फिचर समाचार

भ्रष्टाचारीको मुख नहेरी सजाय गरेको छु - प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेको बताएका छन्। सरकार गठनको ३ वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, ‘म आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि भ्रष्टाचार गर्न दिएको छैन, यो सरकारको सफल पक्ष हो।’ यसैक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुख नहेरी सजाय गरेको बताएका छन्। उनले भ्रष्टाचार गर्ने सबैलाई सरकारी निकायले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याएको बताएका छन्। उनले एकै वर्षमा

संसद विघटन सफल भएन - प्रधानमन्त्री ओली

काठमाडौँ । आफ्नो नेतृत्वको सरकार गठन भएको ३ वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरूले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि गरेको प्रतिनिधिसभा विघटन सफल नभएको बताएका छन्। आज प्रधानमन्त्री एवं मन्त्री परिषदको कार्यालय सिंहदरबारको मूल भवनमा सारेको दिन, भवनको उद्घाटनलगतै आफ्नो नेतृत्वको सरकारको ३ वर्षीय कार्यकालको समिक्षा प्रधानमन्त्री ओलीले गरेका हुन्। कार्यकालको समिक्षा गर्ने क्रममा उनले भने, केही नेताहरूको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा

सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीशहरु

काठमाडौँ । संसद विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशहरू आज सर्वोच्च अदालत पुगेका छन्। पूर्वप्रधान्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत गएका हुन्। उनीहरूले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो। यही माघ १५ गते सर्वोच्चले चारै जनालाई ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको थियो।  

संवैधानिक इजलासको बहस : के हो प्रधानमन्त्रीको 'विशेष अधिकार'को स्रोत ?

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमाथिको सुनुवाइका क्रममा प्रधानमन्त्रीका वकिलहरूले दाबी गरेको ुविशेष अधिकारुको स्रोत खोजी भएको छ । सरकारी वकिलको पालो सकिएपछि जवाफी बहस गर्ने क्रममा रिट निवेदक पक्षका वकिलहरूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको विशेष अधिकारको स्रोत के हो भनेर प्रश्न गरेका छन्। प्रधानमन्त्री र राष्ट्रपतिको पक्षमा बहस गरेका अधिवक्ताहरू संविधानको धारा ७४ मा उल्लेख भएबमोजिम संसदीय प्रणाली भएको नेपालमा प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीसँग

राम कुमारी झाँक्रीलाई हुनसक्छ ७ वर्ष जेल

काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको हो। सो धारामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ। मुलुकी अपराध सहिंतामा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको

सनराइज बैंकका सीईओ शर्माले दिए राजीनामा

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । एक वर्ष अघि बैंकमा निकै ठूलो बिवाद सिर्जना भएको थियो । बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । राष्ट्र

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै

आमा बनेपछिको पाँच फरक अनुभव

आमा बन्नु जीवनकै सबैभन्दा सुन्दर अनुभूती हो । मातृत्वपछि तपाईंको जिन्दगी सधैका लागि पूर्ण रुपमा बद्लिन्छ । यो परिवर्तन पनि आफैमा प्रिय हुन्छ । यद्यपि कतिपय कुराले भने तपाईंलाई असहज पनि बनाउँछ । त्यसो त गर्भावस्थामा छँदै परिवार, आफन्त, इष्टमित्र, साथीभाईले तपाईंलाई आ–आफ्नो अनुभव र बुझाई साझेदार गर्छन् । गर्भावस्थामा के हुन्छ, प्रसूती व्यथा कस्तो हुन्छ, बच्चा जन्माइसकेपछिको अवस्था कस्तो हुन्छ भनेर बेलिबिस्तार लगाइसकेका हुन्छन् । यद्यपि जब तपाईं आमा

एकल बीमा शुल्कको विकृतिले जीवन बीमा क्षेत्र ध्वस्त हुँदै

काठमाडौं। बीमा कम्पनीले व्यापार बढाउन एकल बीमा शुल्कको पोलिसी जारी गर्ने क्रम बढेको छ। कतिपय कम्पनीले व्यवसाय धेरै देखाउन अभिकर्ता मार्फत पहिलो प्रिमियम कर्जा लिएर खरिद गर्ने र एक वर्ष पछि सरेण्डर गर्ने अभ्यास बढिरहेको छ। यस्तो अभ्यासले बीमा क्षेत्रलाई नै ध्वस्त बनाउने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ बताउछन्। उनले भने ‘यदि कुनै पनि बीमा कम्पनीले व्यवसाय धेरै देखाउन सुरुमा सिङ्गल प्रिमियमको पोलिसी जारी गर्ने

डा. केसी फागुन १२ देखि अनसन बस्ने

काठमाडौंस् चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभए २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले चेतावनी दिएका हुन्। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस्