कार्यकक्षमै ढलेको अवस्थामा भेटिएका रिलायन्स लाइफ इन्स्योरेन्स महेन्द्रनगरका शाखा प्रमुखको मृत्यु
धनगढीः कार्यकक्षमै ढलेको अवस्थामा भेटिएका रिलायन्स लाइफ इन्स्योरेन्स महेन्द्रनगरका शाखा प्रमुखको मृत्यु भएको छ। शुक्रबार दिउँसो कार्यकक्षमा ढलेको अवस्थामा भेटिएका शाखा प्रमुख बैतडीको सुर्नया गाउँपालिकाका ३५ वर्षीय गणेश साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले कार्यकक्षमै ढलेको अवस्था भेटिएका साउँदको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको बताए। साउँद वान्ता गरी ढलेको अवस्थामा भेटिएको खबरपछि उद्दार गरेर उपचारका लागि धनगढी पठाइएको