छिट्टै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन सरकारले दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञसँगको अन्तक्र्रियामा उहाँले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधि क्षेत्रको विकास गर्न उक्त कम्पनी छिट्टै स्थापना गर्ने तयारी गरेको बताउनुभयो । “सूचनाप्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने