फिचर समाचार

आजबाट काठमाडौं उपत्यकामा सबै पसल खोल्न पाइने, हेर्नुहोस विज्ञप्ती

काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था आजबाट हटाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ । तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखेको छ । असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्टलाई पूर्ण सञ्चालनका लागि अनुमति दिइएको छ। कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक

निजी वायुसेवा सञ्चालक संघले आन्तरिक उडान सञ्चालन नगर्ने

काठमाडौँ । निजी वायुसेवा सञ्चालक संघले तत्काल आन्तरिक उडान सञ्चालन नगर्ने बताएको छ । कोरोना भाइरसको कारण लामोसमयसदेखि बन्द गरिएको आन्तरिक उडान सहित लामो दुरीका सार्वजनिक यातायात सरकारले असोज १ गतेदेखि निर्णय गरेको थियो । संघले नागरिक उड्ययन प्राधिकरणबाट भएको निर्देशन पालना गरी नियमित उडान सञ्चालन गर्न तयार रहेतापनि ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सम्भव नरहेको बताएको छ । वायुसेवा संचालक संघ नेपालका प्रथम उपाध्यक्ष अनोज रिमालले आज

विद्यालय शिक्षाबारे शिक्षामन्त्रीलाई गगन थापाको यस्तो सुझाव (पूर्णपाठसहित)

काठमाडाैँ । स्थानीय सरकारसँगको समन्वयमा संक्रमण न्यून रहेका समुदायका विद्यालयहरू स्वास्थ्य सतर्कताका साथ सञ्चालन गर्न नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई सुझाव दिएका छन्। बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलसँग भेटी शैक्षिक संकटसँग जुध्न शिक्षा मन्त्रालयले ल्याएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा अझ थप गर्नुपर्ने केही सुझाव दिएको नेता थापाले ट्वीटमार्फत् जानकारी दिए। उनले स्थानीय सरकारसँगको समन्वयमा संक्रमण न्यून रहेका समुदायका विद्यालयहरू स्वास्थ्य सतर्कताका साथ सञ्चालन गर्न, वैकल्पिक सिकाइको प्रणालीलाई

नझुक्किनुस्, काठमाडौँमा जोरबिजोर कायमै छ

काठमाडौं । असोज १ गतेबाट सरकारले लोमो दूरीका यातायात संचालनका लागि अनुमति दिएपनि काठमाडौं जिल्लामा भने जोरबिजोर प्रणाली नै लागू हुने भएको छ। बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्र अत्यावश्यक बाहेकका सेवा दिने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी दिएका हुन्। काठमाडौं भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सरकारले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीमा संचालन गर्नुपर्नेछ, प्रशासनले

सेती अञ्चल अस्पतालमा प्लाज्मा थेरापी गराएकी कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई श्वास प्रश्वासमा समस्या आएपछि भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा परीक्षण गर्दा महिलामा सुगर र थाइरोइडको समेत समस्या

यसरी हुने भयो कक्षा १२ को परीक्षा.....

काठमाडौँ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ । विषम स्थितिमा हुने यो मिश्रित

अहिलेसम्मकै धेरै १५३९ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । अद्यावधिक विवरण अनुसार बुधबार नेपालमा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । मंगलबार मात्रै देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन एकैदिन

भारतमा कोरोना सङ्क्रमितको संख्या ४९ लाख, मृतक भने ८० हजार नाघे

नयाँदिल्ली । भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् । सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।देशभरी अहिलेसम्म कुल सङ्क्रमितको संङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको

कुलमानको पक्षमा प्रर्दशन, कोको परे प्रहरीकोे गिरफ्तारीमा

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले माईतीघरबाट गिरफ्ता गरेको छ। कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै उनका समर्थकहरु प्रदर्शनमा उत्रिने तयारी गरिरहेको अवस्थामै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । उनकाअनुसार काठमाडौंका सिडिओको आदेशअनुसार नै प्रहरीले माईतीघरमा कुनैपनि किसिमको भेला, सभा, सम्मेलन वा प्रदर्शन गर्न नदिनको लागि यस्तो कदम चालेको हो । प्रहरीले माईकिङ गर्दै

विदेशमा अलपत्र सबै नेपालीलाई दशैं अगाडि नै उद्धार गर: डा. संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी छाया श्रममन्त्री डा. डिला संग्रौलाले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई दशैं अगाडि नै फर्काउन सरकारसँग माग गरेकी छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी डा। संग्रौलाले एक विज्ञप्ति जारी गरी विदेशमा समस्यामा परेका नेपालीहरुलाई निःशुल्क स्वदेश फर्काउन माग गरेकी हुन् । उनले सर्वोच्चको आदेशपछि पनि सरकारले निःशुल्क उद्धार उडान सुरु नगरेको खेद व्यक्त गरेकी छन् । नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई छिटो स्वदेश फर्काउन आफूले