरु गरिएको बताउँदै दोहोरी च्याम्पियन कार्यक्रमले कलाकारलाई अझ प्रतिस्पर्धी बनाउनाका साथै नयाँ कलाकारसमेत जन्माउने विश्वाश व्यक्त गर्नुभयो । नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले दर्शकको रुचिअनुसार नेपाल टेलिभिजनले अर्को मौलिक रियलिटी शोका रुपमा दोहोरी च्याम्पियन शुरु गरेको जानकारी दिनुभयो ।

दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रुपमा बद्री पङ्गेनी र प्रीति आले रहनुभएको छ भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहनुभएको छ । कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी च्याम्पियनको बजार व्यवस्थापन एडभरटाइजिङ सर्भिस प्रालिले गर्नेछ ।

The post नेटिभीमा ‘दोहोरी च्याम्पियन’ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4646/feed 0 4646
बिश्वस्तरिय चर्चित ट्युनमा बन्यो “दुरी मजबुरी” https://www.yugdarpan.com/archives/3836 https://www.yugdarpan.com/archives/3836#respond Mon, 15 Feb 2021 07:39:13 +0000 http://www.yugdarpan.com/?p=3836 Anxmus Music नामक म्युजिक प्रोडक्सन टिमले सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो “दुरी मजबुरी” भर्खरै रिलिज भएको छ। टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द र संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका छ्न्। इनाक्षी इन्टरटेन्मेण्टको प्रस्तुति यस गीतको म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दिपकराज पाठक , उत्तम श्रेष्ठ लगायतको अभिनय रहेको छ भने म्युजिक

The post बिश्वस्तरिय चर्चित ट्युनमा बन्यो “दुरी मजबुरी” appeared first on युग दर्पण.

]]>
Anxmus Music नामक म्युजिक प्रोडक्सन टिमले सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो “दुरी मजबुरी” भर्खरै रिलिज भएको छ। टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द र संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका छ्न्।

इनाक्षी इन्टरटेन्मेण्टको प्रस्तुति यस गीतको म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दिपकराज पाठक , उत्तम श्रेष्ठ लगायतको अभिनय रहेको छ भने म्युजिक भिडियोलाई निर्देशन गरेका छ्न् निर्देशक उत्तम श्रेष्ठ “शिशिर” ले। गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ , छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईँको र सम्पादन अमृत चापगाइँको रहेको छ।

The post बिश्वस्तरिय चर्चित ट्युनमा बन्यो “दुरी मजबुरी” appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3836/feed 0 3836
चर्चित हास्यकलाकार मनोज गजुरेल र नायिका बर्षा सिवाकोटी विवाह गर्दै https://www.yugdarpan.com/archives/3627 https://www.yugdarpan.com/archives/3627#respond Mon, 14 Dec 2020 14:23:03 +0000 http://www.yugdarpan.com/?p=3627 काठमाडौ। चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारी गरेका छन् । केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए। गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् । उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् । मनोजले आफूले दोस्रो बिहे गर्न लागेको कुरा सार्वजनिक रुपमा बताएपछि पूर्वपत्नी

The post चर्चित हास्यकलाकार मनोज गजुरेल र नायिका बर्षा सिवाकोटी विवाह गर्दै appeared first on युग दर्पण.

]]>
काठमाडौ। चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारी गरेका छन् । केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए।

गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् । उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् । मनोजले आफूले दोस्रो बिहे गर्न लागेको कुरा सार्वजनिक रुपमा बताएपछि पूर्वपत्नी मिनाले उनीमाथि नानाथरीका आरोप लगाउन थालेकी छन्।
यता चलचित्र ‘नाईं नभन्नू ल २’ बाट नेपाली चलचित्रमा आफ्नो अभिनय यात्रा बढाएकी चर्चित नायिका वर्षा सिवाकोटीले पनि अबको दुई वर्षभित्र विवाह गर्ने भएकी छिन्।

उनले प्रेमी सविनजंग थापासँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन् । गत वर्ष अमेरिका भ्रमणमा रहँदा उनी सविनको प्रेममा रहेको चर्चा चलेको थियो। यसपाली दशैंको टिका थापेर पारिवारिक भेटघाटका लागि अमेरिका जाँदा उनले सामाजिक सञ्जालको माध्यमबाट सविनसँगको प्रेम व्यक्त गरेकी हुन्।

