फिचर समाचार

कैलाली र कञ्चनपुरमा वैशाख १६ देखि लकडाउन गर्ने निर्णय !

धनगढी । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको थियो । यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए । त्यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो

ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो । मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो । हाल मन्त्री रायमाझीसहित

१९ मध्ये १६ जीवन बीमा कम्पनीले घोषणा गरे नयाँ बोनसदर, कसको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ को लागि धमाधम नयाँ बोनसदर घोषणा गरिरहेका छन् । १९ जीवन बीमा कम्पनीहरुमध्ये १६ वटा कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई कम्पनीले मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा नयाँ बोनसदर घोषणा गरेका हुन् । जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, ज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल,

अभिकर्तालाई दिएको कर्जा तत्काल उठाउन नसक्ने अवस्थामा बीमा कम्पनी, थप समयको माग

काठमाडौं । बीमा कम्पनीहरुले असार मसान्तसम्ममा अभिकर्तालाई दिएको कर्जा उठाउन नसक्ने भन्दै बीमा समितिमा गुनासो गरेका छन् । बीमा समितिले बैशाख २ गते सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई असार समान्तसम्ममा अभिकर्तालाई दिएको कर्जा उठाउन निर्देशन दिएको थियो । बीमा कम्पनीहरुले बिना धितो नियम विपरित अभिकर्ताहरुलाई करोडौ रुपैयाँ कर्जा दिएको पाए पछि यस्तो कर्जा तत्काल रोक्न निर्देशन दिएको छ । कर्जा प्रवाहमा रोक लगाउनुका साथै अहिलेसम्म प्रदान भएको कर्जा असार मसान्तसम्ममा असुल

यस्तो छ होटल तथा रेष्टुरेन्ट संचालनका लागी मन्त्रिपरिषदले आज गरेको निर्णय

काठमाडौं । सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

सिभिल बैंकका सीईओ गुरुङले दिए राजीनामा

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन केही महिना बाँकी छँदै गुरुङले पदबाट राजीनामा दिएका हुन् । सीईओ गुरुङले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृति समेत गरेको छ । बैंक श्रोतले दिएको जानकारी अनुसार १७ वैशाखदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ । गुरुङले सीईओबाट राजीनामा दिए पछि कार्यबाहक सीईओको जिम्मेवारी सुनिलकुमार पोखरेलले पाउने भएका छन् । पोखरेल अहिले

गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन्

हुम्ला / हुम्लाको चंखेली गाउँपालिकामा मोवाइलले काम नगर्दा स्थानीय समस्यामा पर्दै आएका छन्। टेलीफोन गर्न गाउँबाट २ घण्टा टाढा पुग्नुपर्ने बाध्यता छ। नजिकै टावर नहुँदा मोवाइलमा नेटवर्कको समस्या हुने गरेको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए। ‘घरमा बसेर मोवाइलमा कुरा गर्न सकिँदैन,’ अध्यक्ष चौलागाईंले भने, ‘मोवाइलबाट कसैसँग कुरा गर्नुपर्यो भने कि दुई घण्टा टाढा पुग्नुपर्छ, कि रुखको टुप्पोमा पुग्नुपर्ने बाध्यता छ।’ ६ वटा वडा रहेको चंखेलीमा टेलिकमको एउटा मात्रै टावर

कोरोना महामारीमा नेपाली सेयर बजारको नयाँ रेकर्ड

काठमाडौं । सेयर बजारमा २०७७ सालको अन्तिम कारोबार भएको दिन मंगलबार बजार परिसूचक नेप्से २३ दशमलव २३ अंकले बढेर २७१४ दशमलव ७९ अंकमा पुगेको छ । यो, हालसम्मै उच्च विन्दु हो । अर्थात नेपाली सेयर बजारले एउटा इतिहास रचेर २०७७ साललाई बिदा गरेको छ । नेप्से परिसूचकमात्रै होइन यो वर्ष दैनिक हुने सेयर कारोबार रकम, बजार पुँजीकरणलगायत धेरै कुरामा नयाँ रेकर्ड बनेको छ । मंगलबारसम्म सेयर लगानीकर्ताको पुँजी ३७ खर्ब

तीन हप्ता विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तीमा २१ दिन बन्द गरी अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै मन्त्रालयले ठूला शहर र जनघनत्व बढी भएका स्थानमा अनलाइनमार्फत कक्षाा सञ्चालन गर्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अनलाइनपानालाई जानकारी दिए । उनले भने –‘ ठूला शहरमा कम्तीमा तीन हप्ता भौतिक कक्षा बन्द

भीम रावलले ‘गायब पारेको’ ३० लाख रकम व्यक्तिगत खातामा रकमान्तर गरेको पाइयो

धनगढी : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खाताबाट गायब पारिएको ३० लाख रकम व्यक्तिगत खातामा रकमान्तर गरिएको खुलेको छ । पार्टीमा विवाद उत्पन्न भएपछि सुदूरपश्चिम इन्चार्ज रहेका भीम रावलले पुस १३ गते पार्टीको खातामा रहेको ३० लाख रकम पार्टीका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गर्न लगाएको खुलेको हो । ३० लाख रकम गायब पारिएको भन्दै पार्टीका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले कृषि विकास बैङ्कलाई पत्र पठाउँदै खातामा रहेको