ब्लग Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/ब्लग www.yugdarpan.com Fri, 05 Aug 2022 10:10:28 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png ब्लग Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/ब्लग 32 32 178717794 सशस्त्र प्रहरीको राशन प्रकरण, पत्रकार र मिडियाको भूमिका https://www.yugdarpan.com/archives/7344 https://www.yugdarpan.com/archives/7344#respond Fri, 05 Aug 2022 10:09:54 +0000 http://www.yugdarpan.com/?p=7344 शंकर सिंह धामी ,दार्चुला                                          दार्चुलास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई जन्मकैदको मुद्दा चलाइएको विषय अहिले चर्चामा छ ।गणभित्रको आन्तरिक तर तथ्यगत जानकारी पत्रकारमार्फत सञ्चारमाध्यममा पुर्याएकै कारण साहु कारवाहीमा परेका छन् । सशस्त्र प्रहरीले उनलाई निलम्बन गरेको छ, थुनामा राखेको छ र सशस्त्र प्रहरी ऐन

The post सशस्त्र प्रहरीको राशन प्रकरण, पत्रकार र मिडियाको भूमिका appeared first on युग दर्पण.

]]>
शंकर सिंह धामी ,दार्चुला                                          दार्चुलास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई जन्मकैदको मुद्दा चलाइएको विषय अहिले चर्चामा छ ।गणभित्रको आन्तरिक तर तथ्यगत जानकारी पत्रकारमार्फत सञ्चारमाध्यममा पुर्याएकै कारण साहु कारवाहीमा परेका छन् । सशस्त्र प्रहरीले उनलाई निलम्बन गरेको छ, थुनामा राखेको छ र सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ उपदफा १ (च) बमोजिमको कसुरमा जन्मकैदको माग दावीसहित मुद्दा चलाइएको छ । सशस्त्र प्रहरीको विशेष अदालत गठन भई सुनुवाईको कार्य पनि भइरहेको छ । स्थानीय पत्रकारमार्फत सशस्त्र प्रहरीको गणभित्रको जानकारी मिडियाबाट आउदाको प्रत्यक्ष असर वर्तमानमा वरिष्ठ हवल्दार साहुलाई देखिएको छ ।

के हवल्दारले गल्ती गरे ?

सशस्त्र प्रहरीको विशेष अदालतमा गम्भीर प्रकृतिको अपराध गरेको अभियोगमा वरिष्ठ हवल्दारविरुद्ध मुद्दा चलाइएको छ । जन्मकैदको माग दावीसहितको मुद्दा चलाइनु सामान्य विषय हुदैहोइन । सामान्य गाउँले जीवन चलाउनका लागि सशस्त्र प्रहरीमा जागिर खाइरहेको एक सोझो व्यक्तिमाथि अहिले सशस्त्र प्रहरीको सिंगो संगठन क्रुर बनेको देखिन्छ ।
के कति कारणले वा कुन स्वार्थले ती वरिष्ठ हवल्दारले गणभित्रको सुरक्षाकर्मी आउट छोड्ने गरेको अवस्थालाई मिडियामा ल्याउन खोजे ? यसबारे थप कौतुहलता पनि जागेको छ । ती हवल्दारको स्वार्थ वा कारण नखुले पनि उनले सार्वजनिक गराएको तथ्य वास्तविक छ । यो तथ्य ठिक हो, वास्तविक हो भन्ने पुष्टि गणभित्रबाटै मुद्दाका लागि तयार गरिएका कागजपत्रले नै पुष्टि गरेका छन् ।
सशस्त्रका वरिष्ठ हवल्दारले तथ्यगत जानकारी सार्वजनिक चाँसो र जानकारीका लागि मिडियामा दिएका हुन् भने यो उनको गल्ती होइन । एउटा सामान्य परिवारको मान्छे, जीवन निर्वाहका लागि जागिर खाइरहेको व्यक्तिले गणभित्र वा संगठनभित्रको राशन रोगको भण्डाफोर गर्नलाई वा यसमा सुधार गर्नका लागि यो हिम्मत गरेको हो, यस्तो आँट गरेको हो भन्नेमा पनि सन्देह हुनसक्छ । तर, तथ्यगत जानकारी मिडियामा पुगाउनु भनेको जन्मकैदको सजाय पाउने अपराध होइन । यो अपराध नै होइन, यसलाई इमान्दारिताको रुपमा बुझ्न सकिन्छ । भलै, तिनको नियत र उद्देश्यमा केही तलमाथि पनि हुनसक्ला ।
वरिष्ठ हवल्दारको यो कार्यले सशस्त्र प्रहरीको सिंगो संगठनको बदानामी भएको पनि मान्न सकिएला । तर, यो प्रकरणभित्रको तथ्यमा वास्तविकता छ । सिंगो संगठनभित्र धेरै राम्रा सुरक्षाकर्मी र अधिकारी पनि होलान् तर संगठनभित्रको रोगको रुपमा पनि यसलाई बुझ्नुपर्छ ।

