रेशम चौधरी प्रकरण बारे सरकार र थारुहटबीच वार्ता
काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वको बनेको सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता सुरु भएको छ। दुई पक्षबीच पहिलो चरणको वार्ता सुरु भएको हो। थारुहट–थारुवान सयुंक्त संघर्ष समितिका महासचिव प्रेमलाल चौधरीले दुई पक्षबीच वार्ता सुरु भएको बताएका हुन्। सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन्। थरुहटका तर्फबाट रुक्मिणी चौधरीको