न्युजिल्याण्ड छोटो समयमै कोरोनामुक्त हुनुका पाँच कारणहरू
चार चरणको ७५ दिन लामो लकडाउन सकाउँदा न्युजिल्यान्डमा कोरोना सकिएको छ । न्युजिल्याण्डले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको नियन्त्रण सम्भव छ भन्ने सन्देश पनि दिएको छ । औषधी बनिनसकेको कोरोनाभाइरस नियन्त्रण गर्न सरकार चलाउनेले सनक र हचुवाका आधारमा होइन निकै सुझबुझ ढंगले कदम चाल्नु पर्छ भन्ने पाठ पनि न्युजिल्याण्डले विश्वलाई दिएको छ । न्युजिल्याण्डले ७५ दिनमै कोरोनाभाइरसलाई पूर्ण नियन्त्रणमा लिन सक्नुका मुख्य कारणहरू निम्न छन् । १. तत्काल कडा लकडाउन