दार्चुलाको मात्रै होइन, देशभरीकै रोग हो

देशभर सशस्त्र प्रहरीका दर्जनौ कार्यालय, व्यारेक र फौजी संरचना छन् । यो संख्या सयौं हुनसक्छ । विगतमा पनि सशस्त्र प्रहरीभित्र राशन घोटालाको विषय चर्चामा नआएको होइन । केही वर्षअघि मध्यपश्चिम क्षेत्रका व्यारेकमा सशस्त्र प्रहरीहरुको समूहले अप्रत्यासित आवाज मात्रै उठाएन, जबर्जस्त विद्रोह पनि गरेको थियो । बेलामौकामा यो विषयले चर्चा र स्थान पनि पाइराख्छ । सामान्यतया व्यारेकभित्रको ठूलो जनशक्तिलाई अवैधानिक रुपमा विदा (आउट) छोडेर उनीहरुको राशनवाफतको रकम खाने गरिन्छ भन्ने बुझाइ आम बनिसकेको अवस्था छ । यो सशस्त्र प्रहरीभित्रको अभ्यास मात्रै होइन, सेना र नेपाल प्रहरीको संगठनभित्रको रोग पनि हो । हाम्रै गाउँघर र वरपरको परिवेशमा पनि सेना, सशस्त्र प्रहरीमा जागिर खाने तर महिनौंसम्म घरविदामा बसिरहेका दाजुभाइहरु देख्न पाइन्छन् । तुलनात्मक रुपमा नेपाल प्रहरीमा यो प्रवृति कम रहेको आमबुझाइ छ ।
जनशक्तिलाई आउट छोडेर उनीहरुको राशन बाँडीचुँडी खाने रोग भित्रभित्रै सबैतिर सल्किएको आम बुझाइ छ । यो विषयमा जिम्मेवार निकाय र अधिकारीहरु पनि अनविज्ञ अवश्य छैनन् होला । बरु, उनीहरुसम्म पनि केही न केही हिस्सा पुग्ने भएकोले यस विषयमा कुनै चाँसो दिइदैन । आँखा चिम्लिने प्रवृति रहदैआएको छ । सुरक्षा निकायभित्रका ठूला अधिकारीहरुमात्रै होइन नीतिगत तहमा रहेको निजामति र राजनीतिक नेतृत्वसम्म पनि यो राशनपानीको रस पुगिरहेको आम बुझाइ छ । यसैकारण सुरक्षा निकायमा यो रोग बाँडीचुँडी खाने सिस्टमका रुपमा चलिरहेको जस्तो छ ।
नागरिकको सुरक्षा गर्ने, कानुन कार्यान्वयन गराउने तथा राज्यको मेरुदण्डको रुपमा रहेको सुरक्षा निकायमा सुरक्षाकर्मीहरुको उपस्थिति २४ घण्टा चाहिन्छ । त्यसैकारण राज्यले उनीहरुलाई राशन दिएको हुन्छ, पोशाक दिएको हुन्छ, अन्यको भन्दा अधिकार र सुविधा बढी दिएको हुन्छ । तर कागजपत्रमा नियमित उपस्थिति देखाएर विदा छोड्ने प्रवृति कति झाँगिएको छ भन्ने विषय सुरक्षा निकायमा कार्यरत जवानदेखि चिफसम्मलाई सबैभन्दा बढी थाहा हुन्छ । किनकी उनीहरु भुक्तभोगी पनि हुन्छन् ।सुरक्षा निकायहरुभित्रको आउट छोड्ने र राशन प्रकरणलाई कोहीकसैले जिम्मेवारीबोधका साथ, गम्भीरताका साथ आत्मसात गर्छ भने अब यो देशभरीका व्यारेक र फौजी संरचनामा छानविन गर्नुपर्ने हुन्छ । छानविनले मात्रै पुग्दैन, यस्तो प्रवृति निर्मुल पार्नेगरी सुधार गर्न सक्नुपर्छ । तर, वर्तमानमा फौजी नेतृत्व, निजामति नेतृत्व र राजनीतिक नेतृत्व यी तिनवटैले यस पाटोलाई प्राथमिकता दिनेवाला छैनन् । किनकी उनीहरुको पनि स्वार्थ हुन्छ । थप यसबीचमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुनेवाला छ । यसकारण दार्चुलाको यो घटनाले देशभरीमा सुरक्षा निकायभित्रको आउट छोड्ने र राशनभत्ता खाने रोगको उपचार हुनेमा आश राख्ने ठाउँ छैन ।