सविन र वर्षाको आफन्तको माध्यमबाट चिनजान भएको थियो । त्यसपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए। उनले तत्काल विवाह गर्ने सोच नभएको बताएकी छिन् । तर, अबको २ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारी रहेको उनले बताइन् ।
अमेरिकाबाट फर्किएपछि उनि नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परदेशी २’ को छायांकनमा व्यस्त भैरहेकी छिन् । लकडाउनले गर्दा यो चलचित्रको छायांकन ८ महिनादेखि रोकिएको थियो ।

The post चर्चित हास्यकलाकार मनोज गजुरेल र नायिका बर्षा सिवाकोटी विवाह गर्दै appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3627/feed 0 3627
यौन सम्बन्धमा समयको तालमेल https://www.yugdarpan.com/archives/3516 https://www.yugdarpan.com/archives/3516#respond Wed, 02 Dec 2020 16:48:23 +0000 http://www.yugdarpan.com/?p=3516 दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य । यौन क्रिया एउटै हो । तर सन्तुष्टिको स्तर किन फरक रु किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ । यौन सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । यदि दुवै जना यौनका लागि तत्पर छन् भने त्यसबाट उनीहरुले पर्याप्त यौन सुख प्राप्त गर्न

The post यौन सम्बन्धमा समयको तालमेल appeared first on युग दर्पण.

]]>
दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य । यौन क्रिया एउटै हो । तर सन्तुष्टिको स्तर किन फरक रु किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ । यौन सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । यदि दुवै जना यौनका लागि तत्पर छन् भने त्यसबाट उनीहरुले पर्याप्त यौन सुख प्राप्त गर्न सक्छन् ।

त्यसो त यौन सम्बन्धका लागि स्थान र समयले पनि उत्तिकै भूमिका खेल्छ । यसमा दम्पतीले गोपनीयता अपनाउन चाहन्छन् र त्यही किसिमको स्थान छनौट गर्छन् । त्यसैगरी कुन समयमा यौन सम्बन्ध बनाउने भन्ने कुराले पनि महत्व राख्छ ।

कतिपय दम्पती मध्यरात वा घर परिवारका सबैजना सुतिसकेपछि यौन सम्बन्ध बनाउनका लागि अनुकुल समय ठान्छन् । जस्तो कि रातको ९ बजे वा १० बजे । यद्यपि यो समय नै आफूलाई अनुकुल लाग्छ भने एकपटक सोच्नुपर्ने हुन्छ । केही अध्ययनबाट थाहा भएको कि उक्त समय शयनमा सुखद् पल महसुस गर्नका लागि अनुकुल हुँदैन ।

फ्रन्टियर्स इन साइकोलोजीले यस अध्ययन गरेको थियो । जसमा पाइयो कि युकेका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शारीरिक सम्बन्ध राख्छन् । यी दम्पतीले जब पोल सर्वेमा भाग लिए तब थाहा भयो कि उनीहरुले यौनमा पूर्ण सन्तुष्टि हासिल गर्न सकेकै थिएनन् । ४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी यौन सुखभोग गर्न पाएका थिएनन् । कतिपय दम्पतीको अनुभवमा राति यौन सम्बन्ध बनाउनु दिउँसोको समयमा काम गर्नु जस्तै लाग्ने भएकाले त्यसबाट चरम आनन्द लिन सकिएन ।

रातको समय शारीरिक विश्रामको समय हो । यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, ताकि भोलिको दिनमा आफूलाई तयार राख्न सकौं । त्यसैगरी यौनका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस् ।

मान्छेको बडी क्लक र यौन सम्पर्क गर्नुसँग सम्बन्ध जोडिएको छ । खासगरी यसले हर्मोन र उत्तेजनामा प्रभाव पार्छ । दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर तनावमुक्त रहनका लागि विश्रामको जरुरत हुन्छ । त्यसैले शरीरले विश्राम खोजिरहेको बेला यौन सम्पर्क गर्दा त्यसबाट पूर्ण सन्तुष्टि प्राप्त गर्न सकिदैन ।

अतिरिक्त काम गर्नका लागि शरीरलाई ऊर्जा आवश्यक हुन्छ, ठीक त्यसैगरी सक्रिय यौन जीवनका लागि शरीरमा इनर्जी लेभल राम्रो हुनुपर्छ । त्यसैले बिहानको समयमा यौन सम्बन्ध बनाउनु बढी उपयुक्त हुन्छ । बिहानको समयमा बनाइने शारीरिक सम्बन्ध राम्रो मात्र हुँदैन, यसले पूर्ण सन्तुष्टि पनि दिलाउँछ । राति तपाईं निद्राको अवस्थामा हुनुहुन्छ, तब पनि शरीरलाई सक्रिय गराउनुहुन्छ । जबकि यतिबेला शरीरले दिनभर खर्चेको ऊर्जा सञ्चय गर्ने र मर्मत गर्ने काम गरिरहेको हुन्छ । यस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउनुभन्दा बिहानको समयमा शारीरिक सम्बन्ध राख्नु धेरै उत्तम हुन्छ ।

The post यौन सम्बन्धमा समयको तालमेल appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3516/feed 0 3516
दुर्गेश थापाले ल्याए ‘ह्याप्पी तिहार २’ (भिडियो हेर्नुहोस्) https://www.yugdarpan.com/archives/3407 https://www.yugdarpan.com/archives/3407#respond Thu, 05 Nov 2020 16:02:56 +0000 http://www.yugdarpan.com/?p=3407 काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ । ‘ह्याप्पी तिहार २’मा दुर्गेश थापाको शब्द तथा संगीत छ । स्वरमा योगेश काजीले साथ दिएका छन् । एरेञ्ज सहस शाक्यको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याएको ह्याप्पी तिहार चिसो

The post दुर्गेश थापाले ल्याए ‘ह्याप्पी तिहार २’ (भिडियो हेर्नुहोस्) appeared first on युग दर्पण.

]]>
काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ ।

‘ह्याप्पी तिहार २’मा दुर्गेश थापाको शब्द तथा संगीत छ । स्वरमा योगेश काजीले साथ दिएका छन् । एरेञ्ज सहस शाक्यको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याएको ह्याप्पी तिहार चिसो वियर विवादमा परेको थियो ।

भिडियोः 

The post दुर्गेश थापाले ल्याए ‘ह्याप्पी तिहार २’ (भिडियो हेर्नुहोस्) appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3407/feed 0 3407
कलाकार अमिताभ बच्चनलाई कारबाही गर्न माग https://www.yugdarpan.com/archives/3379 https://www.yugdarpan.com/archives/3379#respond Tue, 03 Nov 2020 13:50:48 +0000 http://www.yugdarpan.com/?p=3379 काठमाडौँ । बलिउडका महानायक अमिताभ बच्चनमाथि हिन्दु भावनालाई चोट पुग्ने अभिव्यक्ति आरोप लागेको छ । महाराष्ट्रका बिजेपी नेताले अमिताभ र कौन बनेका करोडपति का निर्माताविरुद्ध हिन्दु भावनामा चोट पुराएको भन्दै कारबाही गर्न माग गरेका छन् । नेता अभिमन्यु पावरले एसपी निखिल पिंगलेलाक्ष्ए दिएको उजुरीमा अमिताभ र सोनी इन्टरटेनमेन्ट टिभीमा शुक्रवारको कर्मबीर स्पेशलमा सोधिएको प्रश्नलाई लिएर कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ । २ पेज लामो उजुरीमा लेखिएको छ, हिन्दु र बौद्ध

The post कलाकार अमिताभ बच्चनलाई कारबाही गर्न माग appeared first on युग दर्पण.

]]>
काठमाडौँ । बलिउडका महानायक अमिताभ बच्चनमाथि हिन्दु भावनालाई चोट पुग्ने अभिव्यक्ति आरोप लागेको छ ।

महाराष्ट्रका बिजेपी नेताले अमिताभ र कौन बनेका करोडपति का निर्माताविरुद्ध हिन्दु भावनामा चोट पुराएको भन्दै कारबाही गर्न माग गरेका छन् ।

नेता अभिमन्यु पावरले एसपी निखिल पिंगलेलाक्ष्ए दिएको उजुरीमा अमिताभ र सोनी इन्टरटेनमेन्ट टिभीमा शुक्रवारको कर्मबीर स्पेशलमा सोधिएको प्रश्नलाई लिएर कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।

२ पेज लामो उजुरीमा लेखिएको छ, हिन्दु र बौद्ध धर्मालम्बीका बीचमा कलह पैदा गर्ने प्रयास भएको छ ।

एपिसोडमा सामाजिक अभियान्ता वेजवाडा विल्सन र अभिनेता अनूप सोनी हट सीटमा थिए । अभिताभले ६ लाख ४० हजार रुपैयाँ जित्नका लागि

यो प्रश्न सोधेका थिए २५ डिसेम्बर १९२७ को डा। बीआर बंबेडकर र उनको अनुयायीले कुन ग्रन्थको प्रति जलाएका थिए ? ए) विष्णु पुराण, बि) भागवत् गीता सी) ऋगवेद र डी) मनुस्मृति

The post कलाकार अमिताभ बच्चनलाई कारबाही गर्न माग appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3379/feed 0 3379
बच्चन परिवारलाई कंगनाको प्रश्न, ‘यस्तो तपाईँको परिवारमा भएको भए ?’ https://www.yugdarpan.com/archives/2273 https://www.yugdarpan.com/archives/2273#respond Tue, 15 Sep 2020 14:51:23 +0000 http://www.yugdarpan.com/?p=2273 काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत लगातार चर्चामा आइरहेकी छन्। उनी सामाजिक सञ्जालमा नि’डरताका साथ अभि’व्यक्ति दिँदै आएकी छन्।अहिले उनले गरेको एक ट्वीटको कारण उनी फेरि चर्चामा छिन्। कंगना रनावतले ट्वीट गरेर भनिन्( जया जी, तपाई अझै पनी यस्तो कुरा गर्नुहुन्छ यदि मेरो ठाउँमा तपाईकी छोरी श्वेतालाई कु’टपिट गरियो, ड्र’ग्स दिइयो र किशो’रावस्थामा दु’र्व्यवहार गरियो। के तपाईं अझै यसो भन्नुहुने थियोस यदि अभिषेकले लगातार दु’र्व्यवहार र उ’त्पीडनको गु’नासो गर्यो र

The post बच्चन परिवारलाई कंगनाको प्रश्न, ‘यस्तो तपाईँको परिवारमा भएको भए ?’ appeared first on युग दर्पण.

]]>
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत लगातार चर्चामा आइरहेकी छन्। उनी सामाजिक सञ्जालमा नि’डरताका साथ अभि’व्यक्ति दिँदै आएकी छन्।अहिले उनले गरेको एक ट्वीटको कारण उनी फेरि चर्चामा छिन्।

कंगना रनावतले ट्वीट गरेर भनिन्( जया जी, तपाई अझै पनी यस्तो कुरा गर्नुहुन्छ यदि मेरो ठाउँमा तपाईकी छोरी श्वेतालाई कु’टपिट गरियो, ड्र’ग्स दिइयो र किशो’रावस्थामा दु’र्व्यवहार गरियो। के तपाईं अझै यसो भन्नुहुने थियोस यदि अभिषेकले लगातार दु’र्व्यवहार र उ’त्पीडनको गु’नासो गर्यो र एकदिन आफूलाई झु’ण्ड्यायोरु के प्र’तिक्रिया हुन्छ तपाइँकोरुरु कहिलेकाहीँ हाम्रो लागिपनि द’या देखाउनुस्।

अभिषेक र श्वेता बलिउड सुपरस्टार अमिताभ बच्चन र जया बच्चनका छोरा र छोरी हुन्। बलिउडकी कलाकार साथै स’माजवादी पा’र्टीकि सांसद जया बच्चनले राज्यसभामा ला’गुप’दार्थको नाम लिएर बलिउडलाई ब’दनाम गर्ने ष’डयन्त्र भइरहेको बताएकी थिइन्।

फिल्म उद्योगमा जसले अरुको सहयोगमा मात्र नाम कमाए आज उनीहरुनै ब’दनाममा लागि परेका छन् जयाले थपिन्। कंगनाले उनको यहि भनाइमा तुरुन्तै प्र’तिक्रिया देखाई हालिन्।’

The post बच्चन परिवारलाई कंगनाको प्रश्न, ‘यस्तो तपाईँको परिवारमा भएको भए ?’ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2273/feed 0 2273