फिचर समाचार

कँडेलको मुख्यमन्त्री मोह, नेपाल समूह भन्छ– समर्थन कायमै छ

काठमाडौँ, नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठक बुधबार सम्पन्न भएको छ। संसदीय दलको नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ। साथै एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउने बारेसमेत निर्णय गरेको छ। पूर्ववत अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएसँगै माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बनेका शाहीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली समूह कसिलो ढंगले विरोधमा उत्रिएको छ। कर्णाली प्रदेशमा कूल

भेलामा माधवकुमार नेपालले पेश गरे यस्तो राजनीतिक प्रस्ताव (प्रस्तावसहित)

काठमाडौँ, नेकपा एमालेको नेपाल समूहले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन्। उद्घाटन सत्र सकिएपछि उनले ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने प्रस्ताव पेश गरेका हुन्। यस्तो छ प्रस्तावको पूर्णपाठः आज हामीले यस राष्ट्रिय भेलाको आयोजना जुन क्षणमा गर्दै छौँ यो कम्युनिष्ट आन्दोलनको असाधारण परिस्थिति हो । एकातिर हामी गएका ७० वर्षमा कम्युनिष्ट आन्दोलनले गरेको त्याग, बगाएको रगत, भोगेको

सूर्य चिह्नबाट चुनाव जितेकालाई ओलीले बैठकमा बोलाए

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। संसदीय दलको नेताको हैसियतमा उनले भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्। बैठकमा सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा आमन्त्रण गरिएको एक नेताले जानकारी दिए।

कमरेड अझै समय छ, यो भेलामा आइदिनुस् -नेत्री शाक्य

काठमाडौँ,  माधव कुमार नेपाल पक्षको नेकपा एमालेले घोषणा गरेको राष्ट्रिय कार्यकर्ता भेला यतिबेला सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको छ। भेलाको अध्यक्षता पार्टिका वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् भने कार्यक्रमको विशेष आतिथ्यता नेता माधवकुमार नेपालले गरेका छन्। भेलामा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहित अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, उपाध्यक्ष युवराज ज्ञवााली, नेताहरू भीम रावल, अष्टलक्ष्मि शाक्य, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता रहेको छ। भेलालाई सम्बोधन गर्दै नेत्री

एमालेले फिर्ता लियो कर्णालीका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन

काठमाडौँ, नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गरेको समर्थन फिर्ता लिएको हो। एमाले ओली पक्षका १० प्रदेश सभा सांसद उपस्थित बैठकले माओवादी केन्द्रका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। कर्णाली प्रदेशमा एमालेका २० सांसद छन्। त्यस्तै बैठकले एमाले पुनःस्थापना भइसकेपछि सोहीअनुसारको व्यवस्था गर्न संसद् सचिवालयलाई आग्रह गर्ने, सरकारमा रहेको समर्थन फिर्ता लिने, मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन

ज्यान मुद्दाका फरार ४१ वर्षपछि पक्राउ

कञ्चनपुर, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार विसं २०३६ फागुन ८ गते वारदात गरी फरार भएका तामाङलाई तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट विसं २०४६ चैत २ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकिएको

छुलिया ग्याङको भ्रममा नपरौँ : योगेश भट्टराई

काठमाडौँ, नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहलाई छुलियाको ग्याङको संज्ञा दिएका छन्। बुधबार आफूहरुको समूहले काठमाडौँमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई ओली समूहले रोक्न हर प्रयास गरेको भन्दै भट्टराईले त्यस्तो कुप्रचारको भ्रममा नपरी भेलामा उपस्थित हुन सबै नेता तथा कार्यकतालाई आग्रह गरेका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत नेता भट्टराईले भने, ‘छुलिया ग्याङको कुप्रचारको भ्रममा नपर्नु होला, नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको

नेपाल–खनाल समूहको राष्ट्रिय भेला आज, दुई हजार नेता–कार्यकर्ता सहभागी हुने

काठमाडौँ, नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया सुरु गरेको छ। त्यसका लागि बुधबार र बिहीबार राजधानीमा राष्ट्रिय भेला बोलाइएको छ । भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन्। सचिव भट्टराईले नेकपाको एकतालाई सर्वोच्च अदालतले गत फागुन २३ मा खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको एमालेलाई विभाजनतर्फ लाने भइरहेको उल्लेख

म्यान्मारको विरोध प्रदर्शनमा सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु

न्यापिटअ, म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताउनुभयो । म्यान्मारमा शनिबार

नेता कार्यकर्तालाई गुटगत भेलामा नजान एमालेको निर्देशन

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकामा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन्। एमालेको झलनाथ–माधव समूहले आज पत्रकार सम्मेलन गरी भेलाको जानकारी दिएको थियो। महासचिव पोखरेलको विज्ञप्तिमा ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न÷नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) ले सबै नेता÷कार्यकर्तालाई