दायित्वबाट चुकेका पत्रकार                                        दार्चुलाको घटनामा गणभित्रको तथ्यगत जानकारी प्राप्त गर्ने पत्रकार आफ्नो दायित्वबाट नराम्रोसंग चुकेका छन् । ती पत्रकार जिल्लाको एउटा सञ्चारमाध्यम आवद्ध थिए तर त्यो समाचार धनगढीको अर्को सञ्चारमाध्यमबाट सार्वजनिक भयो । पत्रकारले आफु आवद्ध मिडियामा मात्रै रिपोर्टिङ गर्ने दायित्व हुन्छ । तर, दार्चुला जिल्लामै आधा दर्जन मिडियासम्म सशस्त्र प्रहरीको गणभित्रको यो तथ्यगत जानकारी बाँडिएको तथ्य खुलेको छ ।

आवद्धता जिल्लाको एउटा मिडिया (रेडियो)मा हुने, समाचार धनगढीको मिडिया (अनलाइन)बाट सार्वजनिक गराउने र सशस्त्र प्रहरीको गणमा गएर वरिष्ठ हवल्दार साहुबाट आफुले जानकारी पाएको साँचो हो भनी कागजमा हस्ताक्षर गर्ने कार्य पत्रकारबाट भएको छ । यो गम्भीर गल्ती मात्रै होइन, पत्रकारिता पेशामाथि नै अन्याय र हवल्दार साहुमाथि अपराध भएको छ । आफुलाई सुचना वा जानकारी दिने स्रोतको गोपनियता राख्नुपर्नेमा उल्टै फलानोबाट मैले सुचना पाएको साँचो हो भनी कागजपत्रमा हस्ताक्षर गर्ने कार्य गम्भीर गल्ती हो । साथै, गणभित्र बोलाएर पत्रकारमार्फत कागजपत्र गराउने सशस्त्र प्रहरीको कार्य पनि गलत हो । कागजपत्र गराउने क्रममा एउटा राष्ट्रिय पत्रिकाको रिपोर्टर भनेर हस्ताक्षर गराइएको छ, कुनै सरोकार वा संलग्नता नभएको त्यो राष्ट्रिय पत्रिकाको नाम जोडेर अर्को गल्ती पनि गरिएको छ ।पत्रकार व्यावसायिक नभइदिदा यो घटना हुन गएको देखिन्छ । पत्रकारिता पेशाप्रति प्रतिवद्ध र व्यावसायिक रुपमा पत्रकारितालाई अंगालेका पात्र नहुदाको परिणाम हो यो । पत्रकार हुँ भन्ने फुर्ति लगाउन, सार्वजनिक जीवनमा मान–सम्मान र रवाफको लागि मात्रै पत्रकारितामा जोडिने प्रवृतिले यस्तो परिस्थिति ल्याएको छ ।
यो प्रकरणले ल्याउनसक्ने सम्भावित परिणाम र जोखिमबारे अलिकति पनि सोचविचार पुर्याएको भए अहिलेको अवस्था आउने थिएन । सशस्त्र प्रहरीभित्रको यो तथ्य सार्वजनिक हुँदा पर्नसक्ने असर, प्रभाव तथा प्राप्त हुने परिणामबारे ती पत्रकारले मात्रै होइनन् वरिष्ठ हवल्दार साहुले पनि विचार गरेनन् ।
