छोरीको जन्मदिनमा दीक्षान्तले गर्यो मायाघरका बालबालिकालाई खाद्यान्न वितरण
काठमाडौँ । दीक्षान्त प्रकाशनका प्रबन्धक महेश शर्मा तथा सह–प्रबन्धक नम्रता शर्माले छोरी मान्यता शर्माको जन्मदिनको अवसरमा खाद्यान्न वितरण गरेका छन् । कीर्तिपुरस्थित महिला तथा बाल विकास मञ्च नेपाल, मायाघरलाई उनीहरूले खाद्यान्न वितरण गरेका हुन् । ४० जना बालबालिका रहेको मायाघरलाई दाल, चामल, नुन लगायत खाद्य सामग्री वितरण गरेको प्रकाशनकी सह–प्रबन्धक नम्रता शर्माले बताइन् । त्यस्तै, छोरीको जन्मदिनका अवसरमा मायाघरमा रहेका बालबालिकालाई बेलुकीको खाना समेत खुवाइएको उनले बताइन् । त्रिवि परिसरमा