दार्चुलाका दुइजना स्थानीय पत्रकारले जिल्लाका आधा दर्जन मिडियालाई यसबारे जानकारी बाँडेछन् । तर, कसैले पनि समाचार बनाउन सकेनन् । दार्चुलाका मिडियाले समाचार नलेख्नुका पछाडि दुइटा कारण हुनसक्छन् । पहिलो, आउट छोड्ने र राशन खाने रोग दार्चुलामा मात्र होइन, देशभरको हो । यसबारे समाचार लेख्दैमा सुधार हुँदैन, खानेले खाइरहन्छन्, गलत गर्नेले गरिरहन्छन्, हामीले एकपटक लेख्दैमा के सुधार होला ? भन्ठानेर समाचार नलेखिएको हुनसक्छ । अर्को, सशस्त्र प्रहरीको सिंगो संगठन र जिम्मेवार सुरक्षा अधिकारीको विरुद्धमा समाचार लेखिएको ठानिन्छ भनेर । यस्तो जोखिम मोल्नसक्ने आँट र हिम्मत नभएर पनि स्थानीय मिडियाले महत्व नदिएको हुनसक्छ । मिडियालाई प्राप्त सुचना वा विवरणको विश्वसनियतामाथि ढुक्क हुन नसकेर पनि समाचार नलेखिएको हुनसक्छ ।
जिल्लामा क्रियासिल सबै पत्रकार वा मिडियासम्म भने यो तथ्यगत जानकारी नपुगेको देखिन्छ । आफुलाई यो जानकारी मिलेको भए समाचार लेख्थे भन्ने पत्रकार पनि जिल्लामा छन् । अहिलेको यो प्रकरण राष्ट्रिय सञ्चारमाध्यमसम्म छाउनुको पछाडि जिल्लामै क्रियासिल पत्रकारहरुको भूमिका छ । जे होस्, उतिबेला दार्चुलाका मिडियाले समाचार नलेखे पनि धनगढीबाट सञ्चालित एउटा अनलाइनले त्यो समाचार लेख्यो । अहिले यसको गहिराइमा गएर वास्तविकता उजागर गर्न जिल्लाकै पत्रकारहरु सक्रिय छन् ।
पत्रकारिता पेशाका केही पात्रहरुले गल्ती गर्दा यसको असर सिंगो पेशामै परेको छ । धेरैले त सिंगो पत्रकारिता पेशा र सबै पत्रकारलाई गाली गर्न पनि भ्याएका छन् । हरेक व्यक्तिको बुझाइको स्तर र क्षमता फरक–फरक हुन्छ । सोहीअनुुसारको व्यवहार र प्रतिक्रिया आउनु स्वाभाविक पनि छ । तर, प्रष्ट हुनुपर्ने कुरा के छ भने आलुको बोराभित्र एक–दुइ दाना कुहिएका छन्, यो देखेर खाना पकाउने भान्सेले सिंगो आलुको बोरा नै फाल्दैन । भलै, घुमफिर गर्ने क्रममा भान्सामा छिरेका केही व्यक्तिले त्यो आलुको बोरा नै खराब छ, त्यसलाई पुरै मिल्काउनुपर्छ पनि भन्न सक्छन्, भन्दैछन् । यो उदाहरण सशस्त्र प्रहरी संगठनभित्रको हकमा पनि सान्दर्भिक हुन्छ । सशस्त्र प्रहरीभित्र राम्रो अभ्यास गर्ने र राम्रो अभ्यासको चाहना राख्ने जनशक्ति पनि होला, अवश्य छ । संगठनभित्रको वेथितिलाई सुधार भएको देख्न चाहनेहरुलाई पनि सोलोडोलोमै बदमास ठान्ने प्रवृति कदापि ठिक होइन । राम्रो कार्य गर्ने, सुधार चाहने र इमान्दारिता गर्नेहरु कम होलान् तर सही हुन्छन् ।

The post सशस्त्र प्रहरीको राशन प्रकरण, पत्रकार र मिडियाको भूमिका appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7344/feed 0 7344
फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय https://www.yugdarpan.com/archives/728 https://www.yugdarpan.com/archives/728#respond Sat, 16 May 2020 17:47:43 +0000 http://localhost:81/wp/appsolutenews02/?p=728 विनाशकारी भूकम्पले भत्काएको काठमाडौँको दरबार हाइस्कुलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल साउनदेखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो भवनको निर्माण शुरु भएको थियो । झन्डै ९० करोड हाराहारी लागत रहेको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ठेकेदार कम्पनीले २० महिनामा सम्पन्न गर्ने सम्झौता गरेपनि १९ महिनामै यो भवन निर्माणको काम सम्पन्न गरेको हो । यही माघ महिनाभित्र सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने

The post फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय appeared first on युग दर्पण.

]]>
विनाशकारी भूकम्पले भत्काएको काठमाडौँको दरबार हाइस्कुलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

२०७५ साल साउनदेखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो भवनको निर्माण शुरु भएको थियो । झन्डै ९० करोड हाराहारी लागत रहेको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ठेकेदार कम्पनीले २० महिनामा सम्पन्न गर्ने सम्झौता गरेपनि १९ महिनामै यो भवन निर्माणको काम सम्पन्न गरेको हो । यही माघ महिनाभित्र सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना राखिएको छ ।

हाइस्कुलमा पुस्तकालय, विज्ञान प्रयोगशाला, आकर्षक कक्षाकोठाका साथै विद्यार्थीलाई खेल्नका लागि बास्केटबल कोर्ट पनि राखिएको छ । भवनको बाहिरी आवरण पुरानै शैलीमा रहेपनि भित्री भागमा भने अत्याधुनिक संरचना रहेको छ ।

भूकम्पअघि दरबार हाइस्कूलको माथिल्लो तलामा भानू मावि र तल्लो तलामा संस्कृत मावि सञ्चालनमा रहेको यो भवन भत्किएपछि विद्यार्थीलाई अस्थायी टहरामा सारेर पठन पाठन गरिएको थियो ।

भवनको भौतिक संरचना निर्माण सम्पन्न भएपछि अहिले रंगरोगन गर्ने तथा सरसफाइ गर्ने काम भइरहेको छ । नवनिर्मित विद्यालय भवनमा ४ तला र ४६ वटा कक्षाकोठा रहेका छन् ।

आजभन्दा १ सय ६६ वर्षअघि अर्थात् वि.सं. १९१० सालमा राणा र राजपरिवारका सन्तानलाई पढाउन खुलेको दरबार हाइस्कुलमा पछि सर्वसाधारणका सन्तानलाई पनि अध्ययन गर्न दिइएको थियो ।

भवनको भौतिक संरचना निर्माण सम्पन्न भएपछि अहिले रंगरोगन गर्ने तथा सरसफाइ गर्ने काम भइरहेको छ । नवनिर्मित विद्यालय भवनमा ४ तला र ४६ वटा कक्षाकोठा रहेका छन् ।

आजभन्दा १ सय ६६ वर्षअघि अर्थात् वि.सं. १९१० सालमा राणा र राजपरिवारका सन्तानलाई पढाउन खुलेको दरबार हाइस्कुलमा पछि सर्वसाधारणका सन्तानलाई पनि अध्ययन गर्न दिइएको थियो ।

The post फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/728/feed 0 728
स्मरण शक्ति बढाउन जडीबुटी https://www.yugdarpan.com/archives/704 https://www.yugdarpan.com/archives/704#respond Fri, 15 May 2020 14:48:27 +0000 http://localhost:81/wp/appsolutenews02/?p=704 हाम्रो शरीरको महत्वपूर्ण अंग हो दिमाग । तर, कहिलेकाहीँ खानपान नमिल्दा यसले दिमागलाई समेत असर पुर्‍याउने गर्छ । अत: निम्न जडीबुटी सेवन गरेर स्मरण शक्ति बढाउन सकिन्छ । जटामसी : यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा मिलाएर पिए दिमाग तेजिलो हुन्छ । दालचिनी : खानामा गरम मसला मात्र नभई यो औषधि पनि हो । राति सुत्ने बेलामा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा

The post स्मरण शक्ति बढाउन जडीबुटी appeared first on युग दर्पण.

]]>
हाम्रो शरीरको महत्वपूर्ण अंग हो दिमाग । तर, कहिलेकाहीँ खानपान नमिल्दा यसले दिमागलाई समेत असर पुर्‍याउने गर्छ । अत: निम्न जडीबुटी सेवन गरेर स्मरण शक्ति बढाउन सकिन्छ ।
जटामसी : यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा मिलाएर पिए दिमाग तेजिलो हुन्छ ।

दालचिनी : खानामा गरम मसला मात्र नभई यो औषधि पनि हो । राति सुत्ने बेलामा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा तनाव कम हुनुका साथै दिमाग तेज हुन्छ ।

बेसार : यसको नियमित प्रयोगले भुल्ने समस्याबाट बच्न सकिन्छ ।

जाइफल : दिमागलाई तेज बनाउन जाइफल अति उत्तम जडीबुटी मानिन्छ ।

तुलसी : तुलसी रुघाखोकीका लागि प्रयोग गरिन्छ । तर, यसको प्रयोगले मुटु र दिमागलाई फाइदा पुर्‍याउँछ ।

मरीच : यसमा पेपरिन रसायन पाइने हुनाले दिमागको कोसलाई आराम दिन्छ । यसले तनाव घटाउन मद्दत गर्छ ।

The post स्मरण शक्ति बढाउन जडीबुटी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/704/feed 0 704
एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा https://www.yugdarpan.com/archives/134 https://www.yugdarpan.com/archives/134#respond Fri, 03 Nov 2017 07:47:28 +0000 http://eaawaj.com/?p=134 १६ कात्तिक, काठमाडौं । सर्जिओ एग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्दा म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा नोपालीले २१ औं मिनेटमा इन्सिन्एको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेटमा सिटीका ओटामेन्डीले बराबरी गोल गरे । दोस्रो हाफमा सिटी हावी भयो । ४८ औं मिनेटमा स्टोन्सले गोल गरे

The post एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा appeared first on युग दर्पण.

]]>
१६ कात्तिक, काठमाडौं । सर्जिओ एग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्दा म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदानमा भएको खेलमा नोपालीले २१ औं मिनेटमा इन्सिन्एको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेटमा सिटीका ओटामेन्डीले बराबरी गोल गरे ।

दोस्रो हाफमा सिटी हावी भयो । ४८ औं मिनेटमा स्टोन्सले गोल गरे । ६२ औं मिनेटमा पाएको पेनाल्टीमा नोपालीका फ्रेलो फिल्होले बराबरी गोल फर्काए ।

तर, ६९ औं मिनेटमा एग्युरोले गोल गरे । क्लबका लागि उनको यो १७८ गोल हो र, यससँगै उनी म्यानचेष्टर सिटीका सर्वाधिक गोलकर्ता बनेका छन् ।

खेलको इन्जुरी टाइममा स्टर्लिङले गोल गरेपछि म्यानचेष्टर सिटी ४–२ ले विजयी भएको छ । जितसँगै सिटीको ४ खेलबाट १२ अंक भएको छ भने ३ अंकका साथ तेस्रो स्थानमा रहेको नापोली समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

दोस्रो स्थानमा रहेको शाख्तर डोनेक्सको ९ अंक छ र समूह चरणको २ खेल खेल्न बाँकी छ ।

The post एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/134/feed 0 134
बेलायत उत्रिए नेपाल आइडल विजेता https://www.yugdarpan.com/archives/131 https://www.yugdarpan.com/archives/131#respond Fri, 03 Nov 2017 07:18:28 +0000 http://eaawaj.com/?p=131 कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’ नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत

The post बेलायत उत्रिए नेपाल आइडल विजेता appeared first on युग दर्पण.

]]>
कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’

नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत पनि गाउने योजना छ । सकेसम्म दर्शकलाई भरपुर मनोरन्जन गराउनेछु ।’

आफूलाई जिताउन बेलायतका नेपालीले गरेको सहयोगप्रति उनी कृतज्ञ थिए । अहिले सेलिब्रेटी बन्दा जति खुशी छन् उनी, चुनौति थपिएकामा चिन्तित पनि उत्तिकै । ‘आफ्नो करिअर यसैमा स्थापित गर्न मलाई च्यालेन्ज छ त्यसैले गम्भीर भएर लाग्नेछु’, उनले भने ।

लामासँगै बेलायत उत्रिएका फस्ट रनरअप निसान

भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राईलाई पनि यहाँको कन्सर्ट कौतुहलपूर्ण छ । उनीहरु सकेसम्म फरक स्वाद पस्कन उत्सुक छन् । नेपाल आइडल टिमसंगै कन्दराका गायक विवेक श्रेष्ठ र होस्ट सुशील नेपाल पनि लन्डन आइपुगेका छन् ।

गायक श्रेष्ठको भूमिका यसपटक मेन्टरका रुपमा छ । ‘गायनअघि प्रशिक्षण दिने कुरा नेपालका लागि नौलो प्रयोग हो’, २४ वर्षदेखि गायनमा सक्रिय श्रेष्ठले भने, ‘नेपाल आइडल विजेताहरुलाई ग्रुमिङ, कोचिङ गर्ने मेरो जिम्मा छ । उनीहरु अप्रत्यासित रुपमा सफलताको शिखर चढे । यही सफलताबीच उनीहरुले सही मार्गदर्शन पाए अझ राम्रो गर्न सक्छन् र दर्शकको अपेक्षा पनि बढि छ ।’

नेपाल आइडल विजेताहरुको पहिलो शो शुक्रबार नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने तयारी छ ।

‘आइडल विजेताहरु सकुशल बेलायत आइपुगेका छन् । ऐतिहासिक कार्यक्रमको प्राविधिक तयारी पनि पुरा भइसकेको छ’, आयोजक मध्ये एक राजाराम गिरीले भने, ‘कार्यक्रममा हल डेकोरेसन, लाइभ म्यूजिक र स्क्रिन प्रोजेक्सनलेदर्शकलाई नेपाल आइडलकै झल्को दिनेछ ।’

संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर (मुख्य आयोजक) र पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामाकन्सर्टहुन लागेको हो ।

The post बेलायत उत्रिए नेपाल आइडल विजेता appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/131/feed 0 131
डीसीमा गायक शिव परियारको धमाका https://www.yugdarpan.com/archives/128 https://www.yugdarpan.com/archives/128#respond Fri, 03 Nov 2017 07:17:15 +0000 http://eaawaj.com/?p=128 २ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए । उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा

The post डीसीमा गायक शिव परियारको धमाका appeared first on युग दर्पण.

]]>
२ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् ।
उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए ।
उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा संक्षेपमा जानकारी गराएका थिए । साथै गीतले के भन्न खोजेको र परिस्थितिको बारेमा अर्थ लगाई गीत गाउदा दर्शकले अझ रमाइलो गरेका थिए । अन्य स्थानीय कलाकारहरुको गीत र नृत्य प्रस्तुति रहेता पनि उनको मुख्य प्रस्तुति हेर्न दर्शक तथा प्रशंसक आएका थिए ।

परियारले  “पिउदिन भन्दा भन्दै पिलायो साथीले, बेहोशी पछि त होसमा आउँदा क्या दामी भो, अल्लारे मै हो, कहाँ थियौ तिमी रङ्ग मन्च उठे पछि आयौ, रित्तो रित्तो छु भन्ने गीत गाएका थिए ।
उक्त कार्यक्रममा सबै उमेरका दर्शक र सहभागी भएका लाई नचाएका थिए । उनले निकै गीत गाउने सुरमा भएता पनि समय अभावको कारण करीब ५ वटा गीत गाएका थिए l
गायक परियारले यस पटक अमेरिकामा यस्तै रह्यो भन्दै अर्को बर्ष अमेरका आउदा एक सांगीतिक मण्डली लिएर आउने इच्क्षा व्यक्त गरे ।

The post डीसीमा गायक शिव परियारको धमाका appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/128/feed 0 128